Dictionary

All Word

15901 कालीमुन्टे ना. २. मुन्टो मात्र कालो भई बाँकी जिउ सबै अरू नै रङको हुने बाखो।
15902 कालीमुन्टे ना. वि. ३. कालो मुन्टो भएको।
15903 कालीरह ना. हे. कालीदह।
15904 कालीलहरो ना. गाईबस्तुलाई खुवाइने एक प्रकारको जङ्गली घाँस।
15905 कालीसिन्की ना. कालो कालो सिन्का हुने एक झार, कान छेडेपछि प्वाल नटालियोस् भनेर लगाइने सानो सिन्को; कानसिन्की; दमकन्ने।
15906 कालु वि. कालो' शब्दको सङ्क्षिप्त रूप।
15907 कालु पाँडे ना. पृथ्वीनारायण शाहका समयमा गोर्खा राज्यको काजी भएका र र कीर्तिपुरसँग पहिलो युद्धमा दिवङ्गत भएका इतिहासप्रसिद्ध एक व्यक्ति।
15908 कालुष्य ना. १. कलुष वा मलिन हुनुको भाव; मलिनता, फोहोर।
15909 कालुष्य ना. २. वैमनस्य।
15910 कालू ना. स्नेहका साथ बोलाउँदा प्रयोग गरिने शब्द।
15911 कालो ना. १. प्रकाश वा सेतोको विपरीत रङ; मोसो, गाजल, अँगार, गोल आदिको जस्तो रङ्ग।
15912 कालो ना. २. प्रकाश नभएको स्थिति, अन्धकार।
15913 कालो ना. ३. निग्रो जाति।
15914 कालो ना. ४. दोष, कलङ्क, खोट।
15915 कालो ना. ५. पाप; कल्मष।
15916 कालो ना. वि. ६. उज्यालो नभएको; अँध्यारो; मैलो वा धमिलो।
15917 कालो ना. ७. कृष्ण वर्णको, कल्साउँदो, साँवलो; गाजले।
15918 कालो ना. ८. मन सफा नभएको; रिसाएको, नजाती, दुष्ट।
15919 कालो ना. ९. आशा नभएको पत्तो नपाइने (कालो भविष्य, कालो भावना इ.)।
15920 कालो अडेरी ना. कालो कालो खालको अडेरीविशेष।
15921 कालो अरिङ्गाल ना. एक जातको कालो रङको अरिङ्गाल।
15922 कालो उखु ना. गाढा कलेजी वा कालो रङको, औषधीका लागि पनि काम लाग्ने राम्रो खालको उखु।
15923 कालो कपास ना. कालो कालो भुवा हुने एक जातको कपास।
15924 कालो कर्तुत ना. अरूको कुभलोका लागि गरिने निन्दनीय कार्य; स्वार्थसिद्धिका लागि गरिने नियमविरुद्ध काम, छलकपट; षड्यन्त्र।
15925 कालो काँठे ना. हे. कालीनाथ्रो।
15926 कालो काल ना. कर्कलाको जस्तो बोटमा सलिफाजस्तो तर केही लाम्चो आकारको घोगा फल्ने एक स्थावर विष।
15927 कालो किरो ना. १. ब्वाँसोजस्तो ढाडे किरो; भाउसो।
15928 कालो किरो ना. २. सालक नामको एक जङ्गली जनावर।
15929 कालो कुकुर ना. १ हुँदै नभएको मानिस।
15930 कालो कुकुर ना. २. तुच्छ प्राणी।
15931 कालो कौवा ना. सर्वाङ्ग शरीर कालो हुने, केही ठुलो र तिखो चुच्चो भएको एक जातको काग, ढोले काग, लेकाली काग, डुम काग।
15932 कालो वरा ना. कालो र मोटो खालको, थुप्रै रस हुने एक प्रकारको असल खालको उखु।
15933 कालो गौंथली ना. प्रायः पहरातिर गुँड पार्ने कालो रङको गौंथली चरो।
15934 कालो चिया ना. दुध नहालिएको, चिनी र चियाको रङ मात्र भएको चिया, फिक्का चिया।
15935 कालो जरो ना. हे. कालज्वर।
15936 कालो जिरो ना. हे. कालजिरो।
15937 कालो धतुरो ना. रछायो भावको निलो फूल फुल्ने र कालो डाँठ हुने एक जातको धतुरो।
15938 कालो नुनियाँ ना. कालो रङको एक जातको धानविशेष।
15939 कालो निलो वि. १. डरले आत्तिएको वा रिसले चुर भएको।
15940 कालो निलो वि. २. कालो तथा निलो रूपको।
15941 कालोनुन ना. अपच, डकार आदिमा फाइदा गर्ने एक प्रकारको नुन, बिरेनुन।
15942 कालोपत्र ना. १. सडकलाई पक्की बनाउन प्राविधिक किसिमले रोडा, अलकत्रा आदि छापिएको सतह; पिच।
15943 कालोपत्र ना. २. कोलटार, पेट्रोलियम आदिमा घोलिएको कालो र च्यापच्यापे पदार्थ; अलकत्रा।
15944 कालोपातल ना. निर्जन वन; तरी, भयावह जङ्गल।
15945 कालोपोके ना. गहुँ, जौ आदि बालीमा लाग्ने, बालो कालो हुँदै जाने एक प्रकारको रोग।
15946 कालो बजार ना. १. सरकारद्वारा आयातनिर्यातका लागि प्रतिबन्धित मालसामानहरू बढी नाफा कमाउन अवैध किसिमले लुकीछिपी आयात वा निर्यात गर्ने काम।
15947 कालो बजार ना. २. कुनै मालसामानको कृत्रिम अभाव खडा गरी अत्यधिक नाफा लिएर बिक्री गर्ने काम वा स्थिति।
15948 कालो बजार ना. ३. त्यस्तो मालसामान खरिदबिक्री गर्ने ठाउँ, चोरबजार।
15949 कालो बजारिया वि. कालोबजार गर्ने; तस्करव्यापारी; चोरबजारिया।
15950 कालोबजारी ना. कालो बजार गर्ने काम; अवैध किसिमले मालसामानको किनबेच आदि गर्ने काम; तस्करी धन्दा।