Dictionary

All Word

13251 कर्मवीर वि. ३. परोपकारको भावनाले निःस्वार्थ काम गर्ने।
13252 कर्महीन वि. १. लोकव्यवहार र परम्पराअनुसार गर्नुपर्ने नित्यनैमित्तिक कर्मबाट च्युत भएको।
13253 कर्महीन वि. २. काम नगर्ने, अकर्मण्य।
13254 कर्महीन वि. ३. भाग्य नभएको; अभागी।
13255 कर्महीनता ना. कर्तव्य तथा कर्मबाट पछि हट्ने बानी।
13256 कर्मा ना. १. बाटुलो आकारको पात र पहेँलो काठ हुने एक वृक्ष; करम।
13257 कर्मा ना. २. कर्माचार्यको छोटो रूप।
13258 कर्माश्रित कामकला ना. कामशास्त्रमा उल्लिखित चारप्रकारका कामकलामध्ये नृत्य, सङ्गीत, वाद्य आदिमा आश्रित कामकला।
13259 कर्मिष्ठ वि. १. हिन्दूशास्त्रका अनुसार कर्मकाण्डी; वैदिक- तान्त्रिक अनुष्ठानमा लागिपर्ने।
13260 कर्मिष्ठ वि. २. काममा लगन भएको; कर्मठ।
13261 कर्मी वि. १. काठ, इँट, ढुङ्गा आदि वस्तुद्वारा कुनै चिजको निर्माण गर्ने।
13262 कर्मी वि. २. दत्तचित्त भएर काममा खट्ने; कर्मठ। ना.
13263 कर्मी वि. ३. काठ, ढुङ्गा, वज्र आदिको काम गर्ने व्यक्ति; कालिगड।
13264 कर्मु ना. गुरुङजातिमा महिलाले फिला छोप्ने गरी लर्काएर कम्मरमा बाँध्ने कपडा; ताम्लो।
13265 कर्मेन्द्रिय ना. बाह्य क्षेत्रमा काम गर्ने मुख्य इन्द्रिय; मुख, हात, गोडा, गुदद्वार र उपस्थ- यी पाँच इन्द्रिय।
13266 कऱ्याँसो ना. हे. करेँसो।
13267 कऱ्याककुरुक ना. १. कुनै दह्रो, झुरिएको वा सुकेको काठ आदि भाँचिँदा आउने वा सुनिने आवाज; मऱ्याकमुरुक।
13268 कऱ्याककुरुक ना. २. यताउति फैलिएको झुरो वस्तुलाई एकै ठाउँमा समेटी पोको पार्दा निस्कने शब्द। क्रि.वि.
13269 कऱ्याककुरुक ना. ३. सुकेको वा झुरिएको काठ आदि भाँचिँदा आवाज सुनिने किसिमले।
13270 कऱ्याक्क क्रि.वि. दह्रो काठ आदि एकैचोटि भाँच्दा वा भाँचिँदा आवाज सुनिने गरी; करक्क; मऱ्याक्क।
13271 कऱ्याङकुरुङ ना. हाँसको जस्तो टाउको र ठुँडो भई बाँकी शरीर कुखुराको जस्तो हुने, घाँटी सेतो र अरू भाग कालो हुने तथा जलाशयमा रहने एक जातको चरो; क्रौञ्च पक्षी।
13272 कऱ्याप्प क्रि.वि. १. दह्रो काठ आदि भाँचिदा आवाज आउने किसिमले; कऱ्याक्क।
13273 कऱ्याप्प क्रि.वि. २. उम्कन नपाउने गरी समाउने ढङ्गमा; चाल नपाउने गरी एक्कासि पक्रने किसिमसँग; च्याप्प।
13274 कऱ्यामकुरुम ना. १. झुरिएको वस्तु समाउँदा वा चपाउँदा भाँचिएर आउने आवाज। क्रि.वि.
13275 कऱ्यामकुरुम ना. २. झुरिएको खाद्य वस्तु चपाउँदा आवाज निस्कने गरी; कुनै खाद्य पदार्थ चपाएर खाइसक्ने चालमा।
13276 कऱ्याम्म क्रि.वि. १. दह्रो वस्तु भाँचिने वा भाँचिँदा आवाज आउने चालमा; कऱ्याक्क।
13277 कऱ्याम्म क्रि.वि. २. साह्रो वस्तु चपाउने ढङ्गले; मऱ्याक्क।
13278 कर्रो वि. १. नरम वा गिलो नभएको; कडा; साह्रो खालक; रुखो। (उदा.- कान्छीको लोग्ने कर्रो रहेछ, यसैले उनले घर खान सकिनन्)।
13279 कर्ष ना. १. तान्ने काम; घिच्च्याइ।
13280 कर्ष ना. २. जोत्ने वा खन्ने काम।
13281 कर्ष ना. ३. सोह्र मासा बराबरको तौल।
13282 कर्ष ना. ४. भूमिव्यवस्थामा रोपनीको चार खण्डको एक खण्ड।
13283 कर्ष ना. ५. प्राचीन मुद्राको एक प्रकार।
13284 कर्षक वि. १. तान्ने; घिच्च्याउने। ना.
13285 कर्षक वि. २. खनजोत गर्ने व्यक्ति; खेतीवाल; किसान; कृषक।
13286 कर्षण ना. १. तान्ने काम; घिच्च्याइ।
13287 कर्षण ना. २. खनजोत गरी बाली लगाउने काम।
13288 कर्षण ना. ३. ताछ्ने वा खुर्कने काम।
13289 कल १ ना. धेरै पुर्जा जोडेर बनाइएको विभिन्न कामका लागि प्रयोग गरिने साधन; यन्त्र; मेसिन ( धान कुट्ने कल, तेल पिँध्ने कल, लुगा सिउने कल, गन्जी बुन्ने कल इ.)।
13290 कल २ ना. कलह; बाझाबाझ।
13291 कल ३ ना. टेलिफोनबाट हुने वा गरिने कुराकानीका निम्तिको बोलावट वा खबर।
13292 कल ४ ना. १. मानसिक सन्तुष्टि; आन्तरिक शान्ति।
13293 कल ४ ना. २. मन; इच्छा। वि.
13294 कल ४ ना. ३. अर्थ नबुझिए पनि सुनिरहूँजस्तो मिठो र सुरिलो (कलरव, कलस्वर, कलध्वनि इ.।)।
13295 कलकण्ठ वि. १. मिठो स्वर भएको; सुरिलो स्वरको। (उदा.- सुनिन्छ मिठो कलकण्ठ गौरव। - लेखनाथ )।
13296 कलकण्ठ वि. २. कोइली; कोकिल।
13297 कलकण्ठ वि. ३. हाँस
13298 कलकण्ठ वि. ४. परेवा।
13299 कलककलक क्रि.वि. चर्को तिर्खा मेट्न भाँडाबाट धारा छुटाई घाँटी उँभो लाएर पानी खाँदा आवाज निस्कने किसिमले; कलकली।
13300 कलकल ना. १. कुलो, सोतो आदिको पानी बग्दा आउने मधुर शब्द।