Dictionary

All Word

16601 कैवल्य ना. ३. मिश्रित नहुने काम; शुद्धता।
16602 कैशिक वि. १. रौँ भएको वा केशयुक्त।
16603 कैशिक वि. २. रौँजस्तो मसिनु वा झिनो।
16604 कैशिकी वृत्ति ना. सुकोमल तथा सुकुमार अर्थ र सन्दर्भ भएको एवं चित्तलाई द्रवित पार्ने मधुरतायुक्त रचनाशैली; काव्यवृत्तिका तीन वृत्तिमध्ये एक।
16605 कैशोर ना. एघारदेखि पन्ध्र वर्षसम्मको अवस्था; किशोर अवस्था वा उमेर।
16606 को १ सर्व. १. कसैको चिनारी पाउन सोध्दा प्रयोग हुने शब्द; कुन; कुनचाहिँ। प्रत्य.
16607 को १ सर्व. २. विशेषण बन्दा जोडिने शब्द (एकतमासको, असमेलको, भन्नुको इ.)।
16608 को २ विभ. नेपाली व्याकरणअनुसार षष्ठीको सामान्य एक वचनमा लागेर अधीनस्थ वा सम्बन्ध बुझाउने विभक्ति वा रूपप्रत्यय।
16609 कोँचाखीँ ना. १. बायाँ हातले काखी च्यापी दायाँ हातका औँलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे बाजा। (नाट्येश्वरलाई मन पर्ने भनिएको यो बाजा धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूद्वारा बजाउने गरिन्छ )।
16610 कोँचाखीँ ना. २. पञ्चताल- वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल।
16611 कोइरालो १ ना. एकै भेट्नामा दुई टुप्पा भएका पात हुने, रातो वा सेतो फूल फुल्ने र लामा लामा कोसा फल्ने एक बोट वा तरकारी, अचार आदि बनाएर खाइने त्यसैको फूल।
16612 कोइरालो २ ना. १. रातो रातो खैरो रङ्गको, बिरालाका जातको सानो जङ्गली जन्तु।
16613 कोइरालो २ ना. २. बिरालालाई खाने एक जातको ठुलो चरो।
16614 कोइरी ना. तराईतिर तरकारीको खेती गर्ने र बेच्ने काम गर्ने एक जाति।
16615 कोइला ना. १. खैरो वा कालो रङको बल्ने खनिजपदार्थ; पत्थरकोइला।
16616 कोइला ना. २. अँगार; गोल।
16617 कोइला पानी ना. इन्जिन चलाउनका निम्ति रेल, जहाज आदिमा दिइने कोइला र पानी।
16618 कोइली ना. १. काग जस्तै तर चिल्लो कालो रङको, पुच्छर अलि लामो हुने, वसन्त ऋतुमा झ्याम्म परेको रुखको हाँगामा बसेर सुरिलो स्वरले 'कुहू-कुहू' वा 'को हो ? को हो ?' भन्दै कराउने प्रसिद्ध चरो।
16619 कोइली ना. २. कोइलीको जस्तै स्वर भएकी प्रेमिकालाई प्रेमीले बोलाउँदा भन्ने शब्द; मायालु।
16620 कोइली ना. ३. विरहिणी (प. ने.)।
16621 कोइलो ना. मही पार्ने मधानीमा बेर्ने डोरीका टुप्पामा लगाइने काठको हत्ता; नेतीको टुप्पामा लगाइने मसिनु काठको टुक्रो।
16622 कोइल्याँटो ना. १. देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो; धुपौरो।
16623 कोइल्याँटो ना. २. कोइला सल्काउने भाँडो।
16624 कोक १ ना. १. पानीमा रहने हाँसजस्तो कालो पक्षी; चक्रवाक; चखेवा।
16625 कोक १ ना. २. कोइली।
