Dictionary

All Word

14351 कामकुरो ना. १. गर्नुपर्ने वा टुङ्गो लाउनुपर्ने कुनै कामधन्दा आदि; काम र कुरो।
14352 कामकुरो ना. २. केटा र केटीको विवाह हुने कुरो पक्कापक्की गर्ने वा छिन्ने काम (कामकुरो छिन्नु)।
14353 कामचलाउ वि. १. अस्थायी कालका निम्ति जसोतसो कामसम्म चलाउने वा चल्ने; तत्कालीन आवश्यकता र प्रयोजनका निम्ति मात्रको।
14354 कामचलाउ वि. २. पूरापूर काम दिन नसक्ने।
14355 कामचोर वि. १. गर्नुपर्ने काम नगरी छली छली हिँड्ने वा ठग्ने।
14356 कामचोर वि. २. काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको।
14357 कामजरो ना. एनोफिलिस जातको लामखुट्टेले टोकेर मानिसको शरीरमा प्रोटोजुवा सारिदिएपछि लाग्ने एक प्रत्यावर्ती सङ्क्रामक रोग; कम्प छुट्ने ज्वर; औलो जरो; औलिया ज्वर; मलेरिया।
14358 काम ३ ना. १. विषयभोग वा सुखसुविधाको इच्छा वा चाहना; इच्छा; कामना; वासना।
14359 काम ३ ना. २. स्त्रीपुरुषका बिच सहवासको तीव्र उत्कण्ठा; मैथुनको इच्छा; यौनेच्छा।
14360 काम ३ ना. ३. कामदेव; अनङ्ग।
14361 काम ३ ना. ४. चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मध्ये तेस्रो।
14362 कामकला ना. रतिक्रियासम्बन्धी कला; यौनसहवाससम्बन्धी कौशल; कोकशास्त्रीय कला।
14363 कामकेलि ना. कामक्रीडा; रतिक्रीडा; यौनक्रिया।
14364 कामजित् वि. १. कामवासनाको उत्तेजनालाई नियन्त्रण गर्न सक्ने; जितेन्द्रिय। ना.
14365 कामजित् वि. २. शिव; महादेव।
14366 कामजित् वि. ३. बुद्ध।
14367 कामज्वर ना. अतृप्त र अपूर्ण यौनेच्छाका कारणले उत्पन्न हुने मानसिक अवस्था; अतृप्त कामवासनाबाट उत्पन्न हुने मनोविकृति।
14368 कामत: क्रि.वि. १. कुनै इच्छा वा चाहना लिएर; कामनापूर्वक।
14369 कामत: क्रि.वि. २. कामुकतावश।
14370 कामत ना. मूल निवासस्थलदेखि टाढा रहेको खेतीपातीका निम्ति बनाइएको घर; कृषिगृह।
14371 कामद वि. इच्छा सफल पार्ने; अभिलाषा पूरा गर्ने; मनोरथ पूर्ण पार्ने।
14372 कामदार ना. १. काम गर्ने व्यक्ति; कर्मचारी।
14373 कामदार ना. २. पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाइदिने व्यक्ति; खेताला; कुल्ली; श्रमिक। वि.
14374 कामदार ना. ३. पारिश्रमिक नलिईकन सघाउपघाउमा लाग्ने व्यक्ति; सहयोगी।
14375 कामदारी वि. १. काम गर्ने; कामदार; ज्यालादारी। ना.
14376 कामदारी वि. २. कामदारद्वारा काम गर्ने, गराउने प्रथा।
14377 कामदारी वि. ३. कामदारको दायित्व वा पद।
14378 कामदी ना. हास्यमूलक वा हर्षप्रधान रहनाका साथै संयोगमा गई टुङ्गिने एक प्रकारको नाटक; संयोगान्त नाटक; सुखान्त। विप. त्रासदी।
14379 कामदेव ना. कामवृत्ति वा प्रेम र रतिरागका अधिष्ठाता मानिएका पौराणिक देवता; स्त्रीपुरुषका बिच यौनेच्छा जगाइदिने देवता; अनङ्ग; मदन; काम।
14380 कामधन्दा/कामधन्धा ना. १. संलग्न भएर गर्नुपर्ने वा गरिने कुनै काम; कामकाज।
14381 कामधन्दा/कामधन्धा ना. २. इलम; रोजगार।
14382 कामधेनु ना. १. समुद्रमन्थनबाट पैदा भएकी, सम्पूर्ण इच्छा पूरा गरिदिने भनी प्रसिद्ध एक गाई; सुरधेनु; सुरभि।
14383 कामधेनु ना. २. गोरखा जिल्लाको 'गाइखुर' भन्ने ठाउँमा अवस्थित एक देवस्थल।
14384 काम न काज क्रि.वि. विनाप्रयोजन; सित्तैँ; व्यर्थ; अनाहक।
14385 कामना ना. अभीष्ट वा हार्दिक इच्छा; अभिलाषा; मनोरथ।
14386 कामबाण ना. कामदेवका पाँच बाण- मोहन, उन्मादन, सन्तपन, शोषण र निश्चेष्टीकरण; कामायुध।
14387 काममोहित वि. कामवासनाको मोहमा परेको; कामासक्त; कामातुर।
14388 कामयाब वि. १. सफलता प्राप्त भएको; सफल।
14389 कामयाब वि. २. इच्छा वा मनोरथ पूर्ण भएको।
14390 कामयाबी ना. इच्छा; मनोरथ आदिको पूर्णता; उद्देश्यको सिद्धि; सफलता।
14391 कामर ना. १. प्रसिद्ध तीर्थस्थलका शिवलिङ्गमा गङ्गा वा कुनै पवित्र नदीको जल चढाउन जाने कामार्थले बाँसका भाटालाई सिँगारपटार गरेर बनाइएको डन्डीका टुप्पामा झुन्ड्याएर काँधमा बोकी लगिने जलपात्रको हलुका भारी।
14392 कामर ना. २. कामार्थुले जलपात्र र पूजासामग्रीका साथै आफूले उपयोग गर्ने लत्ताकपडा, भाँडावर्तन र खाद्यवस्तुसमेत बाँसका चोयाबाट बनेका पात्रमा हाली तिनलाई रातोरङ्को कपडाको आवरणले नै ढाकेर मेहनाको रूप दिइएको बाँसका नोलका दुईतिरका टुप्पामा अड्काएर काँधमा बोकी लैजाने गऱ्हुँगो भारी।
14393 कामरूप वि. १. सुन्दर; मनोहर।
14394 कामरूप वि. २. इच्छाअनुसार जुनसुकै रूप पनि फेर्न सक्ने। ना.
14395 कामरूप वि. ३. कामाक्षादेवीको मन्दिर भएको भारतको आसाम प्रदेशको एक क्षेत्र।
14396 कामला ना. पित्तको प्रकोपले गर्दा आँखा, छाला र पिसाबसमेत असाधारण रूपले पहेँलो हुने एक सरुवा रोग; कमलपित्त।
14397 कामवती वि. १. यौनतृप्ति वा विषयभोगको चाहना गर्ने (स्त्री)।
14398 कामवती वि. २. रूपवती; सुन्दरी।
14399 कामवन ना. शिवजीले तेस्रो नेत्र खोली कामदेवलाई भस्म गरेको वनप्रदेश।
14400 कामशास्त्र ना. स्त्रीपुरुषको प्रेम वा यौनविषयक व्यवहार तथा कलाको वर्णन गरिएको विज्ञान; यौनविज्ञान; रतिशास्त्र; कामविद्या।