Dictionary

All Word

15101 किरिङमिरिङ वि. २. छिटो छिटो वा मनपरीसँग नराम्रो अक्षर लेख्ने किसिमले; किरिमिरी।
15102 किरिच ना. टुप्पोले घोचेर प्रहार गर्ने तरबारजस्तो एक किसिमको सोझो हतियार।
15103 किरिटी वि. १. किरीट धारण गर्ने; मुकुट लगाउने। ना.
15104 किरिटी वि. २. राजा।
15105 किरिटी वि. ३. इन्द्र।
15106 किरिटी वि. ४. अर्जुन।
15107 किरिमिरी क्रि.वि. स्पष्ट र सफा नभई अव्यवस्थित रूपमा कारकेर गरी; किरिङमिरिङ।
15108 किरिया ना. १. कुनै काम वा कर्तव्य गर्ने वा नगर्ने कुराको मन्जुरी; शपथ; प्रतिज्ञा।
15109 किरिया ना. २. मृतकका उद्देश्यले मरेका दिनदेखि तेह्र दिनसम्म गरिने श्राद्ध आदि पारलौकिक कर्म।
15110 किरियाकाष्ठा ना. १. अन्त्येष्टि क्रिया।
15111 किरियाकाष्ठा ना. २. ठुलो शपथ।
15112 किरियापुत्री ना. किरिया गर्ने छोरो वा सोसरहको कुनै व्यक्ति।
15113 किरिया बिदा ना. सेवासम्बन्धी नियमावलीमा उल्लेख भएअनुसार आमा, बाबु आदिको मृत्यु हुँदा सरकारी, अर्धसरकारी वा गैह्रसरकारी सेवामा रहेका कर्मचारी, पदाधिकारी आदिले पाउने पन्ध्र दिनसम्मको बिदा।
15114 किरी ना. किरो; कुरी (बालबोलीमा)।
15115 किरीट ना. शिरमा लगाइने एक प्रकारको आभूषण; मुकुट; श्रीपेच; शिरपेच; चूडा।
15116 किरुवा ना. किरो (बाघ) को मासु खानेहरूलाई निन्दा वाहेला गर्दा प्रयोग गरिने शब्द; किरे।
15117 किरे ना. हे. किरुवा।
15118 किरो ना. १. हाड नहुने ससाना कीट (कमिला, उडुस, जुम्रा, माकुरा इ.)।
15119 किरो ना. २. बाघ।
15120 किर्किटी ना. हे. किरकिटी।
15121 किर्किल ना. सियाँलो जग्गामा पाइने कन्दमूलविशेष।
15122 किर्की ना. उखु।
15123 किर्को ना. उखुको गिँड।
15124 किर्कौंले वि. किर्कौंलाजस्तो; किर्कौंलाका ढाँचाको।
15125 किर्कौंलो ना. दानादार अन्नहरूका भित्र हुने सामान्य गेडाभन्दा सानो, साह्रो र नपाक्ने किसिमको दाना; चोर गेडो।
15126 किर्थो ना. फटेङ्ग्राजस्तो सानो एक प्रकारको किरो।
15127 किर्ते वि. कृत्रिम; बनावटी; झुट्ठो; नक्कली; जालसाजी; कीर्त्ते (कागतपत्र, कामकुरो इ.)।
15128 किर्ते साक्षी ना. झुट्ठो साक्षी; मिथ्या गवाह।
15129 किर्नु ना. गाईबस्तुका शरीरमा लाग्ने एक प्रकारको डल्लो किरो।
15130 किलकिञ्चित् ना. संयोग श्रृङ्गारअन्तर्गत ज्यादै प्रिय वस्तु प्राप्त हुँदाको हर्षबाट नायिकामा उत्पन्न हुने मुस्कुराहट तथा हाँसो, रुदन, डर, क्रोध, भ्रम आदिको विचित्र मिश्रण; नायिकाले एकसाथ अनेक किसिमका भाव प्रकट गर्ने स्वाभाविक हाउभाव।
15131 किलकिले ना. जिब्राको पछिल्लो भागमा झुन्डिएको कोमलतालुको सानो मांसल खण्ड; रुद्रघण्टी; लिगलिगे।
15132 किलास ना. दुई घर एकैसाथ जोडिएको गारो वा साँध; दुई घरको एक सन्धिस्थल।
15133 किलासको गारो ना. साँधको घरसँगै जोडिएको गारो।
15134 किलिककिलिक क्रि.वि. पानी वा कुनै झोल पदार्थ उँभो घाँटी लगाई निल्ने गरी; किक्लिककिक्लिक।
15135 किलिप ना. १. कपाल मिलाउन, तह लाउन वा सिँगार्न स्वास्नीमानिसले शिरमा लगाउने प्लास्टिक, धातु आदिका वस्तु; चिम्टी; काँटा।
15136 किलिप ना. २. कागजपत्र आदि च्याप्न प्रयोग गरिने एक साधन; चेपुवा।
15137 किला ना. हे. किलो।
15138 किला काँटा ना. जोर्ने र गाँस्ने काममा प्रयोग गरिने किला वा यस्तै अन्य सरसामान।
15139 किले जोर्नी ना. हात, खुट्टा आदिका हड्डीहरू चलाउन हुने गरी खप्टिएको जोर्नी; किला झैँ गरेर जोडिएको हड्डीको जोर्नी।
15140 किलो १ ना. १. हजार सङ्ख्याको समष्टि रूप।
15141 किलो १ ना. २. एक हजार ग्राम बराबरको नापो; किलोग्राम। ३ किलोमिटरको सङ्क्षिप्त रूप।
15142 किलोग्राम ना. एक हजार ग्राम बराबरको तौल वा राशिको एकाइ।
15143 किलोमिटर ना. सय मिटर अर्थात् एक माइलको ५/८ भाग बराबरको नापो।
15144 किलोवाट ना. एक हजार वाट बराबरको विद्युत्शक्तिको एकाइ।
15145 किलो २ ना. १. कुर्सी, टेबुल आदि बनाउँदा काठका टुक्रालाई हतौडीले हानेर जोड्न वा भित्ता आदिमा कुनै वस्तु झुन्ड्याउन खुटीका रूपमा समेत प्रयोग गरिने, एक छेउ मोडिएको र अर्को छेउ तिखारिएको, फलाम, काठ आदिको लाम्चो काँटा।
15146 किलो २ ना. २. सुइरो।
15147 किलो २ ना. ३. जमिन, भित्ता आदिमा ठोकेर वा गाडेर बस्तुभाउ बाँधिने काठ, फलाम आदिको लाम्चो टुक्रो।
15148 किल्ला ना. १. सामरिक प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ वा घर; गढी; गढ; दुर्ग; खावा; कोट।
15149 किल्ला ना. २. सिमाना; साँध।
15150 किल्लाबन्दी ना. १. किल्ला बनाउने काम; व्यूहरचना।