Dictionary

All Word

14951 काँडा ना. [काँडोको ति. रू. ] है. काँडो।
14952 काँडा उम्रनु टु डर लाग्नु, रौंको जरा दरदराउँदो हुनु।
14953 काँडा थिच्नु टु मसानघाटबाट घर फर्कंदा प्रेत नफर्कोस् भन्ने आशयले बाटामा मलामीले काँडा थिचेर धूप दिनु।
14954 काँडावाल वि. काँडा भएको काँडेदार।
14955 काँडे वि. काँडैकाँडा भएको काँडेदार, काँडावाल।
14956 काँडे अम्बा ना. रुखमा मयलका जस्तै काँडा र पात हुने अम्बा वा बेलौती।
14957 काँडे कुरो ना. काँडैकाँडा हुने एक प्रकारको घाँस वा त्यसमा हुने कुरो (लुगामा टाँसिने झुस)।
14958 काँडे कुवेराक्ष ना. बोट र कोसामा समेत काँडैकाँडा हुने, निलो गेडा फल्ने, पहेँलो फूल फुल्ने र अमिलीको जस्तो पात हुने एक लहरो वा त्यसैको गेडा (फल); कुवेराक्षी, लता करञ्ज।
14959 काँडे चौप ना. कनकचम्पा, कर्णिकार।
14960 काँडे चुत्रो ना. मसिना काँडा र सिताराभन्दा अलि ठुला पात हुने एक प्रकारको चुत्रो।
14961 काँडे तार ना. काँडैकाँडा पारी बनाइएको फलाम वा अन्य कुनै धातुको बार बार्ने तार।
14962 काँडेदार वि. काँडैकाँडाले युक्त, काँडाजस्तो भएको, काँडे।
14963 काँडे पैयुँ ना. पैयुँको भन्दा सानो बोट, साना साना पात हुने, काँडेदार पैयुँको एक जा।
14964 काँडे मन्टा / मिँडा ना. डाँठ, पात, भेट्नु आदिमा काँडा हुने, ठुलो र निलो रङको एक प्रकारको भन्टा।
14965 काँडे भ्याकुर ना. नेपालमा मात्र पाइने एक प्रकारको चरो।
14966 काँडे मयल ना. काँडा हुने, सानो कालो फल फल्ने एक जातको मयलको बोट।
14967 काँडे रायो ना. पातको एक पाटामा छ चोसासम्म काँडा हुने एक जातको रायोको साग।
14968 काँडे लुँडे ना. काँडैकाँडा हुने एक प्रकारको लुँडे।
14969 काँडे सल्लो ना. रातो खोटो आउने र काँडा हुने एक प्रकारको सल्लो।
14970 काँडो ना. १. हाँगा, डाँठ, पात आदिमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु।
14971 काँडो ना. २. दुःख दिने मानिस, शत्रु।
14972 काँडो ना. ३. सङ्कष्ट।
14973 काँडो ना. ४. बाधा अड्काउ व्यवधान, भाँजो ५. सालनाल।
14974 काँडो ना. ६. डरले शरीरमा ठडिएका रौं।
14975 काँडो ना. ७. नदीनालामा बग्ने एक किसिमको विषालु फिंज।
14976 काँढा ना. औषधी वा अनुपानका लागि जरीबुटी हाली राम्रोसँग पकाइएको रस, पानीमा मिसी, मरिच, सुकुमेल, सुठो आदि हाली पकाइएको तागतिलो पेय पदार्थ, क्वा।
14977 काँतर वि. १. कुनै कामकुरामा आँट गर्न नसक्ने, दो मुटु नभएको, डरछेरुवा, कायर, नामर्द, भीरु, हुपहारा, पानीमरुवा, पानीआन्द्रे।
14978 काँतर वि. २. हडबडाएको; व्याकुल, अधीर।
14979 काँतरिनु अ.क्रि. डराउनु, काँतर बन्नु।
14980 काँध ना. पाखुरा जोडिएको जोर्नीदेखि गर्धनसम्मको शरीरको भाग कुम स्कन्ध।
14981 काँधमा काँध मिलाउनु टु. एकले अर्कालाई सहयोग गर्नु, समर्थन गर्नु एकजुट हुनु।
14982 काँध हाल्नु टु. टेवा दिनु सहयोग गर्नु, उक्साउनु।
14983 काँधिनु अ.क्रि. १. काम गर्न अल्छी गर्नु, ढिलाइ गर्नु।
14984 काँधिनु अ.क्रि. २. काँधे (बोकाहा) हुनु।
14985 काँधिनु अ.क्रि. ३. गहुकाउनु।
14986 काँधिनु अ.क्रि. ४. मोटाउनु।
14987 काँधीकाठ ना. मुर्दा बाँध्नका लागि प्रयोग गरिने बाँस वा काठ; मुर्दा बोकेर लैजाने काठ, घारो।
14988 काँधे वि. १. अर्काको झगडा वा मामला बोकेर हिँड्ने।
14989 काँधे वि. २. काँध थापिदिने, आड दिने, उक्साउने।
14990 काँधे वि. ना. ३. काँधमा राखिने वस्त्रादि, गलबन्दी, कँधेरी।
14991 काँधे लौरी ना. १. काँधमा मुढा आदि हाली तेर्छौ पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो।
14992 काँधे लौरी ना. २. ध' अक्षरको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम।
14993 काँप्नु अ.क्रि. हे. काम्नु।
14994 काँपिनु अ.क्रि. काँप्ने होइनु, कामिनु।
14995 कौंस ना. १. सेतो झुप्पे फूल फुल्ने, कुशको एक भार, काश।
14996 कौंस ना. २. हे. काँसो।
14997 काँसघारी ना. धेरै काँस भएको ठाउँ, काँसको घारी।
14998 काँसो ना. तामा र राङको मेलबाट बन्ने एक उपधातु, कसकसकुट, कांस्य।
14999 काँसो ना. घाँटी खसखसाउने गरी लागेको खोकी।
15000 कांस्य ना. १ तामा र राङको मिश्रणबाट बन्ने, सेतो चहक हुने र ठक्कर लाग्दा पट्ट फुट्ने स्वभावको धातु, काँसो, चरेस।