Dictionary

All Word

14801 कसिडर / कसिङ्गर ना. २. फालिने वा बढारिएको फोहर वस्तु रद्दी पदार्।
14802 कसिडर / कसिङ्गर ना. 3. मन नपरेको मानिस, अप्रिय व्यक्ति (जस्तो- आँखाको कसिङ्गर)।
14803 कसिदा ना. कपडामा सियोधागोले बेलबुट्टा आदि काढ्ने काम।
14804 कसिनु क.क्रि. १. बाँधिनु टुर्रिनु।
14805 कसिनु क.क्रि. २. तम्सिनु, आँट्नु।
14806 कसिनु क.क्रि. ३. ठाँट पार्नु, कसिकसाउ हुनु।
14807 कसिलो वि . १. कसिएको, गठिलो, साहो।
14808 कसिलो वि . २. कस्ने, दुःख दिने।
14809 कसिलो वि . ३. कस लाग्ने, नराम्रो पार्ने।
14810 कसी ना. १. सुन, चाँदी आदि धातुलाई असल कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुड्गो; कसौटी।
14811 कसी ना. २. वस्तुस्तरको निर्धारण गर्ने साधन, मापदण्ड।
14812 कसी घोटाइ ना. पूरै पारख, विवेक।
14813 कसुणी ना. भात पकाउने ढलोटको भाँडो, कसौंडी।
14814 कसुर ना. १. लामा लामा पात, कोदाको बालाजस्तो खैरो फूल र रौँजस्ता जरा भएको कन्दफल फल्ने एक बोट।
14815 कसुर ना. २. त्यसैको फल, कसेरुक।
14816 कसुर, ना. १. दोष, अपराध, खाइबिराम।
14817 कसुर, ना. २. विशेषतः अज्ञात रूपमा हुने त्रुटि।
14818 कसुर, ना. 3. प्रचलित कानुनले निषेध गरेका कामकुरा गरेमा सजाय भागी बन्नुपर्ने कार्य, बा।
14819 कसुरदार वि. १. कसुर वा बिराम गर्ने, दोषी; बापती।
14820 कसुरदार वि. ना. २. भनी बिराउने वा गरी बिराउने व्यक्ति।
14821 कसुरबन्द ना. कसुर वा अपराध गर्ने वा त्यसमा साबित भएको दोषी।
14822 कसुरवार वि. कसुरदार।
14823 कसै क्रि. यो. १. कुनै तरहले पनि केही गरे पनि।
14824 कसै क्रि. यो. सर्व. २. कोही कुनै (विभक्ति लाग्ने रूपमा )।
14825 कसैलो वि. टर्रो।
14826 कसो वि. बो. १ प्रश्न, शङ्का आदि बुझाउने शब्द, क्याहो।
14827 कसो वि. बो. सर्व. २. कस्तो।
14828 कसौडी ना. मुख केही सानो भएको र पेट फुकेको, दालभात आदि पकाइने, काँसको वा कुनै धातुको भाँडो कसुणी।
14829 कसौटी ना. १. वस्तुको समुचित मूल्य वा महत्त्व किने कुनै मानक आधार।
14830 कसौटी ना. २. हे. कसी।
14831 कस्केली वि. कास्की जिल्लाको; कास्कीमा रहने (बासिन्दा); कास्की जिल्लामा भएको वा बनाइएको (वस्तु)।
14832 कस्तरी क्रि.वि. कस्तो गरी कसरी।
14833 कस्तूरी ना. १. नेपालमा प्रायः हिमप्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र हिउँ पग्लेपछि ढुङ्गाका लेउ खाने, छोटो, पुच्छर, फिना खुट्टा र नरको नाभिनेर सुगन्धी बिना भएको मृगका जातको झन्डै स्यालजत्रो प्रसिद्ध जन्तु, नेपालमा पाइने बदामी रङगको, कामरूप देश (पश्चिम आसाम) मा पाइने कालो रङगको र कश्मीरमा पाइने पिङ्गल वर्णको गरी तीन जात मानिएका र मध्य एसियाका घना जङ्गलमा पनि ठन्डा ठाउँमा पाइने सोही जन्तु।
14834 कस्तूरी ना. २. त्यसै जन्तुको नामिनेर हुने र अनेक सुगन्धित वस्तु तथा औषधि बनाउनमा प्रयोग गरिने सुगन्धी द्रव्यको गोलो थैली, बिना।
14835 कस्तूरीमल्लिका/ वल्लिका ना. बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता, लताकस्तूरी।
14836 कस्तै क्रि. यो. १. कस्तो नै जस्तोसुकै।
14837 कस्तै क्रि. यो. वि. २. कुनजस्तो।
14838 कस्तो वि. १. केजस्तो, कुन किसिमको।
14839 कस्तो वि. २. आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्द (उदा.- कस्तो नजाती काम हुन गएछ, कस्तो मूर्ख मान्छे इ.)।
14840 कस्मिरा/ कस्मेरा ना. १. विशेष किसिमको ऊनबाट बनेको कोट आदि सिइने असल कपड़ा।
14841 कस्मिरा/ कस्मेरा ना. २. कश्मीरमा बनेर नेपाल आएको त्यस्तो लुगा।
14842 कस्मिरी वि. कश्मीरको; कश्मीरसित सम्बन्धित वा कश्मीरमा बनेको।
14843 कस्मिरी मुद्रा ना. गोरखपन्थी साधुहरूले कानमा लाउने, पहिले कश्मीरमा बन्ने गरेको स्फटिकको कुण्डल।
14844 कस्मिरी केशर ना. कश्मीरको पाम्पोर नाम गरेको स्थानमा विशेष मात्रामा पैदा हुने एक जातको फूलको केशर, कास्मिरी केशर।
14845 कस्य विभ. पुरानो सेस्ता वा चिठीपत्र आदिमा प्रचलित 'स्य' प्रत्यययुक्त षष्ठी विभक्तिको रूप को (सुब्बाकस्य पत्रम् मुखियाकस्य पत्रमिदम् इत बलभद्रकस्य कोटिकोटि कुर्णेस इ.)।
14846 कस्यान ना. काँसैकाँस भएको वन वा जग्गा, काँसघारी।
14847 कहतारो ना. आरीका छाँटको दही आदि जमाइने माटाको भाँडो।
14848 कहनु स. क्रि. बताउनु भन्नु ( कुरो, समाचार, कथा आदि)।
14849 कहर ना. १. विपत्ति, आपत्, सङ्कट।
14850 कहर ना. २. दुःख, हैरानी।