Dictionary

All Word

15301 कानपाते ना. हे. सरताप्रे।
15302 कानपासा ना. नारीहरूले कानमा लगाउने टपजस्तो तीन चोसा परेको बिचको चोसो अलि माथिसम्म उठेर केही घुमेको गहना।
15303 कान मन्त्राइ ना. १. कुरा सिकाउने काम।
15304 कान मन्त्राइ ना. २. पोल लगाइ।
15305 कानसिन्की ना. हे. कालीसिन्की।
15306 काना ना. कान।
15307 काना ना. (कानाकाटी आदि)।
15308 काना ना. १. तीनवटै पोट मिली हुने पासा खेलको एक दाउ।
15309 काना ना. वि. २. कानो।
15310 कानाकौडी ना. १. फुटेको वा खोटो कौडी।
15311 कानाकौडी ना. २. ज्यादै थोरै वा नगण्य धनसम्पत्ति, थोरै धन।
15312 कानाकौडी ना. (तुल पैसा न कौडी बजार बजार दौडी।)।
15313 कानीन ना. १. अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो, कन्यापुत्र।
15314 कानीन ना. २. व्यास।
15315 कानीन ना. ३. कर्ण।
15316 कानु वि. १. एउटा आँखाले मात्र देख्ने, एक आँखे, कानो।
15317 कानु वि. २. ना. मधेशतिर बस्ने एक जाति।
15318 कानुन ना. जनताद्वारा निर्वाचित राष्ट्रिय प्रतिनिधिहरू भएको व्यवस्थापिकासभाले राष्ट्रलाई व्यवस्थित रूप दिन बनाएको नियमले ऐनको रूप लिएको समूह, राज्यमा सुचारु रूपले न्यायिक व्यवस्था कायम राख्न बनाइएका नियमावलीहरूको समष्टि रूप ऐन, सवाल, नियम, आदेश आदि।
15319 कानुन किताब ना. ऐनकानुनको पुस्तक, विधिशास्त्र।
15320 कानुनतः क्रि.वि. कानुनअनुसार, कानुनले तोके वा निर्दिष्ट गरेअनुसार।
15321 कानुनबद्ध वि. ऐनकानुनद्वारा बाँधिएको कानुनको परिधिभित्रको।
15322 कानुन बर्खिलाप वि. ऐनकानुनको विरुद्ध वा विपरीत, कानुनले निषेध गरेको कामकारबाई, आचरण आदि)।
15323 कानुन विषयक समिति ना. कानुनसम्बन्धी सरसल्लाह, निर्देशन आदि दिने, छलफल गर्ने, समस्या सुल्झाउने एक अङ्ग।
15324 कानुन व्यवसाय ना. कानुनसम्बन्धी पेसा वा तद्विषयक लेखपढ, बहस आदिको काम ; वकाल।
15325 कानुन व्यवसायी वि. १. कानुनसम्बन्धी पेसामा लागेको वा कानुनसँग सम्बद्ध काममै संलग्न।
15326 कानुन व्यवसायी वि. ना. २. त्यस्तो व्यक्ति।
15327 कानुनसम्बन्धी वि. ऐनकानुनसँग सम्बन्ध भएको।
15328 कानुनी वि. १. कानुनसम्बन्धी कानुनको कानुनमा बाँधिएको कानुनभित्रको।
15329 कानुनी वि. ना. २. कानुनको ज्ञाता कानुन छाँट्ने व्यक्ति।
15330 कानुनी लिखत ना. १. कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार।
15331 कानुनी लिखत ना. २. कुनै कामकारबाईका सम्बन्धमा अड्डा- अदालतबाट गरिने ऐनसवाल, रुलनियमअनुसारका आवश्यक लिखित प्रमाण वा कागजा।
15332 कानुनी कारबाई ना. कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई।
15333 कानुनी कारबाई ना. कुनै उजुरी वा कामकर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय।
15334 कानुनी दाबी ना. कानुनका आधारमा गरिने वा गर्न पाउने दाबी वा अधिकार, कानुनप्रदत्त दाबी।
15335 कानुनी ब्याज ना. रिन वा सापट लिँदा वा दिँदा कानुनले तोकेबमोजिम लिइने वा लिनुपर्ने ब्याज।
15336 कानुनी मान्यता ना. कानुनले गर्न हुने भनिएको वा कानुनबाट कुनै बाधा, अड्काउ नभएको, कानुनद्वारा मान्य।
15337 कानुनी विवाह ना. अड्डाबाट कानुनी रूपमा पतिपत्नी भएको विवरण दर्ता गरी विवाह गरिने प्रथा वा त्यस प्रकारले गरिएको विवाह।
15338 कानुनी स्तर ना. कानुनद्वारा निर्धारित वा मान्य स्तर कानुनी दृष्टिबाट निर्धारित हुन गएको कुनै पद, प्रतिष्ठा आदिको तह वा मान्यता।
15339 कानू वि. हे. कानो।
15340 कानून ना. हे. कानुन।
15341 काने ना. १. लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुईंकार।
15342 काने ना. वि. २. कानका आकारको भएको (काने कसौडी)।
15343 काने ना. ३. कानसमेत ढाकिने वा छोपिने (काने टोपी)।
15344 काने ना. ४. ठुला कान भएको (वस्तु, मानिस इ.)।
15345 काने कसौडी ना. दुवैतिर कडा भएको ससानो कसौंडी।
15346 कानेकाने पिच्च ना. आँखामा पट्टी बाँधिएको डुमले अरू खेलाडीहरूलाई छुने र छोइएको खेलाडी नै डुम बन्ने, बालकहरूको मनोरञ्जक खेल।
15347 कानेकोर्सि क्रि.वि. चार रातपछि आउने दिन, निकोर्सिको भोलिपल्ट।
15348 कानेखुसी ना. १. स्वरयन्त्रमा कुनै कम्पन नल्याई सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो, अरूले नसुनून् भन्ने उद्देश्यले ज्यादै मसिनो स्वरमा खुसुक्क बोल्ने काम, साउती, खासखुस कानाखुसी, कानफुकाइ।
15349 कानेखुसी ना. २. भित्री प्रचारकार्य।
15350 कानेखुसी ना. (उदा.- चुनावमा मतदातालाई कानेखुसी नगरे जित्न नै सकिँदैन। )।