Dictionary

All Word

14601 कार्यविवरण ना. १. कुनै कामको क्रमबद्ध व्याख्या गरिएको विवरण वा तथ्यप्रतिवेदन।
14602 कार्यविवरण ना. २. कामको फाँटवारी; कार्यसूची।
14603 कार्यव्यवस्था ना. सरकारी वा महाजनी कामको रप्फाडप्फा; राम्रोसँग मिलेको कामको रोहो वा स्थिति।
14604 कार्यव्यापार ना. घटना; व्यापार; इन्द्रियद्वारा प्रतिपादित कामकाज।
14605 कार्यशक्ति ना. कुनै भौतिक वा मानसिक काम गर्नका निम्ति चाहिने बल वा योग्यता; काम गर्ने सामर्थ्य वा दक्षता।
14606 कार्यशाला ना. यन्त्र आदिको मर्मत, निर्माण, प्रयोग आदि गर्ने कारखाना; ज्यासल; काम गर्ने ठाउँ।
14607 कार्यशाला गोष्ठी ना. गोष्ठी, सेमिनार आदिमा सहभागीहरूलाई सम्बन्धित विषयमा अभ्यास गराई प्रशिक्षण दिने कार्य वा त्यस्तो कार्य गर्ने शिविर।
14608 कार्यसक्षम वि. काम गर्ने योग्यता वा क्षमता भएको; काम गर्न सक्ने।
14609 कार्यसक्षमता ना. कार्यसक्षम हुनाको भाव वा स्थिति।
14610 कार्यसमिति ना. कुनै विशेष कामको सञ्चालन वा सम्पादनका निम्ति बनेको समिति; कार्यकारिणी समिति।
14611 कार्यसम्पादन ना. तोकिएको काम वा उत्तरदायित्वलाई पूरा गर्ने कार्य; कामको कार्यान्वयन।
14612 कार्य सम्पादन मूल्याङ्कन ना. कार्य सम्पादनको कामको लेखाजोखा; कुनै सम्बन्धित व्यक्तिलाई सुम्पिएको काम वा जिम्मेवारीको महत्त्व देखाउने वा आँक्ने काम।
14613 कार्यसूची ना. १. कामको विवरण वा बाँडफाँडबारे लेखिएको कागज; गर्नुपर्ने कामको स्पष्ट उल्लेख भएको विवरणपत्र; कामको फिरिस्त; कार्यावली।
14614 कार्यसूची ना. २. सभा, बैठक आदिमा अनुमोदन वा पारित गर्नुपर्ने प्रस्ताव (एजेन्डा)।
14615 कार्यस्थगन ना. काम स्थगित गर्ने प्रक्रिया वा व्यवस्था।
14616 कार्यस्थगन प्रस्ताव ना. कुनै आवश्यक एवं सार्वजनिक महत्त्वका प्रश्नमा विचार गर्नका निम्ति अन्य कार्य छाडेर यसै आवश्यक विषयलाई प्राथमिकता दिन विधानसभा, प्रतिनिधिसभा, राष्ट्रिय सभा, राजसभा आदिमा राखिने प्रस्ताव।
14617 कार्यस्थल ना. काम गर्ने ठाउँ वा थलो।
14618 कार्यस्थल अनुसन्धान ना. कार्यस्थल वा सम्बन्धित क्षेत्रमा नै निष्कर्ष निकाल्नुपर्ने अनुसन्धान कार्य।
14619 कार्याधिकारी ना. निर्धारित कामको परिचालन, कार्यान्वयन, व्यवस्थापन आदि गर्ने अधिकारी वा प्रमुख व्यक्ति; खास खास कामको जिम्मा लिएको हाकिम।
14620 कार्याध्यक्ष ना. उच्चतम पदमा रहेर कुनै कामको सञ्चालन वा सम्पादन गर्ने अधिकारी।
14621 कार्यान्वयन ना. लिखित वा मौखिक रूपबाट गर्न ठहर भएको कामकारबाईलाई विधिपूर्वक व्यवहारमा ल्याउने कार्य।
14622 कार्यान्वित वि. कार्यरूपमा ल्याइएको वा व्यवहारमा प्रयोग गरिएको; काम भएको।
14623 कार्यान्विति ना. १. कार्यान्वित हुने क्रिया वा अवस्था।
14624 कार्यान्विति ना. २. नाटक, उपन्यास, काव्य, कथा आदिमा सुरुदेखि अन्तसम्म एउटै मूल कथा हुनुपर्छ भन्ने मान्यता।
14625 कार्यार्थ ना.यो. १. उल्लेख भएअनुसार काम गर्नका लागि; सम्बद्ध कार्यलाई व्यवहारमा परिणत गर्नका निम्ति (अनुरोध वा आदेश)। ना.
