Dictionary

All Word

14201 काना २ ना. २. कानो।
14202 कानाकौडी ना. १. फुटेको वा खोटो कौडी।
14203 कानाकौडी ना. २. ज्यादै थोरै वा नगण्य धनसम्पत्ति; थोरै धन। (तुल. पैसा न कौडी बजार बजार दौडी।)
14204 कानीन ना. १. अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो; कन्यापुत्र।
14205 कानीन ना. २. व्यास।
14206 कानीन ना. ३. कर्ण।
14207 कानु वि. १. एउटा आँखाले मात्र देख्ने; एकआँखे; कानो।
14208 कानु वि. २. ना. मधेशतिर बस्ने एक जाति।
14209 कानुन ना. जनताद्वारा निर्वाचित राष्ट्रिय प्रतिनिधिहरू भएको व्यवस्थापिकासभाले राष्ट्रलाई व्यवस्थित रूप दिन बनाएको नियमले ऐनको रूप लिएको समूह; राज्यमा सुचारु रूपले न्यायिक व्यवस्था कायम राख्न बनाइएका नियमावलीहरूको समष्टि रूप; ऐन, सवाल, नियम, आदेश आदि।
14210 कानुन किताब ना. ऐनकानुनको पुस्तक; विधिशास्त्र।
14211 कानुनतः क्रि.वि. कानुनअनुसार; कानुनले तोके वा निर्दिष्ट गरेअनुसार।
14212 कानुनबद्ध वि. ऐनकानुनद्वारा बाँधिएको; कानुनको परिधिभित्रको।
14213 कानुन बर्खिलाप वि. ऐनकानुनको विरुद्ध वा विपरीत; कानुनले निषेध गरेको (कामकारबाई, आचरण आदि)।
14214 कानुन विषयक समिति ना. कानुनसम्बन्धी सरसल्लाह, निर्देशन आदि दिने, छलफल गर्ने, समस्या सुल्झाउने एक अङ्ग।
14215 कानुन व्यवसाय ना. कानुनसम्बन्धी पेसा वा तद्विषयक लेखपढ, बहस आदिको काम; वकालत।
14216 कानुन व्यवसायी वि. १. कानुनसम्बन्धी पेसामा लागेको वा कानुनसँग सम्बद्ध काममै संलग्न। ना.
14217 कानुन व्यवसायी वि. २. त्यस्तो व्यक्ति।
14218 कानुनसम्बन्धी वि. ऐनकानुनसँग सम्बन्ध भएको।
14219 कानुनी वि. १. कानुनसम्बन्धी; कानुनको; कानुनमा बाँधिएको; कानुनभित्रको। ना.
14220 कानुनी वि. २. कानुनको ज्ञाता; कानुन छाँट्ने व्यक्ति।
14221 कानुनी लिखत ना. १. कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार।
14222 कानुनी लिखत ना. २. कुनै कामकारबाईका सम्बन्धमा अड्डा- अदालतबाट गरिने ऐनसवाल, रुलनियमअनुसारका आवश्यक लिखित प्रमाण वा कागजात।
14223 कानुनी कारबाई ना. कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई। कुनै उजुरी वा कामकर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय।
14224 कानुनी दाबी ना. कानुनका आधारमा गरिने वा गर्न पाउने दाबी वा अधिकार; कानुनप्रदत्त दाबी।
14225 कानुनी ब्याज ना. रिन वा सापट लिँदा वा दिँदा कानुनले तोकेबमोजिम लिइने वा लिनुपर्ने ब्याज।
14226 कानुनी मान्यता ना. कानुनले गर्न हुने भनिएको वा कानुनबाट कुनै बाधा, अड्काउ नभएको; कानुनद्वारा मान्य।
14227 कानुनी विवाह ना. अड्डाबाट कानुनी रूपमा पतिपत्नी भएको विवरण दर्ता गरी विवाह गरिने प्रथा वा त्यस प्रकारले गरिएको विवाह।
14228 कानुनी स्तर ना. कानुनद्वारा निर्धारित वा मान्य स्तर; कानुनी दृष्टिबाट निर्धारित हुन गएको कुनै पद, प्रतिष्ठा आदिको तह वा मान्यता।
14229 कानू वि. हे. कानो।
14230 कानून ना. हे. कानुन।
14231 काने ना. १. लाम्चा ससाना पात हुने र चिप्लो झोल निस्कने एक प्रकारको भुईंझार। वि.
14232 काने ना. २. कानका आकारको भएको (काने कसौँडी)।
14233 काने ना. ३. कानसमेत ढाकिने वा छोपिने (काने टोपी)।
14234 काने ना. ४. ठुला कान भएको (वस्तु, मानिस इ.)।
14235 काने कसौँडी ना. दुवैतिर कडा भएको ससानो कसौँडी।
14236 कानेकाने पिच्च ना. आँखामा पट्टी बाँधिएको डुमले अरू खेलाडीहरूलाई छुने र छोइएको खेलाडी नै डुम बन्ने, बालकहरूको मनोरञ्जक खेल।
14237 कानेकोर्सि क्रि.वि. चार रातपछि आउने दिन; निकोर्सिको भोलिपल्ट।
14238 कानेखुसी ना. १. स्वरयन्त्रमा कुनै कम्पन नल्याई सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो; अरूले नसुनून् भन्ने उद्देश्यले ज्यादै मसिनो स्वरमा खुसुक्क बोल्ने काम; साउती; खासखुस; कानाखुसी; कानफुकाइ।
14239 कानेखुसी ना. २. भित्री प्रचारकार्य। (उदा.- चुनावमा मतदातालाई कानेखुसी नगरे जित्न नै सकिँदैन। )।
14240 कानेगुजी ना. कानको दुलोभित्र हुने पहेँल्छ्‌या कालो र मैनजस्तो फोहर पदार्थ; कानको मयल; कर्णमल।
14241 कानेच्याउ ना. रुखका ठुटामा उम्रने कानजस्तो आकारको एक प्रकारको च्याउ।
14242 कानेटोपी ना. दुवै कान ढाक्ने, चिउँडामुनि तुना बाँध्न हुने बालकहरूको टोपी।
14243 कानेपर्सि क्रि.वि. हे. कानेकोर्सि।
14244 कानेसिन्को ना. पानीले छोडेको बगरमा उम्रने, पहेँलो फूल र हाँसका पाइलाको आकारका पात हुने एक प्रकारको घाँस।
14245 कानो वि. एउटा आँखो नदेख्ने; एकआँखे; कानू।
14246 कान्छा वि. १. कम उमेरको वा पछि जन्मेको। ना.
14247 कान्छा वि. २. त्यस्तो व्यक्ति।
14248 कान्छा वि. ३. कम उमेरको व्यक्तिलाई बोलाउने शब्द। (उदा.- ए कान्छा ! तिमी यता आऊ न।)
14249 कान्छाबा ना. कान्छो बाबु; काका।
14250 कान्छा बाबू ना. आफूभन्दा सानो र कान्छो उमेरका पुरुषलाई भन्ने स्नेहको बोली।