Dictionary

All Word

14201 कर्ण ना. ३. पटला वा नाउको गतिलाई हावाद्वारा नियन्त्रित गराउने साधन, पतवार।
14202 कर्ण ना. ४. अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतप्रसिद्ध सूर्यपुत्र।
14203 कर्ण ना. वि. ५. महादानी; अति उदार।
14204 कर्णकटु वि. कानले सुन्न पनि अप्ठेरोलाग्दो सुन्दा अप्रिय लाग्ने, श्रुतिकटु।
14205 कर्णगोचर वि. थाहा पाइएको, कानले सुनिएको जानकारी भएको।
14206 कर्णधार ना. १. नाउ वा डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; बोटे, माझी, मल्लाह।
14207 कर्णधार ना. २. कुनै संस्था वा कार्यालयको मुख्य अधिकारी, प्रमुख शासक।
14208 कर्णधार ना. वि. ३. पार लाउने (व्यक्ति); सिपालु पोख्।
14209 कर्णपरम्परा ना. १. एक कानबाट अर्को कान र त्यसबाट पनि अर्को कान हुँदै फैलिएर आएको कुरा मान्छे मान्छे वा पुस्ता पुस्ताबाट सुनिँदै आएको खबर, श्रुतिपरम्परा, हल्ला।
14210 कर्णपरम्परा ना. २. गोप्य राख्न खोजिएको तर कानेखुसी हुँदै झन् फैलिएको कुरोकन्थो।
14211 कर्णपरीक्षण ना. यन्त्रद्वारा गरिने, कानभित्र भएको रोगसम्बन्धी जाँच पडताल; श्रवणशक्तिको मापन।
14212 कर्णपिशाची ना. तन्त्रशास्त्रका अनुसार अदृश्य रूपमा साधकसामु आई कानमा खुसुक्क परोक्ष ज्ञान दिने भनिएको एक देवयोनि।
14213 कर्णपीडा ना. कान दुख्ने रोग; कानको दुखाइ।
14214 कर्णफूल ना. आइमाईले कानको कोपिलामा लगाउने ल्वाङ जस्तै आकारको प्रायः सुनबाट बनेको गहना, कानमा पहिरिने फुली।
14215 कर्णफूल ना. कर्णभूषण- ना. प्रायः नारी जातिले शृङ्गारका लागि कानमा लगाउने गहना (ढुङ्ग्री, टप, मुन्द्री आदि)।
14216 कर्णवेध ना. गर्भाधानदेखि लिएर विवाहपर्यन्त गरिने षोडश संस्कारमध्ये कान छेड्ने वैदिक वा तान्त्रिक कर्म।
14217 कर्णशूल ना. १. कान दुख्ने रोग, कानको शूल, कर्णपीडा।
14218 कर्णशूल ना. २. कानको जरामा आउने एक किसिमको खटिरा, काने खटिरो।
14219 कर्णाली ना. १. पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी, कर्नाली।
14220 कर्णाली ना. २. सोही नदीका नाममा नामकरण गरिएको अञ्चल कर्णाली अञ्चल।
14221 कर्णिका ना. १. कमलको बिचमा रहने ग्रन्थि वा गाँठो, कमलगट्टा।
14222 कर्णिका ना. २. कर्णफूल।
14223 कर्णिका ना. ३. माझी औंलो।
14224 कर्णिकार ना. ल्वाङका आकारको बास्नादार फूल फुल्ने सानो रुख, कनकचम्पा, काँढे चाँप।
14225 कर्णेजप वि. १. खोजी खोजी अर्काको चुक्ली लाएर हिँड्ने, मन्त्र जपे जस्तै अरूले नसुन्ने गरी कसैको नराम्रो कुरा अर्काको कानमा सुटुक्क भन्ने छुल्याहा।
14226 कर्णेजप वि. ना. २. चुक्ली लगाई हिँड्ने व्यक्ति।
14227 कर्णेल ना. मेजरभन्दा माथिल्लो तहको पल्टनिया एक दर्जा; प्रमुख महासेनानी।
14228 कर्तन ना. छुरी, चुलेंसी आदिले काट्ने वा खोल्स्याउने काम, तह मिलाएर केश, नीलकाँडा आदि छाँट्ने काम।
14229 कर्तनी ना. चोर औँलो र बुढी औँलो प्वालभित्र पसालेर अँठ्याउँदा धातु आदिका दुई फग्ल्याँटाको धार जोडिई कपडा, केश काट्न वा छाँट्न मिल्ने, बिचमा सानो चुकुल भएको हतियार, कैंची, कर्तनु।
14230 कर्तनी ना. २. चक्कु, छुरा।
14231 कर्तरी ना. हे. कर्तनी।
14232 कर्तव्य ना. १. कुलपरम्परा, नीतिनियम तथा सामाजिक आवश्यकतानुसार गर्नुपर्ने वा अँगालिने काम गर्न लायक राम्रो आचरण वा क्रियाकलाप।
14233 कर्तव्य ना. २. नैतिकताविरुद्ध हुने काम नजाती आचरण, टुना, मोहनी, विषप्रयोग र प्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहस, कालो कर्तु।
14234 कर्तव्य ना. (उदा.- काकालाई कर्तव्य गरी मारेको अभियोगमा समरबहादुर पक्राउमा परेको छ।)।
14235 कर्तव्यपरायण वि. कर्तव्यअनुकूल आचरण गर्ने; कर्तव्यनिष्ठ, धर्मपरायण।
14236 कर्तव्यपालन ना. कर्तव्यअनुसारको व्यवहार गर्न लायक आचरण वा उचित व्यवहारको पालना।
14237 कर्तव्यले मरेको वि. आफ्नै कालगतिले मरेको नभई अरूकै बदमासी, प्रहार वा विषप्रयोग आदिबाट मरेको, कुनियतबाट ज्यान गएको।
14238 कर्तव्यले मरेको वि. कर्तव्याकर्तव्य - ना. सामाजिक-धार्मिक नीति-नियमबमोजिम गर्न हुने र गर्न नहुने काम उचित र अनुचित आचरण।
14239 कर्ता वि. १. गर्ने।
14240 कर्ता वि. २. बनाउने; रचना गर्ने।
14241 कर्ता वि. ना. ३. कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; क्रियाव्यापारको प्रमुख सञ्चालक, प्रायः प्रथमा विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक, कर्तृकारक।
14242 कर्ता वि. ४. ब्रह्मा।
14243 कर्ता वि. ५. ईश्वर।
14244 कर्ता वि. ६. मरेका जन्तुको पोलिएको छाला (प. ने.)।
14245 कर्ताधर्ता १. कुनै कामकुरामा बढी खट्ने वा प्रमुख रूपमा रहेको व्यक्ति, परिवार, संस्था, विशेष कार्य आदिको मूली व्यक्ति, सर्वेसर्वा।
14246 कर्ताधर्ता वि. २. कुनै कामकुरो गर्ने वा गर्न सक्ने अधिकार पाएको, हर्ताकर्ता।
14247 कर्तार वि. १. गर्ने; कर्ता।
14248 कर्तार वि. ना. २. ईश्वर।
14249 कर्तु वि. काम गर्ने।
14250 कर्तु वि. ना. २. कर्ता (ईश्वर, ब्रह्मा, शिव, विष्णु, भाग्य इ.)।