Dictionary

All Word

12851 कम्ती वि. १. थोरै; कम; घटी; अपर्याप्त; न्यून (उदा.- तिमीले दिएको मिठाई धेरै कम्ती भयो। )। क्रि.वि.
12852 कम्ती वि. २. थोर मात्रा, सङ्ख्या, परिमाण वा गुण। (उदा.- हिजो तिमीले सुनाएको गीत कम्ती मिठो थिएन)।
12853 कम्ती पनि क्रि.वि. कमभन्दा कम मान्दा पनि; थोरैभन्दा थोरै हुँदा पनि।
12854 कम्तीमा क्रि.वि. थोरैभन्दा थोरै मात्रा आदिमा।
12855 कम्तीमा पनि क्रि.वि. कम्ती पनि; कम्तीमा।
12856 कम्प ना. भैँचालो, कामज्वरो, हावा आदिद्वारा भुईं, जिउ, पात आदि हल्लिए झैँ हल्लिने अथवा काँप्ने क्रिया वा प्रक्रिया; कँपाइ; कम्पन; हल्लाइ; थतर्को; थर्को।
12857 कम्पन ना. काँप्ने वा थरथराउने काम; कम्प।
12858 कम्पनी ना. १. ब्रिटिसकालमा चलेको भारतीय मुद्रा।
12859 कम्पनी ना. २. सैनिकको गणभन्दा सानो एक खास एकाइ; गुल्म।
12860 कम्पनी ना. ३. फौजी जवानहरूको समूहविशेष (दिव्यो . )।
12861 कम्पनी ना. ४. औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय।
12862 कम्पनी ना. ५. उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय।
12863 कम्पनी कानुन ना. कम्पनीका नियम, ऐन, दायित्व, अधिकार आदिसँग सम्बन्धित कानुन; कम्पनीलाई नियन्त्रित गर्ने कानुन।
12864 कम्पनी सरकार ना. सन् १८५७ को सिपाही विद्रोहपछि सोझै ब्रिटिस सरकारले शासन हातमा लिनुभन्दा पहिले राजधानी कलकत्ताबाट केही अङ्ग्रेजहरूले बेलाइतको अनुमति लिएर चलाएको अर्धस्वायत्त सरकार।
12865 कम्पाउन्ड ना. १. गिर्दा, पर्खाल वा कुनै प्रकारको बार आदिमा रहेको एक वा एकभन्दा बढी प्रवेशद्वारबाट भित्र पस्ने कमिली भवन, आँगन, पटाङ्गिनी, कोठेबारी आदिसहितको जग्गा; क्याम्प।
12866 कम्पाउन्ड ना. २. रासायनिक वस्तुहरूको मिश्रण।
12867 कम्पाउन्डर ना. १. अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधीउपचारका सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति।
12868 कम्पाउन्डर ना. २. स्नातक उपाधिभन्दा तलको उपाधिप्राप्त पुरुष औषधी विशेषज्ञ; स्वास्थ्य सहायक; हेल्थ असिस्टेन्ट।
12869 कम्पाउन्डरी ना. कम्पाउन्डरले पढ्ने विद्या वा गर्ने कार्य।
12870 कम्पायमान वि. काँपिरहेको; थरहरी भइरहेको; डोलायमान।
12871 कम्पारो ना. हे. कन्पारो।
12872 कम्पास ना. १. दिशाहरू छुट्याउने यन्त्र; दिग्दर्शन यन्त्र; दिक्साधन यन्त्र।
12873 कम्पास ना. २. रेखागणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान; पर्काल।
12874 कम्पासे वि. कम्पासको काम गर्ने। ना. कम्पासद्वारा जमिनको नक्सा आदि कोर्ने काममा अमिनलाई सघाउने कामदार।
12875 कम्पित वि. काँपेको; कामेको; हल्लिएको; थर्किएको।
12876 कम्पितशिर ना. १. टाउको काम्ने रोग। वि.
