Dictionary

All Word

13101 कर्काउनु प्रे. क्रि. ३. काँक्रो फल आदि करक्क चपाउनु।
13102 कर्काउली ना. हर्पे, चौँठो आदिबाट घिउ, तेल आदि झिक्ने सानो डाडु; करछुली।
13103 कर्काटो ना. चारैतिरबाट बाटुलो रेखा खिच्ने एक साधन; पकोल।
13104 कर्किनु अ.क्रि. कर्के होइनु; टेढिनु; बाङ्गिनु।
13105 कर्के वि. १. करकापमा परेको; अठ्याङमा परेको; द्विविधा अथवा सन्धिसर्पन आदिले गर्दा किंकर्तव्यविमूढ भएको।
13106 कर्के वि. २. त्यस्तो प्रकारको स्थितिमा पार्ने (कर्के दाउ, कर्के चाल इ.)। ना.
13107 कर्के वि. ३. कुस्तीको एक विशेष दाउ (विपक्षीलाई उम्कन नदिने गरी अँठ्याउने चाहिँ )।
13108 कर्के वि. ४. बाङ्गो, छड्के, टेढो।
13109 कर्कोटक ना. पुराणप्रसिद्ध आठ नागमध्ये एक।
13110 कर्क्याइ ना. कर्क्याउने काम वा प्रक्रिया।
13111 कर्क्याहट ना. कर्किने चाल वा भाव; सोझो स्थितिबाट झुक्ने वा ढल्न खोज्ने स्थिति।
13112 कर्क्यौली ना. हे. कर्काउली।
13113 कर्खा ना. १. वीरता तथा वीर पुरुषका प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथा।
13114 कर्खा ना. २. वीरताको बखान गरिने र त्यस्तै वा थेगो भएको एक प्रकारको नेपाली लोकगीत र लोकगाथा; नेपालका गन्धर्व जातिले कुनै वीर पुरुषका सम्झनामा गाउने प्रसिद्ध गीत वा गाथा।
13115 कर्खावाल ना. कर्खा गाउने जाति; वीरपूजक; भाट।
13116 कर्चुलो ना. एकातिर डाडु र अर्कातिर पन्युँ भएको वा एकातिर पन्युँ मात्र भएको, पकाएको वस्तु चलाउने भाँडो।
13117 कर्छुली ना. हर्पे, ठेकी आदिमा राखिएको वस्तु (घिउतेल आदि) झिक्ने अर्थात् घिउतेल सुमर्ने सानो डाडु; कर्क्यौली।
13118 कर्जा ना. निश्चित अवधिमा ब्याजसहित वा विनाब्याज फर्काउने गरी अरूबाट लिइएको रकम; रिन; ऋण; सापट।
13119 कर्जा सुरक्षण ना. कसैलाई दिइएको रिन वा सापट नडुबोस् भनी मिलाइने चाँजो; ऋणका रूपमा प्राप्त चलअचल सम्पत्ति हिनामिना हुन नदिने प्रबन्ध ।
13120 कर्जा सुरक्षण नियम ना. ऋण वा धितोको सुरक्षाका लागि सम्बन्धित वित्तीय निकायबाट तर्जुमा गरिएको नियम।
13121 कर्ण ना. १. कान।
13122 कर्ण ना. २. त्रिभुजका समकोणका सामुन्नेको रेखा।
13123 कर्ण ना. ३. पटला वा नाउको गतिलाई हावाद्वारा नियन्त्रित गराउने साधन; पतवार।
13124 कर्ण ना. ४. अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतप्रसिद्ध सूर्यपुत्र। वि.
13125 कर्ण ना. ५. महादानी; अति उदार।
13126 कर्णकटु वि. कानले सुन्न पनि अप्ठेरोलाग्दो; सुन्दा अप्रिय लाग्ने; श्रुतिकटु।
13127 कर्णगोचर वि. थाहा पाइएको; कानले सुनिएको; जानकारी भएको।
13128 कर्णधार ना. १. नाउ वा डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; बोटे; माझी; मल्लाह।
13129 कर्णधार ना. २. कुनै संस्था वा कार्यालयको मुख्य अधिकारी; प्रमुख शासक। वि.
13130 कर्णधार ना. ३. पार लाउने (व्यक्ति); सिपालु; पोख्त।
13131 कर्णपरम्परा ना. १. एक कानबाट अर्को कान र त्यसबाट पनि अर्को कान हुँदै फैलिएर आएको कुरा; मान्छे मान्छे वा पुस्ता पुस्ताबाट सुनिँदै आएको खबर; श्रुतिपरम्परा; हल्ला।
13132 कर्णपरम्परा ना. २. गोप्य राख्न खोजिएको तर कानेखुसी हुँदै झन् फैलिएको कुरोकन्थो।
13133 कर्णपरीक्षण ना. यन्त्रद्वारा गरिने, कानभित्र भएको रोगसम्बन्धी जाँच पडताल; श्रवणशक्तिको मापन।
13134 कर्णपिशाची ना. तन्त्रशास्त्रका अनुसार अदृश्य रूपमा साधकसामु आई कानमा खुसुक्क परोक्ष ज्ञान दिने भनिएको एक देवयोनि।
13135 कर्णपीडा ना. कान दुख्ने रोग; कानको दुखाइ।
13136 कर्णफूल ना. आइमाईले कानको कोपिलामा लगाउने ल्वाङ जस्तै आकारको प्रायः सुनबाट बनेको गहना; कानमा पहिरिने फुली।
13137 कर्णभूषण ना. प्रायः नारी जातिले शृङ्गारका लागि कानमा लगाउने गहना (ढुङ्ग्री, टप, मुन्द्री आदि)।
13138 कर्णवेध ना. गर्भाधानदेखि लिएर विवाहपर्यन्त गरिने षोडश संस्कारमध्ये कान छेड्ने वैदिक वा तान्त्रिक कर्म।
13139 कर्णशूल ना. १. कान दुख्ने रोग; कानको शूल; कर्णपीडा।
13140 कर्णशूल ना. २. कानको जरामा आउने एक किसिमको खटिरो; काने खटिरो।
13141 कर्णाली ना. १. पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी; कर्नाली।
13142 कर्णाली ना. २. सोही नदीका नाममा नामकरण गरिएको अञ्चल; कर्णाली अञ्चल।
13143 कर्णिका ना. १. कमलको बिचमा रहने ग्रन्थि वा गाँठो; कमलगट्टा।
13144 कर्णिका ना. २. कर्णफूल।
13145 कर्णिका ना. ३. माझी औँलो।
13146 कर्णिकार ना. ल्वाङका आकारको बास्नादार फूल फुल्ने सानो रुख; कनकचम्पा; काँढे चाँप।
13147 कर्णेजप वि. १. खोजी खोजी अर्काको चुक्ली लाएर हिँड्ने; मन्त्र जपे जस्तै अरूले नसुन्ने गरी कसैको नराम्रो कुरा अर्काको कानमा सुटुक्क भन्ने; छुल्याहा। ना.
13148 कर्णेजप वि. २. चुक्ली लगाई हिँड्ने व्यक्ति।
13149 कर्णेल ना. मेजरभन्दा माथिल्लो तहको पल्टनिया एक दर्जा; प्रमुख महासेनानी।
13150 कर्तन ना. छुरी, चुलेँसी आदिले काट्ने वा खोल्स्याउने काम; तह मिलाएर केश, नीलकाँडा आदि छाँट्ने काम।