Dictionary

All Word

13151 कर्तनी ना. १. चोर औँलो र बुढी औँलो प्वालभित्र पसालेर अँठ्याउँदा धातु आदिका दुई फग्ल्याँटाको धार जोडिई कपडा, केश काट्न वा छाँट्न मिल्ने, बिचमा सानो चुकुल भएको हतियार; कैँची; कर्तनु।
13152 कर्तनी ना. २. चक्कु; छुरा।
13153 कर्तरी ना. हे. कर्तनी।
13154 कर्तव्य ना. १. कुलपरम्परा, नीतिनियम तथा सामाजिक आवश्यकतानुसार गर्नुपर्ने वा अँगालिने काम गर्न लायक राम्रो आचरण वा क्रियाकलाप।
13155 कर्तव्य ना. २. नैतिकताविरुद्ध हुने काम; नजाती आचरण; टुना, मोहनी, विषप्रयोग र प्रहार आदिबाट कुनै व्यक्तिको ज्यान लिने दुस्साहस; कालो कर्तुत। (उदा.- काकालाई कर्तव्य गरी मारेको अभियोगमा समरबहादुर पक्राउमा परेको छ।)
13156 कर्तव्यपरायण वि. कर्तव्यअनुकूल आचरण गर्ने; कर्तव्यनिष्ठ; धर्मपरायण।
13157 कर्तव्यपालन ना. कर्तव्यअनुसारको व्यवहार; गर्न लायक आचरण वा उचित व्यवहारको पालना।
13158 कर्तव्यले मरेको वि. आफ्नै कालगतिले मरेको नभई अरूकै बदमासी, प्रहार वा विषप्रयोग आदिबाट मरेको; कुनियतबाट ज्यान गएको।
13159 कर्तव्याकर्तव्य ना. सामाजिक-धार्मिक नीति-नियमबमोजिम गर्न हुने र गर्न नहुने काम; उचित र अनुचित आचरण।
13160 कर्ता वि. १. गर्ने।
13161 कर्ता वि. २. बनाउने; रचना गर्ने। ना.
13162 कर्ता वि. ३. कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; क्रियाव्यापारको प्रमुख सञ्चालक; प्रायः प्रथमा विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्तृकारक।
13163 कर्ता वि. ४. ब्रह्मा।
13164 कर्ता वि. ५. ईश्वर।
13165 कर्ता वि. ६. मरेका जन्तुको पोलिएको छाला (प. ने.)।
13166 कर्ताधर्ता १. कुनै कामकुरामा बढी खट्ने वा प्रमुख रूपमा रहेको व्यक्ति; परिवार, संस्था, विशेष कार्य आदिको मूली व्यक्ति; सर्वेसर्वा। वि.
13167 कर्ताधर्ता २. कुनै कामकुरो गर्ने वा गर्न सक्ने अधिकार पाएको; हर्ताकर्ता।
13168 कर्तार वि. १. गर्ने; कर्ता। ना.
13169 कर्तार वि. २. ईश्वर।
13170 कर्तु वि. १. काम गर्ने। ना.