16626 कोक १ ना. ३. कामशास्त्रका रचयिता एक आचार्य।
16627 कोक २ ना. बोतलबन्द पेय, कोकाकोलाको छोटकरी रूप। हे. कोकाकोला।
16628 कोकरी ना. बालबोलीमा कोक्रो; सानो कोक्रो।
16629 कोकले ना. सुगाजत्रै र सुगा जस्तै रङको, टाउको रातो र चुच्चो हरियो हुने, आफैँले रुखमा टोड्को पारेर बस्ने र 'कुकुल- कुकुल' गरी कराउने चरो।
16630 कोकशास्त्र ना. कोक नामक आचार्यद्वारा प्रणीत रतिविज्ञान वा कामकलासम्बन्धी ग्रन्थ; कामशास्त्र; रतिशास्त्र।
16631 कोका १ ना. दक्षिणबाट उत्तरतिर बगेर बराहक्षेत्रमा कोसीसँग मिल्ने सानो खोलो।
16632 कोका २ ना. तानमा धागाको टुंकी घुसारी दायाँबायाँ दुवैतिर वारपार छिराएर कपडा बुन्ने काठ; तानको बनौटो।
16633 कोका ३ ना. पातहरू टिपी सुकाएर चिया जस्तै सेवन गरिने, दक्षिण अमेरिकामा पाइने एक जातको रुख वा त्यसै रुखको संस्कार गरिएको पात।
16634 कोका कोला ना. फलफूलको रस र सोडासमेत मिसाई रासायनिक प्रक्रियाद्वारा प्रशोधित गरेर बोतलमा भरिएको पेय पदार्थ।
16635 कोकिंचा मुहाली ना. साह्रै तिखो स्वर हुने, मुहाली-परिवारको फुकेर बजाइने सबभन्दा सानो बाजा।
16636 कोकिल ना. कोइली।
16637 कोकिला ना. कोइलीको पोथी; पोथी कोइली।
16638 कोकिस ना. लाम्चा र बाङ्गा आकारका पारेर बनाइने केक रोटीको एक प्रकार।
16639 कोकेन ना. कोका नामको वृक्षका पातबाट बनाइने मादक पदार्थ वा एक प्रकारको नसालु वस्तु।
16640 कोको ना. ताडकै जस्तो रुखमा गुराँसका आकारका खस्रा र फुस्रा पात हुने, हाँगा वा काण्डमा पाटेदार खुर्सानी आकारका राता फल फल्ने एक वृक्ष वा त्यसैको फल।
16641 कोकोहोलो ना. कुनै विशेष स्थितिमा वा आत्तिएर धेरै जनाले एकैपल्ट कराउँदा आउने आवाज; ठुलो हल्ला; होहल्ला; हल्लीखल्ली; कोलाहल; कोहोलो।
16642 कोक्किनु अ.क्रि. १. काँचो कर्कलो, पिँडालु आदि खाँदा घाँटी क्याक्क हुनु वा जिभ्रामा लागेर सगसगाउनु।
16643 कोक्किनु अ.क्रि. २. मनमा ठुलो पिर परे तापनि आवाज नफुट्नु; पिरले भित्रभित्रै कम्प छुटेर रुनु।
16644 कोक्ती ना. मकै, गहुँ, मास, भटमास, केराउ आदि ढड्याएर बनाई तरकारी जस्तै खाइने एक प्रकारको क्वाँटी।
16645 कोक्याइ ना. कोक्किने वा कोक्याउने क्रिया-प्रक्रिया।
16646 कोक्याइनु क.क्रि. कोक्याउने बनिनु।
16647 कोक्याउनु स. क्रि. पिँडालु, कर्कलो आदि खाँदा जिभ्रामा लागेर सगसगाउनु वा खसखस हुनु।
16648 कोक्रो ना. १. नानीहरूलाई सुताएर हल्लाउने काममा प्रयोग गरिने चोया, बेत, तार, पाट आदिबाट बुनेको टोक्रो; झुलना; कोर्को।
16649 कोक्रो ना. २. कैदीहरू हालेर बोकिने वा सजाय दिन झुन्ड्याइने टोकरी; तुरुङ।
16650 कोक्रो ना. ३. चोयाको टोक्रो; चोयाको पिँजडा।