Dictionary

All Word

16451 केन्द्र ना. २. विभिन्न कार्यसञ्चालन हुने मुख्य ठाउँ वा सदर मुकाम।
16452 केन्द्र ना. ३. सङ्घसंस्था आदिको प्रधान कार्यालय रहेको स्थान।
16453 केन्द्र ना. ४. सधैँ बस्ने ठाउँ।
16454 केन्द्र ना. ५. तैनाथ गर्ने विभाग।
16455 केन्द्र ना. ६. फलित ज्योतिषअनुसार जन्मकुण्डलीको पहिलो, चौथो, सातौँ र दसौँ स्थान।
16456 केन्द्रबिन्दु ना. कुनै घेराको माझमा रहेको स्थिर बिन्दु; मध्यबिन्दु।
16457 केन्द्रमण्डल ना. पृथ्वीभित्रका केन्द्रवरिपरिको खण्ड।
16458 केन्द्राभिमुख वि. बाहिरबाट केन्द्रतिर जाने वा आफ्ना सम्भावना र शक्तिको उपयोग नगरी केन्द्रतिरको मुख मात्र ताक्ने।
16459 केन्द्रित वि. केन्द्र बनाइएको; एकै ठाउँमा भेला गरिएको; केन्द्रीभूत।
16460 केन्द्री वि. केन्द्रमा रहेको वा रहने; केन्द्रस्थित।
16461 केन्द्रीकरण ना. १. केन्द्रमा नै समेट्ने वा केन्द्रद्वारा नै सबै कार्य परिचालन गर्ने काम; केन्द्रित गर्ने वा पार्ने काम।
16462 केन्द्रीकरण ना. २. एकै ठाउँमा जम्मा गर्ने काम।
16463 केन्द्रीभूत वि. केन्द्र वा प्रमुख स्थानमा रहेको; चारैतिरबाट एकै ठाउँमा जम्मा भएको; केन्द्रित।
16464 केन्द्रीय वि. १. केन्द्रसम्बन्धी; केन्द्रको।
16465 केन्द्रीय वि. २. केन्द्र वा मध्य भागको; प्रधान; मुख्य।
16466 केन्द्रीय वि. ३. कुनै राज्य वा राष्ट्रको केन्द्रस्थान वा राजधानीसित सम्बन्धित (केन्द्रीय कार्यालय, केन्द्रीय शासन, केन्द्रीय सरकार इ.)।
16467 केन्द्रीय बैङ्क / ब्याङ्क ना. १. ब्याङ्कहरूको प्रधान अङ्ग वा ब्याङ्कहरूको पनि ब्याङ्क।
16468 केन्द्रीय बैङ्क / ब्याङ्क ना. २. वित्तीय कारोबारका साथै मातहतका सम्पूर्ण ब्याङ्कहरू सञ्चालन गर्ने ब्याङ्कहरूको प्रधान कार्यालय; राष्ट्र बैङ्क।
16469 केन्द्रीय शासन ना. कुनै राष्ट्रमा केन्द्रीय सरकारमै शासनसत्ताको अधिकार रहने र केन्द्र वा राजधानीबाटै देशको सम्पूर्ण शासन चलाउने व्यवस्था।
16470 केन्द्रीय सङ्गठन ना. गाउँ वा जिल्लास्तरमा भएका सङ्गठनका कार्यहरूलाई नियन्त्रित वा सञ्चालित गर्न केन्द्रको रूपमा स्थापना गरिएको वा केन्द्रमा स्थापना भएको सङ्गठन।
16471 केन्द्रीय सरकार ना. राष्ट्रको केन्द्रमा रहेर वा राष्ट्रिय स्तरमा देशको शासन व्यवस्था मिलाउने र चलाउने मुख्य सरकार; केन्द्रीय मन्त्रिमण्डल वा मन्त्रिपरिषद्।
16472 केन्द्रोन्मुखी वि. केन्द्रपट्टि झुकेको वा केन्द्रलाई नै मुख्य लक्ष्य बनाएको; केन्द्रको मात्र भर परेको।
16473 केप वि. टोटामा जडिने, टोपीका आकारको आगो पार्ने धातुको साधन।
