Dictionary

All Word

9051 इन्द्रासन ना. ३. सबै किसिमको सुख मिल्ने ठाउँ।
9052 इन्द्रिय ना. १. ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्ग वा साधन; पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) का सामूहिक वा अलग अलग नाम।
9053 इन्द्रिय ना. २. माथिका आधारमा पाँचको सङ्ख्या।
9054 इन्द्रिय ना. ३. योनि वा लिङ्ग।
9055 इन्द्रिय ना. ४. जननेन्द्रिय।
9056 इन्द्रिय ना. ५ एक अङ्गुलको पाँच गुना बराबरको नाप; पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।
9057 इन्द्रियगोचर ना. इन्द्रियको विषय; इन्द्रियद्वारा संवेदन गर्न सकिने; इन्द्रियग्राह्य।
9058 इन्द्रियग्राम ना. पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको समूह।
9059 इन्द्रियजित् वि. इन्द्रियको दमन गर्न सक्ने; जितेन्द्रिय।
9060 इन्द्रिय निग्रह ना. इन्द्रियलाई वशमा राख्ने काम।
9061 इन्द्रिय संवेद्य वि. इन्द्रियद्वारा छिटै ग्रहण गरिने।
9062 इन्द्रियातीत वि. इन्द्रियद्वारा ज्ञान गर्न नसकिने; अगोचर।
9063 इन्द्रियार्थवाद ना. इन्द्रियहरूको अनुभूतिद्वारा नै सबै किसिमको ज्ञान प्राप्त हुन्छ भन्ने दार्शनिक सिद्धान्त; इन्द्रियद्वारा सुखभोग गर्ने काम।
9064 इन्द्रेनी ना. घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो बैजनी र सुन्तला रङ हुने, धनुका आकारको अर्धवृत्त; इन्द्रधनु; इन्द्रधनुष।
9065 इन्धन ना. १. उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन।
9066 इन्धन ना. २. दाउरा वा त्यसको बदलामा अरू केही बालेर ताप वा शक्ति पैदा गर्ने उपकरण ( मट्टीतेल, डिजेल, पेट्रोल, कोइला आदि)।
9067 इन्धन संस्थान ना. इन्धनसँग सम्बन्धित कारोबार गर्ने तथा आवश्यक इन्धन जुटाउने अधिकारप्राप्त संस्थान।
9068 इन्साफ ना. १. सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ; नियाँ; निसाफ।
9069 इन्साफ ना. २. अदालतबाट वादी, प्रतिवादीको पक्ष वा विपक्षमा दिइने न्याय; निर्णय; फैसला।
9070 इन्सेट ना. ठुलो चित्रभित्रको सानो चित्र।
9071 इन्स्टिच्युट ना. अध्ययन संस्थान।
9072 इन्स्पेक्टर ना. प्रहरी सेवाको एक दर्जा; प्रहरी निरीक्षक।
9073 इबी ना. मनमा गुप्त रूपमा राखिएको ईख; धेरै पहिलेदेखिको ईख; दगा।
9074 इबी अदावत ना. दगा वा निहुँ झिक्ने बाटो; चुक देखाउने निहूँ।
9075 इमर्जेन्सी ना. १. एकाएक आइपर्ने दुःखद घटना; आकस्मिक दुर्घटना।
9076 इमर्जेन्सी ना. २. आकस्मिक दुर्घटना वा बिमारीले पीडित व्यक्तिका लागि गरिने उपचार वा त्यस्तो उपचार गरिने कक्ष।
9077 इमर्जेन्सी लाइट ना. विद्युत् आपूर्ति बन्द हुँदा प्रयोग गरिने, विद्युत्तरङ्गबाटै बल्ने एक किसिमको बिजुली लालटिन ।
9078 इमान ना. १. लेनदेन, नियम, अनुशासन आदि व्यवहारमा गरिने सत्यता; सच्चाई; छलकपटरहित व्यवहार; असल नियत ।
9079 इमान ना. २. ईश्वर वा धर्मप्रति रहेको विश्वास; आस्तिक बुद्धि ।
9080 इमानजमान ना. बोलेअनुसार व्यवहार गर्ने प्रकृति; व्यवहारमा कामकुराको ठिक ठिक पालना; सत्यनिष्ठा; कर्तव्यपरायणता ।
9081 इमानदार वि. इमान भएको; निष्कपट; बोलेको कुरा पुऱ्याउने; सत्यनिष्ठ ।
9082 इमानदारी ना. इमानदार बन्नाको भाव वा अवस्था; सत्यनिष्ठा; सच्चाइ ।
9083 इमारत ना. भव्य तथा पक्की घर; विशालकाय भवन; महल ।
9084 इमासङ ना. लिम्बू जातिमा पूजा गरिने इष्टदेवी; महामाया ।
9085 इमु ना. अस्ट्रेलियामा पाइने डेढ मिटर उचाइ र लगभग पचास के. जी. वजन भएको, घाँस खाने, लामा खुट्टा र लामो गर्धन हुने, तीन औँला भएको ठुलो चरो ।
9086 इम्पोज ना. छाप्ने स्थितिमा पुगेको फर्मालाई व्यवस्थित गर्ने काम; फर्मा ढाल्ने काम ।
9087 इम्प्रेसन ना. एकपल्टको छपाइ वा थिचाइ ।
9088 इयत्ता ना. १. पुग्न सकिनेसम्मको अवधि; सीमा; हद।
9089 इयत्ता ना. २. नियम सङ्ख्या; तोकिएको परिमाण ।
9090 इयत्ता ना. ३ जम्मा यति नै छ भन्ने किटान ।
9091 इयरिङ ना. कानका लोतीमा झुन्ड्याएर पहिरिने सुनको झुम्के गहना; यारिङ ।
9092 इराक ना. एसिया महाद्वीपमा पर्ने, बगदाद राजधानी भएको, प्राय: खनिज तेलका लागि प्रसिद्ध एक देश ।
9093 इराकी वि. इराक देशको; इराकसँग सम्बन्धित ।
9094 इरादा ना. १. मनसुबा; कामना; इच्छा ।
9095 इरादा ना. २. निर्णय; अठोट; सङ्कल्प।
9096 इरादा ना. ३. भावना; सोचाइ; विचार ।
9097 इरान ना. एसिया महाद्वीपमा पर्ने तेहरान राजधानी भएको, प्राय: खनिज तेलका लागि प्रसिद्ध एक देश ।
9098 इरानेली वि. इरानको; इरान देशसँग सम्बन्धित ।
9099 इरु ना. कोपिला रातो हुने एक फूलको बोट वा त्यसकै सेतो फूल ।
9100 इलम ना. १. पेसा; व्यवसाय; रोजगार; कामकाज ।