Dictionary

All Word

14301 कर्मचारी प्रशासन ना. आफ्ना मातहतका कर्मचारीहरूको सरुवाबढुवा र निवृत्ति आदिका व्यवस्थाको रेखदेखका साथै त्यस्तो काम गर्ने प्रणाली।
14302 कर्मचारी प्रशासन शाखा ना. कर्मचारीको नियुक्ति वा कार्यसम्बन्धी व्यवस्था, विवरण आदि राख्ने, हेर्ने सरकारी वा गैरसरकारी निकाय।
14303 कर्मचारी वृन्द ना. कर्मचारीहरूको समूह।
14304 कर्मठ वि. १. कुनै पनि काम दत्तचित्त भएर गर्ने, सधैंभरि ज्यान दिएर काममा लागिरहने, सक्रिय।
14305 कर्मठ वि. २. खट्न, काम गर्नमा सिपालु वा पोख्त, कार्यकुशल।
14306 कर्मणा क्रि.वि. कामअनुसार, कामले।
14307 कर्मणा क्रि.वि. (उदा.- मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो। )।
14308 कर्मण्य वि. राम्रो र असल काममा दिलोज्यान दिएर खट्ने, कर्मनिष्ठ।
14309 कर्मण्यता कर्मण्य हुनुको भाव, कार्यतत्परता।
14310 कर्मधारय ना. विशेषण र विशेष्यको समास भई प्रायः उत्तरपदको अर्थ प्रधान हुने एक समास ( भलादमी, लालमोहर आदि।)।
14311 कर्मनिष्ठ वि. १. कुनै पनि काममा आत्मविश्वासका साथ लगनशील भई लाग्ने वा खट्ने कर्मठ।
14312 कर्मनिष्ठ वि. २. नियमबमोजिम धार्मिक अनुष्ठान गर्ने, कर्मकाण्डी।
14313 कर्मपात्र ना. पूजाआजा, यज्ञ, होम आदि धार्मिक कार्यमा सङ्कल्प, विनियोग आदिका लागि मन्त्रपूर्वक कुश, जौ, तिल, अक्षता, जल, फूल आदि मिलाएर राखिएको भाँडो (तमौरा, अर्घ दुना कचौरा आदि।); तिलानी।
14314 कर्मप्रधान वि. व्याकरणअनुसार क्रियाद्वारा कर्मवत् भई क्रियाको लिङ्ग, वचन पनि कर्मकै अनुसार रहने ( प्रक्रिया, वाक्य इ.)।
14315 कर्मफल ना. सनातन धर्म वा धारणाअनुसार पूर्वजन्ममा गरिएको मानिने कर्महरूको फल वा जन्मजन्मान्तरको संस्कारबाट वर्तमान जुनीसम्म आएको शुभ वा अशुभ भोगभाग्य वा प्रारब्धको परिणाम।
14316 कर्मभूमि ना. धार्मिक मान्यताअनुसार यज्ञ, तप, अनुष्ठान आदि धार्मिक कर्म गर्नाका निम्तिको उचित भूमि; आर्यावर्।
14317 कर्मभूमि ना. ( पुराणहरूले भारतवर्षलाई कर्मभूमि भनेका छन् )।
14318 कर्मभूमि ना. २. काम गर्ने स्थान; कर्मक्षेत्र।
14319 कर्मभूमि ना. ३. संसार।
14320 कर्मभोग ना. जन्मजन्मान्तरको शुभाशुभ कर्मको भोग कर्मफलअनुसार पाइने सुखदुःख।
14321 कर्ममार्ग ना. १. वैदिक कर्मकाण्डका माध्यमबाट ईश्वरका सान्निध्यसम्म पुग्ने बाटो, यज्ञ, पूजा आदि धार्मिक अनुष्ठान।
14322 कर्ममार्ग ना. (ज्ञानमार्गभन्दा कर्ममार्गबाट सजिलै ईश्वरछेउ पुग्न सकिन्छ भनिन्छ।) २. भौतिक शरीरलाई धर्मको साधन सम्झेर रातदिन धार्मिक अनुष्ठान गरी परलोक सुधार्ने पद्धति कर्मयोग।
14323 कर्मयोग ना. १. चित्तशुद्धि गर्ने शास्त्रविहित कर्म।
