Dictionary

All Word

15351 कानेगुजी ना. कानको दुलोभित्र हुने पहेंल्छ्‌या कालो र मैनजस्तो फोहर पदार्थ, कानको मयल, कर्णमल।
15352 कानेच्याउ ना. रुखका ठुटामा उम्रने कानजस्तो आकारको क प्रकारको च्याउ।
15353 कानेटोपी ना. दुवै कान ढाक्ने, चिउँडामुनि तुना बाँध्न हुने बालकहरूको टोपी।
15354 कानेपर्सि क्रि.वि. हे कानेकोर्सि।
15355 कानेसिन्को ना. पानीले छोडेको बगरमा उम्रने, पहेँलो फूल र हाँसका पाइलाको आकारका पात हुने एक प्रकारको घाँस।
15356 कानो वि. एउटा आँखो नदेख्ने, एकआँखे, कानू।
15357 कान्छा वि. १. कम उमेरको वा पछि जन्मेको।
15358 कान्छा वि. ना. २. त्यस्तो व्यक्ति।
15359 कान्छा वि. ३. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द।
15360 कान्छा वि. (उदा.- ए कान्छा ! तिमी यता आऊ न।)।
15361 कान्छाबा ना. कान्छो बाबु, काका।
15362 कान्छा बाबू ना. आफूभन्दा सानो र कान्छो उमेरका पुरुषलाई भन्ने स्नेहको बोली।
15363 कान्छी वि. १. सबैभन्दा पछि जन्मेकी (छोरी); सबभन्दा कम वा थोरै उमेरकी, सबभन्दा पछिकी।
15364 कान्छी वि. ना. २. कान्छो भाइ वा छोराकी पत्नी।
15365 कान्छी वि. ३. प्रेमीले प्रेमिकालाई बोलाउने शब्द, कान्छी नानी।
15366 कान्छी आमा ना. १. कान्छाबाकी पत्नी।
15367 कान्छी आमा ना. २. आमाकी सानी सौता, सौतेनी आमा।
15368 कान्छी औँलो ना. हातखुट्टाका औंलाभन्दा सानो र पातलो पुछारको औँलो।
15369 कान्छी नानी ना. . कान्छी छोरी, बहिनी आदि।
15370 कान्छी नानी ना. २. रुपियाँपैसा, धन।
15371 कान्छी नानी ना. (उदा.-समाजमा कान्छी नानी हुनेकै इज्जत छ। )।
15372 कान्छो वि. १. सबभन्दा पछि जन्मेको छोरो, सन्तान इ.)।
15373 कान्छो वि. २. कम उमेरको।
15374 कान्छो वि. ३ तल्लो श्रेणीको (जस्तो-कान्छो सुन )।
15375 कान्छो वि. ना. ४. लोकगीतमा प्रयोग हुने र प्रायः दोहोरिने शब्द (रहनी)।
15376 कान्छो बाबु ना. आफूलाई जन्माउने बाबुको भाइ, कान्छाबा, काका।
15377 कान्टवाद ना. इम्यानुयल कान्ट (इ. १७२४-१८०४) भन्ने प्रसिद्ध जर्मनेली दार्शनिकद्वारा प्रतिपादित एक सिद्धान्त वा म।
15378 कान्टवादी वि. कान्टवादको अनुसरण गर्ने।
15379 कान्त ना. १. इष्टजन, प्रिय व्यक्ति।
15380 कान्त ना. २. अनुराग राख्ने वा प्रेम गर्ने व्यक्ति; प्रेमी; मायालु।
15381 कान्त ना. ३. पति, लोग्ने, स्वामी (लक्ष्मीकान्त, श्रीकान्त इ.)।
15382 कान्त ना. ४. चन्द्रमा।
15383 कान्त ना. ५. वसन्त ऋतु।
15384 कान्त ना. ६. एक जातको फलाम।
15385 कान्त ना. ७. रत्न।
15386 कान्त ना. ८ कार्तिकेयको उपाधि।
15387 कान्त ना. वि. ९ प्रिय र रुचिकर, कोमल र मनोहर।
15388 कान्त ना. १०. सुन्दर।
15389 कान्ता ना. १. प्रिया वा सुन्दरी स्त्री रूपलावण्य भएकी नारी।
15390 कान्ता ना. २. स्वास्नी पत्नी, भार्या।
15391 कान्ता ना. ३. प्रेमिका।
15392 कान्तार ना. १. बाक्लो र डरलाग्दो जङ्गल वा वन।
15393 कान्तार ना. २. उजार स्थान, नराम्रो बाटो, दुर्गम प।
15394 कान्तार ना. ३. दुलो प्वाल।
15395 कान्तार ना. ४. किराँती उखु।
15396 कान्तासम्मित वि. प्रेयसीसमान, प्रेमिका बराबर।
15397 कान्तासम्मित उपदेश ना. पूर्वीय काव्यशास्त्रका प्रयोजनअन्तर्गत तीन प्रकारका उपदेश (प्रभुसम्मित, सुहत्सम्मित र कान्तासम्मित) मध्ये एक उपदेश; मोहक र हृदयग्राही शिक्षा।
15398 कान्ति ना. १. दीप्ति, प्रभा, तेज।
15399 कान्ति ना. २. शोभा, सौन्दर्य।
15400 कान्ति ना. ३. कामना, इच्छा।