Dictionary

All Word

16101 किटुवा वि. १. निश्चय वा निधो गरिएको; तोकिएको ( काम वा कुरो)।
16102 किटुवा वि. २. किटान गर्ने; तोक्ने (व्यक्ति)।
16103 किट्ट ू ना. १. थेग्रिएर रहेको पदार्थ, थिग्रेनी।
16104 किट्ट ू ना. २. फलाम आदिको मयल; कीट।
16105 किट्ट ू ना. ३. मल विष्ठा।
16106 किट्ट क्रि.वि. किट् आवाज आउने गरी।
16107 किट्ट क्रि.वि. (उदा.- उसले दाँत किट्ट कियो।)।
16108 किट्टी ना. चार जना बसेर प्रायः नौ नौ पत्ती तासमा प्रत्येकमा तीन तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक प्रकारको तासको खेल।
16109 किट्नी ना. मूत्राशय।
16110 किताप ना. हे. किताब।
16111 कितापी वि. किताबी।
16112 किताब ना. मुद्रित गरिएको वा लेखिएको र सुरक्षित तुल्याउन एकापट्टि धागो वा तारले बाँधी प्रायः बाक्लो र बलियो गातासमेत लगाइएको पत्रैपत्र कागतको समूह वा ठेली; पुस्तक ; पोस्तक, पोथी; किताप; ग्रन्।
16113 किताबखाना ना. १. किताबहरू राख्ने ठाउँ, पुस्तक भण्डार।
16114 किताबखाना ना. २. जड्गी, निजामती आदि कर्मचारीहरूको नियुक्ति, बढुवा, सरुवा, खोसुवा आदिसम्बन्धी रेकर्ड राख्ने अड्डा।
16115 किताब दर्ता ना. कर्मचारी पदको बहाली भएपछि किताबखानामा रेकर्ड गरिने काम।
16116 किताबी वि. १. किताबसम्बन्धी।
16117 किताबी वि. २. कर्मचारीहरूको रेकर्ड भरिएको किताबको काम गर्ने।
16118 किताबी वि. ३. व्यवहार इतर ( किताबी ज्ञान)।
16119 किताबी किरो ना. पुस्तक मात्र अध्ययन गर्ने व्यक्ति।
16120 किताबी सवाल ना. स्रेस्ता अड्डालाई भएको सवाल।
16121 किताबी सवाल ना. (सो खारेज भई पछि 'मुलुकी सवाल' बनेको हो।)।
16122 कित्ता ना. १. श्रेणी, तह, कक्षा, दर्जा, ओहदा।
16123 कित्ता ना. २. टुक्रा, खण्ड।
16124 कित्ता ना. ३. थान; गोटा।
16125 कित्ता ना. ४ किसिम, जात, वर्ग; जाति।
16126 कित्ताकाट ना. कुनै कित्ताको जग्गामध्येबाट बेचबिखन गर्दा वा भाग छुट्याउँदा नापी अड्डाले लिखत तथा नापनक्साअनुसार पहिलेको कित्ता फोरी छुट्टाछुट्टै कित्ता कायम गरिदिने काम; कित्ताफोड।
16127 कित्ताफोड ना. कित्ताकाट।
16128 कित्ली ना. पानी उमाल्ने वा पकाउने, बिर्को र समौटोसमेत भएको भाँडो चियादानी।
16129 किथ्रो ना. १. किलकिले।
16130 किथ्रो ना. २. कीटपतङ्गादि वर्गको एक जाति (फट्याङ्ग्रो इ.)।
16131 किन्नु स. क्रि. मोल तिरेर कुनै माल लिनु वा आफ्नो हकमा पार्नु; बेसाउनु, खरिद्।
16132 किन क्रि.वि. कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द कुन हेतुले वा के उद्देश्यले ? के कारणले ?।
16133 किन किन अव्य. थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द, संशय, अनिच्छा वा अरुचि जनाउने शब्द।
16134 किन किन अव्य. (उदा.- किन किन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ।)।
16135 किनखाब ना. सुनचाँदीका बत्तुले बुट्टा काढिएको झलझलाउँदो रेसमी कपडा, बहुमूल्य रेसमी कपडा।
16136 किनबेच ना. किन्ने र बेच्ने काम; खरिदबिक्री; बेचबिखन क्रयविक्रय।
16137 किनमेल मालसामानहरू किन्ने वा खरिद गर्ने काम; बजारमा गएर मोल तिरी आफूलाई चाहिने सामान लिने काम।
16138 किनाइ किन्ने भाव, क्रिया वा प्रक्रिया, खरिद।
16139 किनाइनु क. क्रि. किन्न लाइनु, खरिद गराइनु।
16140 किनाउनु प्रे. क्रि. किन्न लाउनु, खरिद गराउनु।
16141 किनामा ना. भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखिएको खाद्य पदार्।
16142 किनामा ना. (किरात समुदायमा यो खाद्य पदार्थ निकै प्रचलित छ।)।
16143 किनार ना. १. कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी।
16144 किनार ना. २. नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट तीर।
16145 किनार ना. ३. छेउछाउ, पार्श्व।
16146 किनारदार वि. किनार वा पारी भएको; किनारावाल; किनारे (धोती, सारी आदि।
16147 किनारा ना. १. कुनै वस्तुको लमाइ वा गजतर्फको पछिल्लो छेउ, धोती वा अन्य नसिएका कपडाको लमाइको तलमाथिको फेरो किनार।
16148 किनारा ना. २. नदी, तलाउ वा जलाशयको तीर, तट।
16149 किनारा ना. ३. आसपासको ठाउँ छेउछाउ, पार्श्व।
16150 किनारा ना. ४. धोती, चादर, पछ्यौरा आदि कपडामा भिन्न बुनोटको वा अलग रङको लामो फेर।