13171 कर्तु वि. २. कर्ता (ईश्वर, ब्रह्मा, शिव, विष्णु, भाग्य इ.)। (उदा.- उनी मानिसको सुखका निम्ति कार्य र कर्तु मिल्नुपर्छ भन्ने विश्वास राख्छन्।)
13172 कर्तुत ना. १. योजनाबद्ध तरिकाबाट गरिएको नराम्रो कार्य; षड्यन्त्र; कर्तव्य। (उदा.- विनाकर्तुत श्याम मरेको होइन भनी डाक्टरहरूले पुलिससमक्ष विवरण पेस गरे। )
13173 कर्तुत ना. २. नराम्रो ढङ्गको काम, बसउठ, बोलीचाली, व्यवहार, चालामाला आदि। (उदा.- उसको कर्तुत देखेर मलाई दिक्क लागिसक्यो।)
13174 कर्तृक वि. कुनै नामको पछि समस्त रूपमा रहेर 'बनाएको' भन्ने अर्थ बुझाउने एक उत्तरपद ( ईश्वरकर्तृक, भानुभक्तकर्तृक, स्वकर्तृक इ.)।
13175 कर्तृत्व ना. १. कुनै कार्य गर्ने वा गर्न सक्ने सामर्थ्य; कर्ताको भाव वा धर्म।
13176 कर्तृत्व ना. २. व्याकरणअनुसार कर्ताकारक रहेको स्थिति।
13177 कर्तृवर्ग ना. कार्यकर्ता वा कर्मचारीहरूको समूह।
13178 कर्तृवाचक वि. व्याकरणमा कर्तालाई बुझाउने वा जनाउने (पद वा क्रिया)।
13179 कर्तृवाच्य ना. व्याकरणको नियमअनुसार क्रियाव्यापारले प्रत्यक्ष रूपमा कर्तापदलाई सङ्केत गर्ने वाच्य। (जस्तो- 'राम पुस्तक पढ्छ' यो कर्तृवाच्य हो)।
13180 कर्द ना. चक्कुजस्तो नमोडिने सानो हतियार; चक्कुका आकारको सानो हतियार। (खुकुरीभन्दा कर्द लाग्ने, बाबुभन्दा छोरो जान्ने। - उखान।)
13181 कर्दम ना. १. हिलो।
13182 कर्दम ना. २. मयल; कसर।
13183 कर्दम ना. ३. स्वयम्भू मन्वन्तरका एक प्रसिद्ध प्रजापति।
13184 कर्नाल ना. नर्सिङ्गा झैँ नघुमेको तर आकारप्रकारमा उत्तिकै वा अझ धेरै ठुलो, फुक्ने ठाउँमा झिनो अनि बज्ने ठाउँमा लाउडस्पिकरको ढ्वाङ्झैँ फुकेको मुख हुने बिचमा भाँच्न मिल्ने एक धात्विक बाजा; भ्वाँकुरु।
13185 कर्नाली ना. पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी; कर्णाली (भारतभूमिमा पुगेपछि यो घाघरा र सरयूको नामले प्रसिद्ध हुन्छ)।
13186 कर्नाली अञ्चल ना. यस नामको अञ्चल; कर्णाली अञ्चल।
13187 कर्नास ना. फुसको वा जस्ताको छानो अड्याउन घरको माथिल्लो भागमा केही बाहिर झिकिएको काठको डन्डी; बतासी।
13188 कर्नासी ना. कर्नास।
13189 कर्नी ना. १. हे. करणी; करनी।
13190 कर्नी ना. २. बाँस खुर्कने खर्पो; पसनी।
13191 कर्पन ना. न्यायालयमा तिरिने एक प्रकारको पुरानो दस्तुर।
13192 कर्पर ना. १. घिउतेलमा रोटी पकाउन आगामा बसालिने ठुलो बाटा; कराही।
13193 कर्पर ना. २. खप्पर, कपाल।
13194 कर्पर ना. ३. दही राख्ने माटाको आरी; कहतारो।
13195 कर्पोरेसन ना. कुनै उद्देश्यको पूर्तिका लागि साझेदारी वा अर्धसरकारी संस्थाका रूपमा सञ्चालित सङ्गठन; निगम; संस्थान।
13196 कर्फ्यु ना. सामूहिक रूपमा हिँड्न, जुलुस, नारा लगाउन र सभाबैठक आदि गर्न सरकारका तर्फबाट गरिने निषेधाज्ञा; जहाँ पुगिएको छ त्यहीँ टक्क रोकिई हिँड्न नपाइने स्थिति।
13197 कर्म ना. १. काम; कार्य।
13198 कर्म ना. २. भाग्य; तकदिर; प्रारब्ध।
13199 कर्म ना. ३. वैदिक वा लौकिक संस्कार; व्रतबन्ध, विवाह आदि संस्कार।
13200 कर्म ना. ४. व्याकरणमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरणमध्ये दोस्रो कारक; प्रायः द्वितीया विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्मकारक।