14324 कर्मयोग ना. २. सफलता र विफलताको वास्ता नराखी समान भावले गरिने शुभ कार्य कुलपरम्परा र शास्त्रीय विधिविधानअनुसार कर्तव्य सम्झी गरिने आचरण।
14325 कर्मयोग ना. (गीतामा ज्ञानयोग, कर्मयोग र भक्तियोगको राम्रो वर्णन छ।)।
14326 कर्मयोगी वि. १. कर्मयोगमा विश्वास राख्ने, परिणामनिरपेक्ष भएर कर्तव्यमा सरिक हुने।
14327 कर्मयोगी वि. २. निष्ठापूर्वक काममा लाग्ने।
14328 कर्मरेखा ना. पूर्वजन्मको शुभअशुभ कर्मअनुसार बनेको वा भाग्यसूचक मानिने शरीरका अङ्ग (हात, पैताला आदि) मा कोरिएका रेखा वा धर्का; हस्तरेखा।
14329 कर्मवाच्य ना. १. व्याकरणअनुसार तीन वाच्य कर्तृ, कर्म र भावमध्ये एक वाक्यको बनोटमा क्रियाद्वारा प्रत्यक्षतः कर्म सम्बन्धित हुने पदयोजना।
14330 कर्मवाच्य ना. २. कर्म मुख्य भई कर्मअनुसार क्रियापद हने समासविशेष।
14331 कर्मवाद ना. दर्शनशास्त्रअनुसार शुभ वा अशुभ कर्मको फल अवश्य भोग्नुपर्छ भन्ने सिद्धान्त, कर्ममा विश्वास गर्ने वाद।
14332 कर्मवादी कर्मवादमा विश्वास राख्ने, कर्मवादको अनुयायी।
14333 कर्मविपाक ना. १. पूर्वजन्ममा गरिएका शुभ र अशुभ कर्मअनुसार भएको मानिने असल वा खराब फल।
14334 कर्मविपाक ना. २. जन्म जन्मान्तरका संस्कारको भोगाइ।
14335 कर्मवीर वि. १. साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने।
14336 कर्मवीर वि. २. कुनै विघ्नवाधाको परवाह नगरी कर्तव्यपालनमा अटल रहने।
14337 कर्मवीर वि. ३. परोपकारको भावनाले निःस्वार्थ काम गर्ने।
14338 कर्महीन वि. १. लोकव्यवहार र परम्पराअनुसार गर्नुपर्ने नित्यनैमित्तिक कर्मबाट च्युत भएको।
14339 कर्महीन वि. २. काम नगर्ने, अकर्मण्य।
14340 कर्महीन वि. ३. भाग्य नभएको, अभागी।
14341 कर्महीनता ना. कर्तव्य तथा कर्मबाट पछि हट्ने बानी।
14342 कर्मा ना. १. बाटुलो आकारको पात र पहेँलो काठ हुने एक वृक्ष, करम।
14343 कर्मा ना. २. कर्माचार्यको छोटो रूप।
14344 कर्माश्रित कामकला ना. कामशास्त्रमा उल्लिखित चारप्रकारका कामकलामध्ये नृत्य, सङ्गीत, वाद्य आदिमा आश्रित कामकला।
14345 कर्मिष्ठ वि. हिन्दूशास्त्रका अनुसार कर्मकाण्डी, वैदिक- तान्त्रिक अनुष्ठानमा लागिपर्ने।
14346 कर्मिष्ठ वि. २. काममा लगन भएको, कर्मठ।
14347 कर्मिष्ठ वि. कर्मी - वि. [सं.] १. काठ, इँट, ढुङ्गा आदि वस्तुद्वारा कुनै चिजको निर्माण गर्ने।
14348 कर्मिष्ठ वि. २. दत्तचित्त भएर काममा खट्ने कर्मठ।
14349 कर्मिष्ठ वि. ना. ३. काठ, ढुङ्गा, वज्र आदिको काम गर्ने व्यक्ति, कालिगड।
14350 कर्मु ना. गुरुङजातिमा महिलाले फिला छोप्ने गरी लर्काएर कम्मरमा बाँध्ने कपडा, ताम्लो।