Dictionary

All Word

16901 कोर्ट ना. अदालत; न्यायालय।
16902 कोर्ट फी ना. देवानी मुद्दा दर्ता गर्दा अदालतमा नियमसवालअनुसार टिकट वा बिगोको केही प्रतिशत धरौटी राख्नुपर्ने दस्तुर; अधिकरणशुल्क।
16903 कोर्ट मार्सल ना. सैनिक अधिकारीहरूद्वारा मुद्दामामिला हेरिने अदालत; सैनिक अदालत।
16904 कोर्ने ना. जमिन सम्म भएनभएको जाँच्ने एक यन्त्र।
16905 कोऱ्याँसो ना. कुभिन्डो, मुला, काँक्रो, पिँडालु आदि कोरेर अचार, तरकारी बनाउन हुने गरी भुजुरी पार्ने धारिलो र ससाना प्वाल भएको धातुको दाँते साधन; कोरेँसो।
16906 कोऱ्याककोऱ्याक क्रि.वि. काँक्रो, मुला, गाँजर आदि काँचैमा चपाउँदा पटकपटक आवाज निस्कने किसिमले।
16907 कोऱ्याक्क क्रि.वि. काँक्रो, गाँजर, मुला आदि काँचैमा चपाउँदा अलि ठुलो आवाज आउने किसिमले; मऱ्याक्क।
16908 कोऱ्याहा वि. १. कुष्ठ रोगले सताएको; कोर भएको। ना.
16909 कोऱ्याहा वि. २. कसैलाई घृणापूर्वक गाली गर्दा प्रयोग हुने शब्द। स्त्री. कोऱ्याही।
16910 कोर्रा ना. काठ वा बेतको समाउने मुठ भएको र छालाका लोतीहरूको चुल्ठी वा डोरी बाटिएको, घोडालाई तह लाउन वा अपराधीलाई कायल पार्न पिट्ने साधन।
16911 कोल १ ना. १. गोरु वा मानिसले घुमाई उखु, तोरी, तेल आदि पेलेर तेल वा रस निकालिने काठले बनेको यन्त्र; साल ।
16912 कोल १ ना. २. नाइटादेखि माथि र घाँटीभन्दा तलको अङ्ग; छाती; कोख (प. ने.) ।
16913 कोल २ ना. तरकारी खाइने एक प्रकारको हिउँदे सिमी।
16914 कोलम्बो ना. श्रीलङ्काको राजधानी।
16915 कोलम्बो योजना ना. राष्ट्रमण्डलका तर्फबाट दक्षिण र दक्षिणपूर्वी एसियाका मित्र राष्ट्रहरूलाई दिइने सहायता।
16916 कोलाँ ना. कोटालको माथिल्लापट्टि राखिने तेर्सो काठ; डँडाली।
16917 कोलाकोला ना. १. केटाकेटीलाई नुहाउँदा चिसोले नआत्तियुन् र सातो नजाओस् भनी बालकको ध्यान आफूतिर तान्नका निम्ति भनिने शब्द।
16918 कोलाकोला ना. २. कुनै काम, व्यवहारबाट आत्तिनुपर्ने स्थिति; के गरूँ, कसो गरुँ हुने सङ्कटपूर्ण अवस्था।
16919 कोलाहल ना. कुनै अत्यासिलो अवस्थामा धेरै मानिसले बोलेको टाढासम्म सुनिने अस्पष्ट आवाज; अत्तालिँदो होहल्ला; कोहोलो; कोकोहोलो।
16920 कोली ना. १. प्रेमीप्रेमिकाको प्रेमालापका प्रसङ्गमा काखलाई बुझाउने शब्द; ठिटाठिटीको मायालु काख।
16921 कोली ना. २. नेपालीको एउटा थर।
16922 कोली भाट ना. नेपालीकै एउटा थर।
16923 कोलोनी ना. १. साम्राज्यवादी देशहरूले आफ्नो व्यापार, शिक्षा, प्रशासन आदि विभिन्न प्रभाव फैलाएको क्षेत्र; उपनिवेश।
16924 कोलोनी ना. २. कुनै कुनै वर्गीय वा पेसागत व्यक्तिका समुदायले बसोबास गरेको क्षेत्र।
16925 कोलोनी ना. ३. सहरी क्षेत्रमा व्यवस्थित किसिमले बनाइएको वा बसाइएको बस्ती।
16926 कोल्टे वि . सिधा वा आँखासोझी नभई दायाँबायाँतिर ढल्केको; कोल्टो परेको; आँखा छलिएको।
16927 कोल्टो ना. १. सिधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु।
16928 कोल्टो ना. २. दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा। वि.
16929 कोल्टो ना. ३. आँखासोझी नभएको; पायक नपरेको; अपाही।
16930 कोल्था ना. अल्लाको पाटबाट तयार पारिने बोरा वा नाम्लाजस्तो घरेलु वस्तु।
16931 कोविद ना. १. विद्या र बुद्धि भएको; विद्वान्; पण्डित।
16932 कोविद ना. २. अनुभवी तथा कुशल; निपुण; पोख्त।
16933 कोविदार ना. कोइरालोको वृक्ष वा फूल; कोइरालो।
16934 कोश ना. १. अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार; ढुकुटी; खजाना; कोष।
16935 कोश ना. २. कुनै निश्चित क्रमनियम तथा वर्णव्याकरणात्मक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दको अर्थ लेखिएको ग्रन्थ; शब्दकोश।
16936 कोश ना. ३. तरबार, खुकुरी आदि हतियारको दाप।
16937 कोश ना. ४. कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय )।
16938 कोश ना. ५. रुखबिरुवा वा सागपातको फूल।
16939 कोश ना. ६. कोपिला; कोसो; कोयो।
16940 कोश ना. ७. अण्ड; अण्डकोश।
16941 कोशकार ना. १. शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता।
16942 कोशकार ना. २. धन राख्ने भाँडो वा तरबार, खुकुरी राख्ने दाप बनाउने व्यक्ति।
16943 कोशकार ना. ३. आफ्नो आवरण वा कोश स्वयम् बनाइने अर्थमा रेसमको किरो।
16944 कोशकार ना. ४. स्वयम् जालो बुन्ने अर्थमा माकुरो।
16945 कोशपाल ना. ढुकुटीको सुरक्षा गर्ने व्यक्ति, भँडारे; खजान्ची।
16946 कोशविज्ञान ना. कोशरचनासम्बन्धी विज्ञान; शब्दकोशका निर्माणकलाको सिद्धान्त विवेचना भएको विद्या।
16947 कोशवृद्धि ना. १. भण्डारको अभिवृद्धि हुने वा धनसम्पत्ति बढ्ने काम।
16948 कोशवृद्धि ना. २. अण्डकोश ठुलो हुने रोग।
16949 कोशागार ना. अन्नपात वा धनसम्पत्ति सञ्चय गर्ने घर; ढुकुटी; धनसार; भण्डार।
16950 कोशाध्यक्ष ना. हे. कोषाध्यक्ष।