Dictionary

All Word

15001 किन्नु स. क्रि. मोल तिरेर कुनै माल लिनु वा आफ्नो हकमा पार्नु; बेसाउनु; खरिद्नु।
15002 किन क्रि.वि. कुनै काम वा विषयको कारण सोद्धा प्रयोग गरिने शब्द; कुन हेतुले वा के उद्देश्यले ? के कारणले ?
15003 किन किन अव्य. थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द। (उदा.- किन किन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ।)
15004 किनखाब ना. सुनचाँदीका बत्तुले बुट्टा काढिएको झलझलाउँदो रेसमी कपडा; बहुमूल्य रेसमी कपडा।
15005 किनबेच ना. किन्ने र बेच्ने काम; खरिदबिक्री; बेचबिखन; क्रयविक्रय।
15006 किनमेल मालसामानहरू किन्ने वा खरिद गर्ने काम; बजारमा गएर मोल तिरी आफूलाई चाहिने सामान लिने काम।
15007 किनाइ किन्ने भाव, क्रिया वा प्रक्रिया; खरिद।
15008 किनाइनु क. क्रि. किन्न लाइनु; खरिद गराइनु।
15009 किनाउनु प्रे. क्रि. किन्न लाउनु; खरिद गराउनु।
15010 किनामा ना. भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखिएको खाद्य पदार्थ। (किरात समुदायमा यो खाद्य पदार्थ निकै प्रचलित छ।)
15011 किनार ना. १. कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी।
15012 किनार ना. २. नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट; तीर।
15013 किनार ना. ३. छेउछाउ; पार्श्व।
15014 किनारदार वि. किनार वा पारी भएको; किनारावाल; किनारे (धोती, सारी आदि)।
15015 किनारा ना. १. कुनै वस्तुको लमाइ वा गजतर्फको पछिल्लो छेउ; धोती वा अन्य नसिएका कपडाको लमाइको तलमाथिको फेरो; किनार।
15016 किनारा ना. २. नदी, तलाउ वा जलाशयको तीर; तट।
15017 किनारा ना. ३. आसपासको ठाउँ; छेउछाउ; पार्श्व।
15018 किनारा ना. ४. धोती, चादर, पछ्यौरा आदि कपडामा भिन्न बुनोटको वा अलग रङको लामो फेर।
15019 किनारा ना. ५. कपडाको छेउछाउमा हुने विशेष खालको बुट्टा; खिका।
15020 किनारा ना. ६. दुबिधा भएको कुनै कामकुरामा लगाइएको टुङ्गो; निधो; निर्णय; इदमित्थ। (उदा.- अदालतले मुद्दाको किनारा लगाइसक्यो।
15021 किनारादार वि. कपडाको छेउछाउमा विशेष किसिमले रँगाएको वा बुनेको बुट्टा वा किनारा भएको; बुट्टेदार फेर भएको; किनारावाल; किनारे।
15022 किनारावाल वि. किनारादार; किनारा भएको।
15023 किनारे वि. किनारा भएको; किनारावाल।
15024 किनिनु क.क्रि. किन्ने काम गरिनु; खरिद गरिनु; बेसाइनु।
15025 किनिया ना. अफ्रिकाको एक देश।
15026 किनिया नर ना. अश्मीभूत अस्थिअवशेषका रूपमा किनियामा पाइएको मानवजस्तो देखिने नरवानर; रामवानरको हालसम्म पाइएका अश्मीभूत रूपमध्ये सबैभन्दा प्राचीन रूप।
15027 किनिया मानव ना. किनिया नर।
15028 किनिया वानर ना. किनिया नर।
15029 किनुवा वि. १. किनिएको; खरिद गरिएको।
15030 किनुवा वि. २. पैसा तिरेर लिइएको।
15031 किन्तु संयो. तर; परन्तु; अपितु।
15032 किन्नर ना. १. पुराणअनुसार मानिसको जस्तो मुख र घोडाको जस्तो शरीर वा मानिसको जस्तो शरीर र घोडाको जस्तो मुख हुने, देवताहरूका पर्वोत्सवहरूमा गानबजान गर्ने एक देवयोनि; किम्पुरुष; अश्वमुख। वि.
15033 किन्नर ना. २. अति राम्रो; सुन्दर।
15034 किन्नरकिन्नरी ना. १. किन्नर जातकी स्त्री।
15035 किन्नरकिन्नरी ना. २. एक प्रकारको वीणा। वि.
15036 किन्नरकिन्नरी ना. ३. सुन्दरी; ज्यादै राम्री।
15037 किन्ने वि. खरिद गर्ने; गाहकी; क्रेता।
15038 किन्ने बेच्ने वि. किन्ने र बेच्ने; खरिदबिक्री गर्ने; गाहकी र बेपारी; क्रेता र विक्रेता।
15039 किप ना. कालीज्यामिरका जातिको एक किसिमको अमिलो फल।
15040 किपट ना. केही पूर्वका शताब्दीहरूमा धेरै इलाकामा प्रचलित भए पनि भूमिसुधार आरम्भ हुने समयमा भने पूर्वी नेपालका माझ किराँत तथा पल्लो किराँतमा मात्र प्रचलित राईलिम्बूहरूलाई लालमोहर गरेर दिइएको कहिल्यै राजीनामा हुन नसक्ने अथवा जसका नाममा सो जग्गा लेखिएको छ उसैका सन्तानदरसन्तानले भोगचलन गर्नुपर्ने जग्गा।
15041 किपटिया ना. किपट जग्गा पाउने व्यक्ति।
15042 किफायत ना. १. पुऱ्याएर वा कम गरेर खर्च गर्ने काम; फारो; मितव्ययिता।
15043 किफायत ना. २. बचत; बचाउ ।
15044 किफायत ना. ३. कम मूल्य; सस्तो दाम ।
15045 किफायती वि. १. किफायत गर्ने; कम खर्चालु; मितव्ययी।
15046 किफायती वि. २. कम मूल्यको; सस्तो।
15047 किम् क्रि.वि. १. के कारणले; किन।
15048 किम् क्रि.वि. २. कुन; के।
15049 किमा ना. मसिना टुक्रा पारी काटिएको मासु वा त्यसरी काटेर बनाइएको मासुको परिकार।
15050 किमाम ना. सुर्ती, अफिम आदिको रसमा सुगन्धित पदार्थ हाली पकाएर जमाइएको रस वा लेदो।