Dictionary

All Word

14051 काञ्चन ना. ४. कोमल तन्तु।
14052 काञ्चन ना. ५. धतुराको बोट।
14053 काञ्चन ना. ६. चाँपको फूल।
14054 काञ्चन पुरुष ना. आशौचको एघारौँ दिनमा मृतकको उद्धारका निम्ति महाब्राह्मणलाई दानस्वरूप दिइने सुवर्णपत्रमा लेखिएको पुरुषको आकृति।
14055 काञ्ची ना. १. स्वास्नीमानिसहरूको मेखला; करधनी; कन्धनी।
14056 काञ्ची ना. २. हिन्दूहरूमा पवित्र ठानिएका सात नगरीमध्ये दक्षिण भारतमा स्थित एक नगरी।
14057 काञ्जिक ना. दुध वा दहीको पानी फटाई त्यसमा नुन, मसला हाली साँधेको पेय पदार्थ; माडको अचार; काँजी।
14058 काट्नु स. क्रि. १. कुनै वस्तुलाई हतियारले हान्नु।
14059 काट्नु स. क्रि. २. टुक्रा पार्नु; छिन्ने गराउनु।
14060 काट्नु स. क्रि. ३. अक्षर केर्नु वा मेट्नु।
14061 काट्नु स. क्रि. ४. रेल, मोटर आदिको टिकट किन्नु।
14062 काट्नु स. क्रि. ५. बिल, चेक, पुर्जी आदि लेखी जारी गर्नु।
14063 काट्नु स. क्रि. ६. समय बिताउनु।
14064 काट्नु स. क्रि. ७. उल्लङ्घन गर्नु; नाघ्नु।
14065 काट्नु स. क्रि. ८. अर्काले बोलेको कुरा नटुङ्गिदै बिचैमा बोल्नु।
14066 काट्नु स. क्रि. ९. हिसाब आदि कट्टी गर्नु। १०. कुनै आज्ञा, आदेश, तर्क आदिलाई रद्दी पार्नु वा तिनको खण्डन गर्नु।
14067 काट ना. काट्ने काम; कटाइ (काटछाँट, मारकाट इ.)।
14068 काटकुट ना. १. कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम।
14069 काटकुट ना. २. भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य।
14070 काटछाँट ना. काट्ने र छाँट्ने काम; काटकुट।
14071 काटमार ना. १. काटोछिनु; लडाईं।
14072 काटमार ना. २. देवस्थल आदिमा बलि वा भोग दिने कार्य; काट्ने र मार्ने काम; हिंसा।
14073 काटा ना. काट्ने साधन वा भाँडो; हतियार (बालबोलीमा )।
14074 काटाकाट ना. १. बाझाबाझ; काटोछिनु।
14075 काटाकाट ना. २. एकले अर्काको हानि पुऱ्याउने काम।
14076 काटाकाट ना. ३. परस्परमा खुकुरी आदि हतियार प्रयोग गर्ने काम।
14077 काटाकाट ना. ४. वैरभाव; शत्रुता।
14078 काटाकाट ना. ५. एकले अर्काको भनाइ, सिद्धान्त आदिको खण्डन वा विरोध गर्ने काम।
14079 काटिनु क.क्रि. काट्ने काम गरिनु; टुक्र्याइनु।
14080 काटीकुटी ना. १. दुई मानिसका बिचमा वा कुनै दुई थरी विषय वा कुराका बारेमा परस्पर रूप, ढाँचा, बोलाइ, आचरण आदि गुणको तुलना गर्दा प्रयोग गरिने शब्द।
14081 काटीकुटी ना. २. दुरुस्त; उस्तै। (उदा.- राम काटकुटी उसको बाबु जस्तै छ। )
14082 काटे क्रि.वि. काट्ता पनि; पटक्क; ठ्याम्म।
14083 काटे नमिल्ने वि. पटक्क नमिल्ने; ठ्याम्म नहुने।
14084 काटोछिनु ना. ठुलो शत्रुता; काटाकाट; मारामार।
14085 काट्टे वि. १. एघारौँका दिनमा मृतकका नाउँमा दिइएको अन्न हसुर्ने; काट्टो खाने। ना.
14086 काट्टे वि. २. त्यस्तो काट्टो खाने खालको बाहुनलाई अपहेलनापूर्वक भनिने शब्द।
14087 काट्टो ना. १. मरेका एघारौँ दिनमा मृतकका उद्देश्यले खुवाइने भोजन तथा दान गरिने वस्तु।
14088 काट्टो ना. २. बिरालाको बिस्टा।
14089 काट्टो ना. ३. बलैले खानुपर्ने तुच्छ खानेकुरो।
14090 काट्ने वि. १. धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने।
14091 काट्ने वि. २. काट्नुपर्ने।
14092 काट्ने वि. ३. साह्रै चिसाले काट्ला जस्तो; असाध्यै ठिहिऱ्याउने।
14093 काट्ने वि. ४. बिटसम्म आउने।
14094 काट्ने वि. ५. उछिनेर बोल्ने। ना.
14095 काट्ने वि. ६. उपर्युक्त प्रकारको मानिस वा वस्तु।
14096 काट्ने निम्ठो ना. बिटको बराबरी; बिटसम्म (उदा.- चिउरा हो र झुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि।)।
14097 काट्ने भाँडो ना. धारिलो हतियार (खुकुरी, खुर्पा, हँसिया इ.)।
14098 काट्नेसी र कुट्नेसी ना. १. काट्ने हतियार र कुट्ने सामान।
14099 काट्नेसी र कुट्नेसी ना. २. काट्ने र कुट्ने काम।
14100 काठ ना. १. रुखका बोक्राभित्रको कडा वस्तु; रुख ढाली बनाइएका थाम, दलिन, बिम, निदाल, तखता आदि घर बनाउने सामग्री; कुर्सी, मेच, ढोका, टेबुल आदि तयार गर्ने कच्चा पदार्थ; टिम्मा।