Dictionary

All Word

12801 औसत ना. वि. २. बिचको; साधारण ।
12802 औसत तलब ना. कुनै संस्था वा कार्यालयका कर्मचारीहरूले सरदर वा सालाखाला रूपमा पाउने तलब |
12803 औसत ताप ना. अधिकतम र न्यूनतम तापको सरदर वा सालाखाला ताप।
12804 औसत वर्षा ना. अधिकतम र न्यूनतम वर्षाको सरदर वा सालाखाला वर्षा ।
12805 औसर ना. १. अवसर; मौका; याम; ताक।
12806 औसर ना. २. अपराध; बिराम; गल्ती भुल।
12807 औसरवादी वि. अवसरवादी ; ताकछोपुवा ।
12808 औसरिया वि. १. विद्रोही ।
12809 औसरिया वि. २. अवसरवादी ।
12810 औसानी ना. १. वैदिक संस्कृतिअनुसार भोजन गर्नभन्दा पहिले देवता वा पितृका निम्ति दिइने पाँच चिम्टी अन्न; बलि।
12811 औसानी ना. २. भात खानुभन्दा पहिले हातमा पानी लिएर आफ्नो अगाडिको भोजनको वरिपरि घुमाउने क्रिया; अप्सानी ।
12812 औसानी ना. ३. गर्भवती आइमाईलाई खानेकुरा खाँदा लाग्ने वाकवाकी; गन्हाउने ।
12813 औस्या वि. नमिल्दो स्वभावको; ओखरपाङ्ग्रे।
12814 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पहिलो वर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, अल्पप्राण तथा अघोष ध्वनि, लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, कपुरी क।
12815 २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण वा मूल्याङ्कन गर्दा पहिलो वा उम्दा श्रेणीलाई छुट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत, लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पहिलो चिह्न।
12816 कँचिया वि. १. काँचोपन बाँकी रहेको; नपाकेको।
12817 कँचिया वि. २. राम्ररी नसुकेको (रुख, दाउरा आदि)।
12818 कँठिनी वि . १. काँठमा बस्ने, काँठमा घर हुने वा रहने (स्त्री)।
12819 कँठिनी वि . ना. २. काँठे आइमाई; काँठे पुरुषकी पत्नी।
12820 कँडारो ना. कामी र सर्किनीबाट जन्मेको सन्तान; कामीको तथाकथित तल्लो कोटि।
12821 कँडारो ना. स्त्री. कँडानीं।
12822 कँडाली ना. प्रायः पूजासामान, फलफूल, तरकारी र अरू सामान आदि हालिने, उभिन्डो भएको चोयाको वा धातुको भाँडो।
12823 कँडेकेशरी ना. गुलाफको जस्तै पात हुने जङ्गली काँडे फूलको बोट।
12824 कँडेचमेली ना. बोटमा काँडा भएको, कनिकाजस्ता पात हुने, चमेलीको जस्तै बास्ना आउने र सेतो रङ्गको फूल फुल्ने एक जातको चमेली फूल वा त्यसको बोट।
12825 कँडेल ना. विभिन्न रङ्गका फूल फुल्ने, एक बित्तासम्मको लामो र करिब एक अङ्गुल चौडा पात हुने बिखालु बोट; करवीर।
12826 कँडेल ना. २. नेपालीहरूको एउटा थर।
12827 कँधेउली ना. दुवैपट्टि भारी झुन्ड्याएर काँधमा बोक्ने काठ वा बाँस आदिको घोचो; नोल।
12828 कँधेरी ना. काँधमा भिर्ने वस्त्र काँधे।
12829 कँधेली ना. कँधेरी कँधेउली।
12830 कँध्याइ ना. काँधिने भाव, क्रिया वा प्रक्रिया।
12831 कँध्याइनु क. क्रि. कँध्याइनु
12832 कँध्याइनु क. क्रि. २. मोटाइनु।
12833 कँध्याउनु प्रे. क्रि. १. काँधिने पार्नु।
12834 कँध्याउनु प्रे. क्रि. २. मोटो बनाइनु।
12835 कँध्याहा वि. १. भैझगडा आदिमा एक पक्षलाई बहकाएर अर्को पक्षका विरुद्ध उचाल्ने; बोकाहा।
12836 कँध्याहा वि. २. काँधे; कँधेरी।
12837 कँपाइ ना. काँप्ने भाव, क्रिया वा प्रक्रिया; कम्पन।
12838 कँपाइनु क. क्रि. काँप्न लगाइनु; काँप्ने पारिनु; कम्प गराइनु।
12839 कँपाउनु प्रे. क्रि. काँप्ने वा थरथराउने पार्नु; कम्प गराउनु; कमाउनु।
12840 कँवर ना. १. कनफट्टा जोगीको कर्म नचलेको अर्थात् कान नचिरेको सन्तति।
12841 कँवर ना. २. हे. कुँवर।
12842 कंस ना. १. भारतको मथुरा प्रदेशमा राज्य गर्ने उग्रसेनका छोरा वा कृष्णका मामाको नाम।
12843 कंस ना. वि. २. दुर्जन; अत्याचारी।
12844 कउल १ ना. आगाको भरभराउँदो फिलिङ्गो; अँगेठ; भुङ्ग्रो।
12845 कउल २ ना. हे. कवल।
12846 ककडी ना. चिन्चिडो वा लामो घिरौँलाजस्तो, काँक्राको जातको, प्राय: गर्मी समयमा बालुवाप्रधान चिसमिरो जमिनमा फल्ने फल; लम्काँक्री।
12847 ककनन ना. अध्ययन; पढाइ।
12848 ककनन गर्नु टु. राम्ररी वाचन गर्न वा पढ्न नसकी कनीकनी पढ्नु।
12849 ककनी ना. १. तराई प्रदेशका स्त्रीजातिले नाडीमा लगाउने काँस वा पित्तलको चुराका आकारको गहना।
12850 ककनी ना. २. पानीको धारो वा त्यस्तो धारो भएको ओस्याइलो ठाउँ।