16474 केमाच ना. कसुरजस्तो कन्द, सेतो जरा र लामा लामा पात हुने, पानीभित्र उम्रने एक जातको झ्याउ वा एक किसिमको घाँस।
16475 केयूर ना. पाखुरामा लगाइने नवरत्न जडिएको एक गहना; बाजु।
16476 केर्नु १ स. क्रि. लेखिएका अक्षर, शब्द आदिलाई धर्सो तानेर रद्दी पार्नु; केरमेट गर्नु; मेट्नु।
16477 केर्नु २ स. क्रि. दोषी वा बापतीलाई उसले गरेको अपराधका बारेमा सोधपुछ गर्नु; अपराधको पत्ता लगाउन कारकेर गर्नु; खोहोऱ्याउनु।
16478 केरकार ना. १. दोषी वा बापतीलाई सोधपुछ गर्ने काम; कारकेर।
16479 केरकार ना. २. केर्ने र मेट्ने काम; केरमेट।
16480 केरमेट ना. लेखिएका अक्षर, शब्द आदिमा धर्का तानेर रद्दी पार्ने काम; केरकार।
16481 केरा ना. निकै ठुला लामा पात हुने, कलेजी रङको कमलका आकारको बुङ्गो लाग्ने, पाकेपछि पहेँला, राता, हरिया रङका बोक्रा हुने लाम्चा गुलिया कोसे फल फल्ने जातजातको बोट वा त्यसैको फल; कदली।
16482 केराइ ना. १. केर्ने काम वा किसिम; मेटाइ।
16483 केराइ ना. २. कारकेर गर्ने काम; खोहोऱ्याइ।
16484 केराइनु क.क्रि. १. केर्न लाइनु; मेटाइनु; केरमेट गराइनु।
16485 केराइनु क.क्रि. २. खोहोऱ्याइनु; कारकेर गरिनु।
16486 केराउ ना. डाँठमा दुईतिर सँगसँगै लाम्चिला जोर पात पलाउने, निला, सेता वा कलेजी रङका फूल फुल्ने, लामालामा नङ्ग्रा हुने र लाम्चिला कोसा फल्ने दाल जातको लहरो वा त्यसैको फल।
16487 केराउ कोसे ना. केराउका जत्रा पोटिला कोसा हुने एक जातको सिमी।
16488 केराउनु प्रे. क्रि. १. केर्न लाउनु; मेटाउनु; केरमेट गराउनु।
16489 केराउनु प्रे. क्रि. २. कारकेर गराउनु; खोहोऱ्याउनु।
16490 केरिनु क.क्रि. १. केर्ने मेट्ने काम गरिनु।
16491 केरिनु क.क्रि. २. सोधिनु; खोहोऱ्याइनु।
16492 केरे अव्य. कुराकानीमा आउने एक किसिमको थेगो। (उदा.- तपाईंले भन्नुभएको कुरो केरे-अलमलमा भुसुक्कै बिर्सेछु)।
16493 केरो ना. १. केरा ( प्रायः तुच्छार्थमा)।
16494 केरो ना. २. पुरुष जननेन्द्रिय (अश्ली.)।
16495 केलाइ ना. केलाउने काम वा प्रक्रिया।
16496 केलाइकुलाइ ना. सबै केलाउने काम; छान्ने काम; छानबिन ।
16497 केलाइनु क.क्रि. केलाउने काम गरिनु; छानबिन गरिनु।
16498 केलाउनु स.क्रि. मिसिएको वा छासमिसे वस्तुबाट कुनै एक वस्तु छुट्ट्याई झिकी अलग पार्नु वा चाहिने वस्तु लिनु; एक एक गरेर त्यही वस्तु मात्र छान्नु; छानबिन गर्नु।
16499 केलि ना. १. प्रेमीप्रेमिकासँग परस्परमा गरिने रागात्मक सम्बन्धको खेल वा क्रीडा; आमोदप्रमोद।
16500 केलि ना. २. हाँसखेल; हँस्सीठट्टा।