12877 कम्पितशिर ना. २. सो रोग लागेको (व्यक्ति)।
12878 कम्पु ना. सैनिकहरूको छाउनी; जङ्गी उपनिवेश।
12879 कम्पु कोत ना. पल्टनको पोसाक, साजबाज, निसान, हातहतियार आदि राख्ने घर; असबाबखाना।
12880 कम्पु तिर्जा ना. राणाकालीन शासनमा सैनिक जवानहरूलाई बहाल छउन्जेल वेतनको साटो एक वर्षको बाली खान पाउने सर्तमा दिइने गरेको गहिरी वा पाखो जग्गा तोकिएको सरकारी पुर्जा; जङ्गी जग्गाभर्नाको कागत।
12881 कम्पोज ना. छापाखानामा अक्षरमा विभिन्न टाइपहरूलाई गुरुकापीबमोजिम पङ्क्तिबद्ध गर्ने कार्य।
12882 कम्पोजिङ ना. कम्पोज।
12883 कम्पोजिङ ट्विजर ना. कम्पोजको काम गर्दा टाइप थुत्ने र मिलाउने काममा (प्राय: प्रुफ संशोधन गर्दा) प्रयोग गरिने चिम्टा।
12884 कम्पोजिटर ना. कम्पोज गर्ने व्यक्ति वा कर्मचारी।
12885 कम्पोस्ट ना. गोबर, स्याउला, सोतर आदिलाई कुहाएर मल बनाउने काम; मलखाल्डो वा भकारे खाल्टोमा मल बनाउने प्रक्रिया।
12886 कम्पोस्ट मल ना. मलखाल्डो वा भकारे खाल्टोमा सडेर बनेको मल।
12887 कम्प्युटर ना. १. विविध प्रकारका तथ्याङ्क वा कार्यक्रमहरूलाई चक्का वा चुम्बकीय फित्तामा भण्डारण, संयोजन र पुनःसंयोजन गर्ने अत्याधुनिक विद्युतीय संयन्त्र।
12888 कम्प्युटर ना. २. भण्डारितबाट संयोजित सामग्रीसम्बन्धी जानकारी यथासम्भव अपेक्षित रूपमा प्राप्त गर्न सकिने विद्युतीय संयन्त्र।
12889 कम्प्युटर ना. ३. हिसाबसम्बन्धी जटिल समस्याहरूको समाधान द्रुत गतिमा प्रदान गर्ने विद्युतीय संयन्त्र।
12890 कम्प्युटर ना. ४. नक्सा बनाउँदा अक्षांश, देशान्तर र क्षेत्रफलजस्ता कुराहरूको हिसाब गर्ने व्यक्ति।
12891 कम्प्युटर ना. ५. टङ्कण गर्ने, नक्सा, चित्र आदि बनाउने संयन्त्र।
12892 कम्बल ना. १. सिरक आदि झैँ जाडामा ओढिने ऊनीको बाक्लो ओढ्ने; पाखी।
12893 कम्बल ना. २. ओछ्याउने काममा आउने र आवश्यक पर्दा ओढ्न र पानी ओत्नसमेत मिल्ने ऊनीको पाखी आदि भन्दा पनि बाक्लो कपडा; राडी; काम्लो।
12894 कम्मर ना. कटि; कमर।
12895 कम्मरपेटी ना. कमरपेटी।
12896 कम्मरबन्दी ना. कमरबन्दी।
12897 कम्मरी ना. घरको माथिल्लो तलामा टायल, झिङटी आदिको छानामुन्तिर ट्वाकललाई टेकाउन चारैतिर जडिएको पटुवाका आकारको काठ।
12898 कम्मल ना. हे. कम्बल।
12899 कम्युन १. समाजवादी व्यवस्थामा आर्थिक, सामाजिक, सांस्कृतिक वा वर्णका दृष्टिले समवर्गी ठहरिने व्यक्तिहरूको सामूहिक बसोबास।
12900 कम्युन २. त्यस्ता व्यक्तिहरूको समुदाय; जनपद।