Dictionary

All Word

18101 कोलोनी ना. १. साम्राज्यवादी देशहरूले आफ्नो व्यापार, शिक्षा, प्रशासन आदि विभिन्न प्रभाव फैलाएको क्षेत्र, उपनिवेश।
18102 कोलोनी ना. २. कुनै कुनै वर्गीय वा पेसागत व्यक्तिका समुदायले बसोबास गरेको क्षेत्र।
18103 कोलोनी ना. ३. सहरी क्षेत्रमा व्यवस्थित किसिमले बनाइएको वा बसाइएको बस्ती।
18104 कोल्टे वि . सिधा वा आँखासो भी नभई दायाँबायाँतिर ढल्केको; कोल्टो परेको, आँखा छलिएको।
18105 कोल्टो ना. १. सिधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु।
18106 कोल्टो ना. २. दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा।
18107 कोल्टो ना. वि. ३. आँखासोभी नभएको, पायक नपरेको, अपाही।
18108 कोल्या ना. अल्लाको पाटबाट तयार पारिने बोरा वा नाम्लाजस्तो घरेलु वस्तु।
18109 कोविद ना. १. विद्या र बुद्धि भएको, विद्वान्, पण्डि।
18110 कोविद ना. २. अनुभवी तथा कुशल, निपुण, पोख्।
18111 कोविदार ना. कोइरालोको वृक्ष वा फूल; कोइरालो।
18112 कोश ना. १. अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार, ढुकुटी, खजाना, कोष।
18113 कोश ना. २. कुनै निश्चित क्रमनियम तथा वर्णव्याकरणात्मक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दको अर्थ लेखिएको ग्रन्थ शब्दकोश।
18114 कोश ना. ३. तरबार, खुकुरी आदि हतियारको दाप।
18115 कोश ना. ४. कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय )।
18116 कोश ना. ५. रुखबिरुवा वा सागपातको फूल।
18117 कोश ना. ६. कोपिला, कोसो, कोयो।
18118 कोश ना. ७. अण्ड अण्डकोश।
18119 कोशकार ना. १. शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता।
18120 कोशकार ना. २. धन राख्ने भाँडो वा तरबार, खुकुरी राख्ने दाप बनाउने व्यक्ति।
18121 कोशकार ना. ३. आफ्नो आवरण वा कोश स्वयम् बनाइने अर्थमा रेसमको किरो।
18122 कोशकार ना. ४. स्वयम् जालो बुन्ने अर्थमा माकुरो।
18123 कोशपाल ना. ढुकुटीको सुरक्षा गर्ने व्यक्ति, भँडारे, खजान्ची।
18124 कोशविज्ञान ना. कोशरचनासम्बन्धी विज्ञान, शब्दकोशका निर्माणकलाको सिद्धान्त विवेचना भएको विद्या।
18125 कोशवृद्धि ना. १. भण्डारको अभिवृद्धि हुने वा धनसम्पत्ति बढ्ने काम।
18126 कोशवृद्धि ना. २. अण्डकोश ठुलो हुने रोग।
18127 कोशागार ना. अन्नपात वा धनसम्पत्ति सञ्चय गर्ने घर, ढुकुटी, धनसार, भण्डार।
18128 कोशाध्यक्ष ना. हे. कोषाध्यक्ष।
18129 कोशालय ना. कुनै प्रकोप वा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार वा सहायताका निम्ति जम्मा गरिएको रकम र मालसामानको वितरण तथा सञ्चालन गर्ने कार्यालय, धर्मढुकुटीका रूपको अड्डा।
18130 कोष ना. १. हे कोश।
18131 कोष ना. २. पातलो झिल्लीले बेरिएको र जीवनरसको केन्द्रसमेत भएको शरीरमा रहने मांसपिण्ड वा कण।
18132 कोषकाव्य ना. पूर्वापर सम्बन्ध नभएको तर उही विषयलाई लिएर लेखिएको पद्यसङ्ग्रह।
18133 कोषकेन्द्र ना. जीवकोषको जीवनरस रहने बाक्लो भित्री भाग।
18134 कोषरस ना. जीवकोषमा रहने जीवनरसबाहेकको अन्य तरल पदार्।
18135 कोषाध्यक्ष ना. १. संस्था वा कुनै आर्थिक कारोबार गर्नुपर्ने कार्यालयको सम्पत्ति रेखदेख गर्ने काम जिम्मा लिएको व्यक्ति; खजान्ची।
18136 कोषाध्यक्ष ना. २. कुनै सङ्गठनको कार्यकारिणी समितिको एकाइमा आर्थिक कारोबार हेर्ने व्यक्तिको पद त्यसै पदमा रहने व्यक्ति।
18137 कोषावरण ना. जीवरस रहने कोषहरूलाई एक अर्काबाट छुट्ट्याउने र रक्षा गर्ने पातलो झिल्ली जीवनरस रहने कोषको आवरण।
18138 कोष्ठ ना. १. कोठो।
18139 कोष्ठ ना. २. पेटको भित्री तह वा भाग।
18140 कोष्ठ ना. ३. ढुकुटी भण्डार।
18141 कोष्ठक ना. कोठा; खण्ड; खाना।
18142 कोष्ठक चिह्न ना. व्याख्या, सङ्केत, सूचना, स्पष्टीकरण आदि छर्लङ्ग पार्न अगाडि र पछाडि छेक्ने चिह्न, गणित, विज्ञान आदिमा कुनै एक वर्ग वा समूह छुट्ट्याउने चिह्न (जस्तै- (), [] इ.)।
18143 कोष्ठबद्ध वि. १. कोष्ठक चिह्नहरूले बाँधिएको वा ती चिह्नले छुट्ट्याइएको।
18144 कोष्ठबद्ध वि. ना. २. ठिक समयमा नभएको दिसाको रोकाइ वा पेट साफ नहुने काम; कब्जियत, गोटा पर्ने रोग।
18145 कोष्ठबद्धता ना. १. कोष्ठक चिह्नले छेक्ने काम वा ढाँचा।
18146 कोष्ठबद्धता ना. २. दिसा नहुने वा रोकिने स्थिति कब्जिय।
18147 कोस ना. १. जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण, आठ हजार हात वा चार हजार गज लम्बाइको नापो, आठ सय धनु वा पैतिस सय बिस गजको दुरी।
18148 कोस ना. २. आँखाका दुवैतिरको कुनु वा चोसो।
18149 कोस ना. ३. गाजल लगाउने सिन्को।
18150 कोसल ना. कर्नाली ( सरयू) नदीका दुवै किनारमा रहेको प्राचीन एक देश।