Dictionary

All Word

9251 उत्प्रेक्षा ना. ४. प्रस्तुत वस्तुमा अप्रस्तुत वस्तुको आरोप गरिँदा पर्ने अर्थालङ्कार। (जस्तै- जून पनि आयो कि त उनकै रूप हेरी)।
9252 उत्प्रेरक ना. १. रासायनिक प्रक्रियालाई तीव्र पार्ने एक प्रकारको वस्तु।
9253 उत्प्रेरक ना. २. उत्प्रेरणा सिर्जना गर्ने तत्त्व; उद्दीपक । वि.
9254 उत्प्रेरक ना. ३. मनमा प्रेरणा जगाइदिने; हौसला बढाइदिने (व्यक्ति वा वस्तु)।
9255 उत्प्रेरणा ना. १. मनमा उठेको प्रेरणा; भित्री प्रेरणा ।
9256 उत्प्रेरणा ना. २. शैक्षिक कार्यकलापमा विद्यार्थीको उत्सुकता सृजना गरी त्यसलाई उद्देश्यपूर्तिका लागि अखण्डित बनाइरहने प्रक्रिया; अभिप्रेरणा ।
9257 उत्प्रेषण ना. १. पुनरावलोकन वा अन्वेषणका निम्ति प्रचलित रिट; तल्लो तहको अदालतले गरेका कारबाईको पुनरावलोकन गर्ने समादेश ।
9258 उत्प्रेषण ना. २. त्यसअनुसार सर्वोच्च अदालतले उजुरी परेका कुनै मुद्दामामिलासँग सम्बद्ध मिसिलहरू मातहतका अड्डाअदालतहरूबाट विचारार्थ झकाउने काम ।
9259 उत्प्रेषण लेख ना. उत्प्रेषणको आदेश ।
9260 उत्प्रेषणादेश ना. उत्प्रेषणको आदेश; उत्प्रेषणलेख ।
9261 उत्फुल्ल वि. १. राम्रोसँग फुलेको; ढकमक्क भएर फुलेको ।
9262 उत्फुल्ल वि. २. प्रसन्न; हर्षित ।
9263 उत्फुल्लता १. उत्फुल्ल हुनुको भाव वा अवस्था; ढकमक्क फुलाइ ।
9264 उत्फुल्लता २. खुसी हुनुको भाव वा स्थिति; प्रसन्नता ।
9265 उत्रनु अ.क्रि. १. धसिएको वा गाडिएको ठाउँबाट बाहिर निस्कनु ।
9266 उत्रनु अ.क्रि. २. खोला, नदी आदिबाट पार हुनु ।
9267 उत्रनु अ.क्रि. ३. दु:ख, पीडा, सङ्कट आदिबाट छुटकारा पाउनु ।
9268 उत्रनु अ.क्रि. ४. झोलिलो पदार्थमा कुनै वस्तु माथि उठेर आउनु; तहरिनु; तर पर्नु ।
9269 उत्रनु अ.क्रि. ५. ॠणबाट मुक्त हुनु; उॠण हुनु; उक्सनु ।
9270 उत्राइ ना. उत्रने क्रिया वा प्रक्रिया ।
9271 उत्राइनु क.क्रि. उत्रने पारिनु; उत्रन लाइनु ।
9272 उत्राउनु प्रे.क्रि. उत्रने पार्नु; उतार्नु ।
9273 उत्रिनु अ.क्रि. १. उत्रनु ।
9274 उत्रिनु अ.क्रि. २. उत्रने काम गरिनु ।
9275 उत्रुङ ना. लामो लट्ठीको छेउमा वा बिचमा फल्याक घुसारी त्यसमा टेकेर हिँड्दै खेलतमासा देखाउने र कसरत गर्ने साधन ।
9276 उत्रो वि. १. ऊजस्तो; त्यत्रो; उति ठुलो; ऊजति ठुलो ।
9277 उत्रो वि. २. धेरै ठुलो; ज्यादै ठुलो ।
9278 उत्स ना. १. बगिरहेको पानीको स्रोत वा धारा ।
9279 उत्स ना. २. झरना; छाँगो |
9280 उत्स ना. ३. भित्री भाग; चुरो; सारतत्त्व ।
9281 उत्स ना. ४. कोख ।
9282 उत्सर्ग ना. १. कुनै विशिष्ट कार्यका निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम; त्याग।
9283 उत्सर्ग ना. २. छुट्ट्याउने वा अलग पार्ने काम ।
9284 उत्सर्ग ना. ३. कसैलाई दान आदि दिने काम; दान ।
9285 उत्सर्ग ना. ४. पितृका उद्देश्यले गरिने कार्य (वृषोत्सर्ग)।
9286 उत्सर्गी वि. उत्सर्ग गर्ने; त्यागी ।
9287 उत्सर्जन ना. १. छाड्ने वा त्याग्ने काम ।
9288 उत्सर्जन ना. २. दिने वा दान गर्ने काम।
9289 उत्सर्जन ना. ३. त्याग; उत्सर्ग ।
9290 उत्सर्जन ना. ४. कसैलाई कुनै पदबाट हटाउने क्रिया ।
9291 उत्सर्जित वि. त्यागिएको; उत्सर्जन गरिएको ।
9292 उत्सव ना. १. कुनै विशेष अवसरमा खुसियाली मनाउँदै धूमधामसँग गरिने सार्वजनिक पर्व वा मङ्गल कार्य ।
9293 उत्सव ना. २. सांस्कृतिक महत्त्व भएको वा राष्ट्रिय विभूतिहरूको जीवन र पुरुषार्थसँग सम्बन्धित त्यस्तो पर्व मनाइने विशेष दिन; चाडपर्व ।
9294 उत्साह ना. १. तत्परतापूर्वक कामकुरा गर्ने कुनै मनोवृत्ति; आँट; हिम्मत; साहस ।
9295 उत्साह ना. २. हौसला; उमेद ।
9296 उत्साह ना. ३. जोस; उमङ्ग; फुर्ती ।
9297 उत्साह ना. ४. प्रेरणा ।
9298 उत्साह ना. ५. वीररसको स्थायी भाव ।
9299 उत्साहक वि. उत्साह दिने; उत्साहित गर्ने; उत्साही; आँटी; साहसी ।
9300 उत्साहप्रद वि. उत्साह दिने; रउस लाग्ने ; हौसला बढाउने ।