14626 कार्यार्थ ना.यो. २. त्यस्तै काममा चिठीपत्रको देहायमा लेखिने शब्द; बोधार्थ र कार्यार्थमध्ये एक।
14627 कार्यार्थी वि. आफ्नो काम पूरा गर्न प्रयास गर्ने; कार्यसिद्धिको चाहना गर्ने।
14628 कार्यालय ना. १. कुनै विशेष काम वा व्यवसाय गर्ने घर; कारखानाघर।
14629 कार्यालय ना. २. प्रशासनसम्बन्धी कामकुरा गर्ने निश्चित ठाउँ; अड्डा।
14630 कार्यालय प्रति ना. चिठीपत्र, सूचना आदि अन्यत्र पठाउँदा कार्यालयमा रहने प्रति; प्रतिलिपि; नकल।
14631 कार्यालय सचिव ना. कार्यालयसँग सम्बन्धित पत्राचारको काम सँभाल्ने, विभिन्न विषयको अभिलेख वा रेकर्ड राख्ने आदि कार्यसम्पादन गर्ने व्यक्ति; कुनै संस्था, कम्पनी, क्लब आदिको कार्यालयलाई सञ्चालन गर्न खटाइएको वैतनिक वा अवैतनिक व्यक्ति।
14632 कार्यालयीय वि. कार्यालयसँग सम्बन्धित; कार्यालयको।
14633 कार्यावली ना. हे. कार्यसूची।
14634 कार्यावस्था ना. नाटकसाहित्यमा पञ्चसन्धि अर्थात् कथावस्तुमा अपेक्षित कार्यका पाँच अवस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम)।
14635 कार्षापण ना. १. असी रत्ती हुने अति पुरानो तामाको मुद्रा; भिन्न भिन्न मूल्यका मुद्रा।
14636 कार्षापण ना. २. सोह्र पण बराबरको लिच्छविकालीन तामाको सिक्का।
14637 काल ना. १. वर्ष, महिना, बार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा क्रियाका बिचको समय; बेला; बखत; अवधि; टाइम; मौसम।
14638 काल ना. २. कुनै कार्य गर्नका निमित्त उपयुक्त घडी वा अवसर।
14639 काल ना. ३. समयको कुनै निश्चित अवधि वा सूचक मान (उदयकाल, प्रातःकाल, सायङ्काल इ.)।
14640 काल ना. ४. मृत्युका देवता; यम।
14641 काल ना. ५. मृत्यु; मरण; नियति।
14642 काल ना. ६. शनिग्रह।
14643 काल ना. ७. खण्ड; अनुभाग।
14644 काल ना. ८. शिव।
14645 काल ना. ९. व्याकरणमा कार्य वा अवस्थाका समयलाई बोध गराउने क्रियाको रूप वा रूपावली (भूत, वर्तमान र भविष्यत्)। १०. सङ्गीत तथा छन्दशास्त्रमा कालको नपाइ। वि.
14646 काल ना. ११. कालो रङको; कृष्ण वर्णको।
14647 कालकटनी ना. समय बिताउने काम; दुःखजिलोसाथ गरिने जीवन निर्वाह।
14648 कालकण्ठ ना. १. मुजुर।
14649 कालकण्ठ ना. २. नीलकण्ठे चरा।
14650 कालकण्ठ ना. ३. शिवजीको उपाधि; महादेव।