Dictionary

All Word

16201 कूजित वि. २. ध्वनिपूर्ण; गुँजेको।
16202 कूजित वि. ३. पक्षीहरूको मधुर स्वरले युक्त। ना.
16203 कूजित वि. ४. पक्षीहरूको बोली; कूज।
16204 कूट ना. १. रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना।
16205 कूट ना. २. पहेली; प्रहेलिका। ३ अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न।
16206 कूट ना. ४. पर्वतको शिखर; टाकुरो।
16207 कूट ना. ५. मन्दिर, दरबार आदिका शिखरको गजुर।
16208 कूट ना. ६. थुप्रो; रास।
16209 कूट ना. ७. लिही।
16210 कूट ना. ८. माया; छल; कपट। वि.
16211 कूट ना. ९. दुर्गम वा दुर्बोध। १०. निश्चल; अडिलो।
16212 कूट ना. ११. झुटो बोल्ने; मिथ्यावादी।
16213 कूटकविता ना. व्यक्त गर्न खोजिएको अर्थलाई लुकाएर बुझ्न गाह्रो बनाइएको कविता; अड्को थाप्ने कविता; प्रहेलिका।
16214 कूटनीति ना. १. राष्ट्र राष्ट्रका बिचको राजनीतिक सम्बन्ध वा त्यस्तो सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति।
16215 कूटनीति ना. २. व्यक्ति व्यक्ति वा राष्ट्र राष्ट्रका बिच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति।
16216 कूटनीति ना. ३. रहस्य बुझ्न गाह्रो पर्ने र अरूलाई अलमल्याउने तथा आफू सधैँ ओबानु रहन सक्ने राजनीतिको बाठो चाल; गुप्त चाल।
16217 कूटनीति ना. ४. जसरी पनि आफ्नै अनुकूल अर्थ लाउन सकिने वचन वा शैली।
16218 कूटनीतिक वि. कूटनीतिसम्बन्धी; कूटनीति जान्ने; कूटनीतिज्ञ।
16219 कूटनीतिज्ञ कूटनीति जान्ने; कूटनीतिक।
16220 कूटपाश ना. पशुपक्षीहरूलाई अल्झाउने पासो; जाल।
16221 कूट प्रमाणपत्र ना. बनावटी प्रमाणपत्र; नक्कली प्रमाणपत्र।
16222 कूट प्रश्न ना. पहेली; प्रहेलिका।
16223 कूटमान ना. घटीबढी पारिएको र कपटी नापो वा तौल भएको मानु, पाथी, ढक आदि; खोटो मानु, पाथी वा ढक।
16224 कूटमुद्रा ना. प्रचलितबाहेक बाहिरबाट अवैध रूपमा निकालिएको मुद्रा; खोटो टक; नचल्ने सिक्का।
16225 कूटयुद्ध ना. १. शत्रुलाई झुक्कलमा पारी गरिने लडाइँ; छलकपटपूर्वकको युद्ध।
16226 कूटयुद्ध ना. २. नकली युद्ध; झुटो लडाइँ।
16227 कूटयोजना ना. नराम्रो विचारले वा छलकपटपूर्वक गरिने कुनै कामको योजना; षड्यन्त्र।
16228 कूटसाक्षी जसले साक्षी राखेको छ उसैको नहुँदो ढङ्गले बकपत्र गर्ने साक्षी; झुटो साक्षी वा गवाह।
16229 कूटस्थ वि. १. माथिल्लो।
16230 कूटस्थ वि. २. नटाँसिएको; निर्लिप्त।
16231 कूटस्थ वि. ३. अचल; गुप्त।
16232 कूत ना. हे. कुत।
16233 कूत तिरो ना. हे. कुत तिरो।
16234 कूप ना. १. कुवा; वापी।
16235 कूप ना. २. प्वाल; खाल्टो।
16236 कूपमण्डूक ना. १. कुवामा बसेको भ्यागुतोजस्तो सीमित घेराको कुरा मात्र देखेबुझेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति; कुवाको ब्याङ। वि.
16237 कूपमण्डूक ना. २. सीमित वा थोरै ज्ञान भएको।
16238 कूपयन्त्र ना. इनारबाट पानी झिक्ने यन्त्र; अरघट्टघटी।
16239 कूर्च ना. १. मयूरको प्वाँख वा पुच्छर।
16240 कूर्च ना. २. शिखा।
16241 कूर्च ना. ३. मुठो; मुठी
16242 कूर्च ना. ४. दुई आँखीभुइँका बिचको ठाउँ।
16243 कूर्च ना. ५. यज्ञका ससाना पात्रहरू राख्ने ठुलो भाँडो।
16244 कूपमर्कट ना. १. कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो वानर।
16245 कूपमर्कट ना. २. कुचोजस्तो पुच्छर हुने सानो जातको वानर।
16246 कूप मर्कटानुगण ना. कूर्चमर्कट जस्तै एक प्रकारको सानो जातको वानर।
16247 कूर्म ना. कछुवा; विष्णुले कछुवा अवतार लिएको मानिने एक रूप।
16248 कूर्मपुराण ना. अठार पुराणमध्ये विष्णुले कछुवाको अवतार लिएको कथा र माहात्म्य वर्णन भएको एक पुराण।
16249 कूर्माञ्चली वि. अघिको एक राज्य कूर्माञ्चलको; कूर्माञ्चलसम्बन्धी।
16250 कूल ना. नदी वा पोखरीको किनार; तट; तीर।