Dictionary

All Word

14851 कहर ना. कहर काट्नु टु. दुःख खेप्नु।
14852 कहर ना. (उदा.- यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्यो)।
14853 कहराउनु अ.क्रि. कुनै कुराले च्याँठिनु, फर्किनु।
14854 कहलाइ ना. कहलाउने भाव क्रिया वा प्रक्रिया।
14855 कहलाइनु अ.क्रि. प्रसिद्ध होइनु, राम्रो वा नराम्रो नाम चलेको होइनु।
14856 कहलाउनु अ.क्रि. नाउँ चल्नु नामी हुनु प्रसिद्ध हुनु, कहलिनु।
14857 कहलिनु अ.क्रि. प्रसिद्ध हुनु, नाउँ चल्नु।
14858 कहल्याइ ना. कहलिने भाव, क्रिया वा प्रक्रिया।
14859 कहल्याइनु क.क्रि. साबित गराइनु, कायल पारिनु।
14860 कहल्याउनु स. क्रि. १. कायल पार्नु, साबित पार्नु।
14861 कहल्याउनु स. क्रि. २. हप्काउनु, तर्साउनु।
14862 कहाँ क्रि.वि. १. कुन ठाउँमा कता।
14863 कहाँ क्रि.वि. अव्य. २. कहाँ हो कहाँ, समता वा तुलनामा अति भिन्नता बुझाउने शब्द।
14864 कहाँ क्रि.वि. (उदा.- कहाँ राजा भोज, कहाँ गनू तेली। - उखान।)।
14865 कहाइ ना. कहने भाव, क्रिया वा प्रक्रिया।
14866 कहाइनु क.क्रि. भनाइनु, कहन लाइनु।
14867 कहाउनु प्रे. क्रि. भनाउनु, कहन लाउनु।
14868 कहानी ना. मौखिक वा लिखित र वास्तविक वा कल्पित तथा गद्यमा लेखिएको, विशेषतः मनोरञ्जन गराउने वा शिक्षा दिने उद्देश्यले कथासूत्रमा उनको भावप्रधान वा विषयप्रधान घटना भएको रचना, कथा, किस्सा, आख्यायिका।
14869 कहार ना. परम्परागत रूपमा भारी, डोली, पानी आदि बोकेर जीविका चलाउने एक जाति।
14870 कहार ना. स्त्री. कहान; कहारिन।
14871 कहालिनु अ.क्रि. डर वा अत्यासले रिंगटा लाग्नु, कहाली लाग्नु, डराउनु, तर्सनु, आत्तिनु।
14872 कहाली ना. १. कुन्नै अग्लो ठाउँबाट तलतिर हेर्दा लाग्ने डर वा रिंगटा।
14873 कहाली ना. २. डरलाग्दो वस्तु देख्ता हुने अत्यास।
14874 कहावत ना. कुनै तथ्य वा अनुभूत सत्य भएको लोकप्रचलित कथन; लोकोक्ति; उखान।
14875 कहिनु क.क्रि. भनिनु बताइनु।
14876 कहिरन ना. थाहा दिने उद्देश्यले कहिएको वा भनिएको कुरा बयान, विवरण, हुलिया।
14877 कहिले क्रि.वि. कुन समयमा, कुन बखतमा कुन बेला।
14878 कहिलेकहीं/काहीं क्रि.वि. कुनै कुनै समयमा, बेलाबखत, आकलझुक्कल।
14879 कहिल्यै क्रि.वि. कहिले पनि।
14880 कहीं क्रि.वि. १. कुनै ठाउँमा कतै।
14881 कहीं क्रि.वि. २. कुनै बेला कुनै समयमा, कोही बखतमा।
14882 का प्रत्य. १. सम्बन्धकारक, षष्ठी विभक्ति 'को' को बहुवचन वा आदरार्थी रूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्ति चिह्न।
14883 का प्रत्य. ना. यो. २. 'सबै' वा 'थप' को अर्थ बुझाउने गरी द्विरुक्त नाम शब्दका बिचमा आउने शब्द (घरका घर, पोकाका पोका, लामका लाम इ.)।
14884 काँकरी ना. हे. काँक्री।
14885 काँकरी ना. (उदा.- काँकरीको बानैबान, कुदी आयो हनुमान, काँकरीलाई थाँकरी त फर्सीलाई छानु (उखान)।
14886 काँक्री ना. ससानो खालको काँक्रो, काँक्रोको क्षुद्रतावाचक शब्द, काँकरी।
14887 काँक्री बियाँ वि. काँक्राको बियाँजस्तो त्यस्तै आकार वा बान्की भएको (दाँत, टिकी, बुट्टा इ.)।
14888 काँक्रेविहार ना. सुर्खेत उपत्यकाको दक्षिणी भागमा पर्ने भग्नावशेष मात्र रहेको एक ऐतिहासिक स्थल।
14889 काँक्रेविहार ना. (उक्त भग्नावशेषमा ठुलठुला शिलाहरू छन् र तिनमा प्राचीन वास्तुकलाका नमुना पाइन्छन्।)।
14890 काँक्रो ना. खास गरी वर्षाकालमा लहरामा झाङ्गिएर फल्ने, हरियो वा सेतो, पातलो बोक्रा भएको र लाम्चो आकारको, सलादमा राखिने वा अचार पार्न हुने फलविशेष, ककडी।
14891 काँक्रो ना. काँक्रो चोरलाई मुड्कीको सास्ती (उखान)।
14892 काँगियो ना. १. केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड), धातु आदिद्वारा बनाइएको दाँतीदार वस्तु, कपाल कोर्न प्रयोग गरिने साधन, काँइयो, कँगयो, कँगिनी, काइँयो।
14893 काँगियो ना. २. काँगियोजस्तो देखिने हरिया चिल्ला पात हुने तथा पहेँलो फूल फुल्ने एक जातको रुख।
14894 काँगियो ना. ३. केराका कोसाहरूको पङ्क्तिदार समूह (एक घरीमा धेरै काँगियो केरा हुन्छन्। )।
14895 काँगियो ना. ४. कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव।
14896 काँग्रेस ना. हे. कङ्ग्रेस।
14897 काँच ना. बालुवा, सोडा, चुन आदि मिसाएर तयार पारिएको तथा चुरा, बोतल, ऐना आदि बनाइने चम्किलो, पारदर्शक, कडा र फुट्ने वस्तु सिसा।
14898 काँचुली ना. शरीरबाट अलग भएर फेरिने सर्पको बाहिरी पातलो छाला वा पत्र।
14899 काँचुली फेरिनु टु. खराब अवस्थाबाट राम्रो अवस्थामा पुग्नु स्थितिमा परिवर्तन आउनु।
14900 काँचो वि. वि. १. नपाकेको, प्राकृतिक अवस्थाको (काँचो धागो, काँचो माटो, काँचो इँट इ.); २. यन्त्र वा कलाद्वारा परिष्कृत नपारिएको (काँचो फलाम, काँचो पदार्थ इ.); अपरिपक्व।