Dictionary

All Word

16001 काष्ठकला ना. काठका कलात्मक वस्तु, मूर्ति, सजावटका सामान आदि बनाउने काम वा सिप।
16002 काष्ठकुट्ट/कूट ना. लाहाँचे चरो; काठफोरुवा चरो।
16003 काष्ठपत्र ना. १. काठको फल्याक; कठपत्र।
16004 काष्ठपत्र ना. २. अभिलेखका रूपमा रहेको काठको पातो।
16005 काष्ठपुत्तलिका ना. १. कठपुतली, काठको प्रतिमा।
16006 काष्ठपुत्तलिका ना. २. घट्ट सोलीबाट दाना खसाल्नका लागि सोलीको टुँडमा बाँधिएको काठको ठेउको वा पुतली।
16007 काष्ठमण्डप ना. १. काठको मण्डप।
16008 काष्ठमण्डप ना. २. हनुमान् ढोकानेर अशोकविनायकको सामुन्ने स्थित एउटै रुखका काठबाट तयार पारिएको भनिने प्रसिद्ध घर।
16009 काष्ठमण्डप ना. ३. काठमाडौं।
16010 काष्ठा ना. १. पूर्व, पश्चिम आदि दिशा।
16011 काष्ठा ना. २. अन्तिम सीमा वा हद (पराकाष्ठा)।
16012 काष्ठा ना. ३. अन्तरिक्षमा बादल र वायुको मार्ग।
16013 काष्ठा ना. ४. अठार पलाको समयको माप।
16014 काष्ठा ना. ५. आठ माना।
16015 काष्ठा ना. ६. एक विघाको १/२० भाग अर्थात् एक कट्ठा।
16016 काष्ठादि ना. जरीबुटीलाई पिँधेर धुलो बनाइएको आयुर्वेदिक औषधी।
16017 कास ना. १. खोकी।
16018 कास ना. २. सजिवनको रुख।
16019 कास ना. ३. काँस तृण।
16020 कासी बयर ना. लाम्चा गेडा फल्ने खल्लो गुलियो स्वादको एक जातको बयर।
16021 कास्की ना. १. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक जिल्ला।
16022 कास्की ना. २. मध्यकालको चौबिसे राज्यमध्ये एक।
16023 कास्टिक वि. १. रासायनिक प्रक्रियाद्वारा तन्तुहरूलाई जलाउने वा नष्ट पार्ने, क्षारक; दाहक।
16024 कास्टिक वि. ना. २. जलाउने वा नष्ट गर्ने पदार्थ वा वस्तु।
16025 कास्टिक सोडा ना. एक प्रकारको सोडा।
16026 कास्टिङ मेसिन ना. मुद्रणकलामा मोनोटाइप बनाउने वा ढाल्ने यन्त्रविशेष।
16027 काहा ना. पोङ्गा र पैंताभन्दा केही लामो, फुकेर बजाइने, तामाको एक किसिमको ढुङ्ग्रे बाजा।
16028 कास्मिरी वि. काश्मीरका बासिन्दा; काश्मीरसम्बन्धी।
16029 कास्मिरी केशर ना. १. मसिना लामा लामा पात हुने, रातो केशर भएको, सेता फूल फुल्ने, लसुनका जस्ता पोटी हुने एक बुटी।
16030 कास्मिरी केशर ना. २. त्यसैको फूलको बास्नादार केशर, कुङ्कुम।
16031 काहार ना. नेपालको तराइली मूलका घर्ती; डोली बोक्ने एक जाति; भुइया; खतबे।
16032 काहिँली वि. १. जन्म, नातासम्बन्ध वा अरू कुनै क्रमले चौथी (स्त्री); साहिँलीपछिकी; काइँली।
16033 काहिँली वि. ना. २. काहिँलो छोरो वा भाइकी पत्नी।
16034 काहिँलो वि. साहिँलोभन्दा पछिको जन्मका क्रमले चौथो ( छोरो, भाइ आदि); काइँलो।
16035 कि संयो. १. दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बिचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा.- पढ्छौ कि पढ्दैनौ?)।
16036 कि संयो. २. मिश्र वाक्यमा आश्रित उपवाक्यलाई जोड्ने शब्द।
16037 कि संयो. (उदा.- कि तिमी जाऊ कि मलाई जान देऊ। )।
16038 कि संयो. निपा. ३. प्रश्न वा सन्देह बुझाउँदा वाक्यान्तमा प्रयोग हुने शब्द ( उदा.- उसले मलाई पढाउँछ कि ? ऊ त्यहाँ छैन कि ? )।
16039 कि संयो. ४. उनको भनाइ छ कि कवितामा अनुप्रास हुनुपर्छ (अस्त.)।
16040 किंकर्तव्यविमूढ वि. निर्णयशक्तिको अभावमा कुनै काम गर्न गरुँ, कसो गरुँ भई अलमलिएको, आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर गर्न नसकी दोधारमा परेको; रनभुल्लमा परेको; बिलखबन्द।
16041 किंवदन्ती ना. १. समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वाससमेत भएका घटना, कथा वा कुरा जनश्रुति।
16042 किंवदन्ती ना. २. हल्ला; अफवाह।
16043 किंवा संयो. दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय, वा, अथवा।
16044 किंवा संयो. (उदा.- ज्ञानविज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठुलो महत्त्व छ। )।
16045 किंशुक ना. पलाँसको रुख; पलाँसको फूल।
16046 किउँकाफल ना. काला लाम्चा दाना हुने एक प्रकारको काफल।
16047 किकी ना. जुम्रा (बालबोलीमा)।
16048 किक्क क्रि.वि. बाडुली लागेर वा घाँटीभित्र कुनै चिज अड्किएर श्वासनलीमा वाधा परी विचित्रको ध्वनि निस्कने गरी।
16049 किक्लिक्क वि. घाँटीमा कुनै चिज अड्किँदा वा घाँटी अँठ्याउँदा ऊर्ध्ववायुको झोक्का निस्कने गरी हुने शारीरिक प्रतिक्रिया।
16050 किङ्कर ना. चाकर, नोकर, दास, सेवक, भृत्य।