Dictionary

All Word

16351 कीर्तिमान् / मान वि. १. कीर्तियुक्त, प्रसिद्ध।
16352 कीर्तिमान् / मान वि. ना. २. प्रतियोगितामा कुनै खेलाडी, उम्मेदवार आदिले स्थापित गरेको सर्वोच्च सीमा।
16353 कीर्तिशाली वि. कीर्तिमान्।
16354 कीर्तिशेष वि. १. कीर्ति शेष रहन गएको; मृ।
16355 कीर्तिशेष वि. ना. २. मृत्युः मरण।
16356 कीर्तिस्तम्भ ना. कुनै व्यक्तिको स्मरणमा उसको नामबाट खडा गरिएको स्तम्भ (भीमसेनस्तम्भ, अशोकस्तम्भ इ.)।
16357 कीर्ते वि. हे. किर्ते।
16358 कीर्तेसाक्षी ना. किर्तेसाक्षी।
16359 कील ना. १. फलाम वा काठको किलो।
16360 कील ना. २. खम्बा ; स्तम्भ।
16361 कील ना. ३. बिग्रेर वा मरेर पाठेघरमा अड्केको गर्भ।
16362 कीलक ना. १. कील; किलो।
16363 कीलक ना. २. अर्काले प्रयोग गरेको मन्त्रशक्तिलाई निष्क्रिय पार्ने मन्त्र।
16364 कीलाक्षर ना. सुमेर, इरान आदि देशमा आआफ्नै किसिमले प्राचीन कालमा प्रचलित बाणाकार लिपि; बाणमुख लिपि।
16365 कीलीकरण ना. १. पुरातत्त्वका अनुसार, उत्खनन गरिने ठाउँमा किला ठोक्ने काम।
16366 कीलीकरण ना. २. किला ठोक्ने क्रिया।
16367 कीलो ना. हे. किलो।
16368 कु॰ पू. स. नामपदको अघिल्तिर जोडिएर, खराब, ह्रास, अवमूल्यन, अनुचित, पाप, अशुभ, अभाव इ. भाव सङ्केत गर्ने उपसर्ग (कुपात्र, कुकर्म, कुदृष्टि, कुरूप, कुबेला इ.)।
16369 कु. ना. तालिम दिनेले बट्टाईको कानमा बेलाबखत उच्चारण गर्ने शब्द।
16370 कु खुवाउनु टु. बट्टाईको कानमा कु शब्द उच्चारण गर्नु।
16371 कु ना. सैनिक विद्रोह।
16372 कु ना. सैनिक विद्रोह।
16373 कुँच ना. १. सेनाले अनुशासनपूर्वक ताल मिलाएर हिँड्ने काम पल्टनले गर्ने मार्च, कुच।
16374 कुँच ना. २. छिटो चालको हिँडाइ, दौडाइ।
16375 कुँच ना. ३. भाग्ने काम।
16376 कुँजिनु अ.क्रि. कुँजो हुनु, रोगादिका कारणले हातगोडा खुम्चिनु।
16377 कुँज्याइ ना. कुँज्याउने र कुँजिने क्रिया वा भाव।
16378 कुँज्याइनु क.क्रि. कुँजिने पारिनु।
16379 कुँज्याउनु प्रे. क्रि. कुँजो पार्नु, हातगोडा नचल्ने पार्नु।
16380 कुँजो वि. १. शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको।
16381 कुँजो वि. २. हातगोडा आदि नचल्ने अवस्थाको, कुजो।
16382 कुँड्नु स. क्रि. १. चक्कु, खुकुरी आदि हतियारको धार झार्नु वा दोब्याउनु, भुत्त्याउन, कुँद्नु।
16383 कुँड्नु स. क्रि. २. कागती, निबुवा, खाँदेको अचार आदिका अमिलाले दाँतमा खिहिऱ्याहट पैदा गर्नु दाँतको शक्ति कम पार्नु।
16384 कुँड्नु स. क्रि. ३. चित्त दुखाउनु।
16385 कुँडाइ ना. कुँड्ने काम वा प्रक्रिया।
16386 कुँडाइनु क.क्रि. कुँड्न लाइनु, कुँड्याइनु।
16387 कुँडाउनु प्रे. क्रि. कुड्न लाउनु, कुँड्याउनु।
16388 कुँडार ना. चारैतिर बेरेर सुरक्षित पारेको ठाउँ।
16389 कुँडिनु अ.क्रि. १. चक्कु, तरबार, हँसिया आदि फलामे हतियारको धार झर्नु वा दोब्रिनु, भुत्तिनु।
16390 कुँडिनु अ.क्रि. २. चित्त दुख्नु, मन पाक्नु, भित्र भित्र चिढिनु।
16391 कुँडिनु अ.क्रि. ३. अमिलाले दाँतमा खिहिरोपन पैदा हुनु वा दाँतको शक्ति कम हुनु।
16392 कुँडिया ना. १. सानो कुँडे।
16393 कुँडिया ना. २. ताउलो।
16394 कुँडी ना. १. सानो कुँडे, कुँडिया।
16395 कुँडी ना. २. तेल पेल्ने कोलको पाथीघरमुनि हररीसँगै रहने कमण्डलुजस्तो अवयव।
16396 कुँडुलिनु अ.क्रि. कुनै वस्तु कुँडुलो पर्नु, गुँडुल्किनु, कुँडुल्किनु, घुँघुरिनु।
16397 कुँडुली ना. सानो कुँडुलो।
16398 कुँडुलो ना. १. नाङ्लाको बिट।
16399 कुँडुलो ना. २. वृत्ताकार रेखा, डोरी वा त्यस्तै कुनै पदार्थ, गुँडुलो।
16400 कुँडुलो ना. ३. पोको परेको फुकन्डो।