Dictionary

All Word

13351 कतार ना. २. ना. पर्सियाली खाडीको सानो मुस्लिम देश।
13352 कति वि. १. अमूर्त ( समय, दुरी इ.) र मूर्त (गनिने, जोखिने, भरिने, नापिने इ.) वस्तुको मात्रा, सङ्ख्या, परिमाण आदि बुझ्नका लागि गरिने प्रश्न (उदा.- कति मान्छे आयौ ? )।
13353 कति वि. क्रि.वि. २. कुनै गुण, भाव, कार्य वा प्रक्रियाको हद, सीमा, स्वभाव जान्नका लागि गरिने प्रश्न (उदा.- कति खायौ ? तिमी कति चाहन्छौ ? )।
13354 कति कति निपा. भनेर, गनेर वा बयान गरेर कहाँ सकिन्छ र भन्ने भाव व्यक्त गर्ने शब्द (उदा.- जीवनमा थोरै मोज गरियो र थोरै ठाउँ डुलियो र ? कति कति ! )।
13355 कतिको क्रि.वि. / वि.बो. १. हे. कत्तिको।
13356 कतिको क्रि.वि. / वि.बो. वि. २. कति ( उमेर, नाप, परिमाण इ.) को कति पर्ने।
13357 कति न कति वि. शून्य; केही नभएको; फुस्सा।
13358 कतिपय वि. १. जम्मै नभई केही मात्र।
13359 कतिपय वि. २. विभिन्न विविध।
13360 कतुवा ना. १. चर्खाले झैं धागो कात्ने र तोस्राले डोरी बाटे झैँ धागो बाट्ने हाते साधनविशेष।
13361 कतुवा ना. वि. २. कातेको धागो, डोरी, बत्ती इ.)।
13362 कतुवा धागो ना. ठुला यन्त्रबाहेक चर्खा, कतुवा आदि हा कातेको धागो।
13363 कतै क्रि.वि. १. कुनै (पनि) तर्फ कुनैतर्फ पनि।
13364 कतै क्रि.वि. (उदा.- मैले कतै पनि उसलाई भेटिनँ। )।
13365 कतै क्रि.वि. २. कुनै (पनि) ठाउँमा कुनै ठाउँमा (पनि); कहीं।
13366 कतै कतै क्रि.वि. १. कुनै कुनै ठाउँतर्फ कुनै कुनै ठाउँमा।
13367 कतै कतै क्रि.वि. २. कताकति; फाट्टफुट्ट।
13368 कतै कतै क्रि.वि. वि. बो. ३. केटाकेटीलाई रुवाउनका लागि प्रयोग गरिने स्नेहपूर्ण शब्द; कठैकठै; बड; बडी।
13369 कत्तर ना. १. काठ, बाँस, नर्कट, सिउँटा आदिको लाम लगाएर बारेको बार।
13370 कत्तर ना. २. घर छाप्ने पातलो काठ; चिर्पट।
13371 कत्तल ना. मार्ने वा हत्या गर्ने काम, वध, हिंसा, हत्या।
13372 कत्ति क्रि.वि. १. अलिकति पनि थोरै पनि (मात्रा, सङ्ख्यामा )।
13373 कत्ति क्रि.वि. २. ज्यादै हदभन्दा धेर।
13374 कत्ति क्रि.वि. (उदा.- कत्ति कराएको, कत्ति राम्रो अनुहार इ.)।
13375 कत्तिको क्रि.वि. १. कत्ति धेरै, असाद्धे।
13376 कत्तिको क्रि.वि. वि. बो. २. पहिले भनेको नमान्ने र पछि धोका परेपछि चाहिँ अँध्यारो मुख लगाउने व्यक्तिलाई आड मर्ने गरी जवाफ दिँदा भनिने शब्द, खुच्चिङ पाइस् कि त स्वाद (उदा.- पहिले भनेको नमान्दा कस्तो हुँदो रहेछ, खाइस् कि त अब, कत्तिको !)।
13377 कत्ती ना. खसी, राँगाहरू काट्ने ठुलो हतियार।
13378 कत्यक/कत्यकी/कत्य वि. १. सिलोक, गीत, कथा आदि सहज रूपमा कथ्न सक्ने।
13379 कत्यक/कत्यकी/कत्य वि. ना. २. त्यस्तो व्यक्ति।
13380 कत्या ना. पान, सुर्ती आदि नशावाल खाद्य पदार्थमा मिसाउन, मसी आदि बनाउन वा औषधी बनाउन प्रयोग गरिने खास प्रकारको रुखबाट निकालिने खोटी; खयर।
13381 कत्रनु स. क्रि. [कतर्नु] कचिया, कैंची, कतर्नु आदिले (कपाल, झार, घाँस, धानको बाला इ.) काट्नु।
13382 कत्राइ ना. कत्रने क्रिया वा प्रक्रिया।
13383 काइनु क.क्रि. कत्रन लाइनु।
13384 कत्राउनु स. क्रि. कत्रन लगाउनु।
13385 कत्रिनु स. क्रि. हे. कत्रनु।
13386 कत्रो वि. १. केजत्रो ; कोजत्रो।
13387 कत्रो वि. २. ठुलो बडेमाको (उदा.- राम सानै होला भनेको कत्रो पो भएछ, ए !)।
13388 कत्ला ना. १. माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्रा तर टलकदार पदार्।
13389 कत्ला ना. २. सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबडाहरूमध्ये कुनै एक।
13390 कत्ला ना. ३. लुगा, शरीर आदिमा लागेको मैलो दाग।
13391 कत्ले वि. १. कत्ला भएको।
13392 कत्ले वि. २. फोहरी।
13393 कत्ले माछो ना. माछाको एक प्रसिद्ध जा।
13394 कत्लेआम ना. सार्वजनिक हत्या; सर्वसंहार।
13395 कथ्नु स. क्रि. १. कुरा बनाउनु वा खियाउनु, कुरा अजमाउनु, कल्पना गर्नु।
13396 कथ्नु स. क्रि. २. रचना गर्नु (कविता, कथा इ.)।
13397 कथड् क्रि.वि. केही गरी, कथम्कदाचित् कथम्।
13398 कथड् क्रि.वि. (उदा.- कथङ् भोलि म आइपुगिनँ भने पनि तिमी नआत्तिनू। )।
13399 कड् कदाचित् क्रि.वि. कथ, कदाचित्।
13400 कड् कदाचित् क्रि.वि. (उदा.- कथंकदाचित् म आइपुगिनँ भने तिमीले मेरो काम गरिदिनू। )।