Dictionary

All Word

8901 उटपटाङ/उटपट्याङ वि. २. चकचके; चञ्चल स्वभावको ।
8902 उटपटाङ/उटपट्याङ वि. ३. ठट्टामस्करी गर्नुपर्ने; ठट्यौलो; उटुङ्ग्याहा।
8903 उटुङ्गी वि. १. उटपट्याङ कामकुरा गरेर हँसीठट्टा गर्ने; ठट्यौलो; मजाकी ।
8904 उटुङ्गो वि. १. हे. उटुङ्गी। ना.
8905 उटुङ्गो वि. २. हँस्सी; ठट्टा; दिल्लगी ।
8906 उटुङ्ग्याइँ ना. हँसीदिल्लगी; ठट्टामस्करी; ख्यालठट्टा ।
8907 उटुङ्ग्याहा वि. उटुङ्गी ।
8908 उट्टङ्कित वि. १. मुद्रित; छापिएको ।
8909 उट्टङ्कित वि. २. उल्लेख गरिएको; उल्लिखित ।
8910 उट्ठा ना. १. बसोबास गरेको ठाउँ छाड्ने वा छोडाउने काम; उठीबास ।
8911 उट्ठा ना. २. बसेको ठाउँबाट रिन आदिको निहुँमा साहुले आसामीलाई हटाउने काम; बास आदि उठाउने काम।
8912 उट्ठाबास ना. १. बसेको ठाउँ वा घरबाट साहु आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम ।
8913 उट्ठाबास ना. २. गरिरहेको व्यापार आदि बिग्रने काम; टाट उल्टने स्थिति ।
8914 उट्ठीबास ना. हे. उट्ठाबास ।
8915 उठ्नु अ.क्रि. १. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु ।
8916 उठ्नु अ.क्रि. २. निद्राले छाड्नु; बिउँझिनु ।
8917 उठ्नु अ.क्रि. ३. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु।
8918 उठ्नु अ.क्रि. ४. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु ।
8919 उठ्नु अ.क्रि. ५. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु ।
8920 उठ्नु अ.क्रि. ६. गहिरो भाग पुरिनु; अग्लो हुनु ।
8921 उठ ना. बसेको वा सुतेको स्थितिबाट उभिने काम; खडा हुने क्रिया। (उदा.- घरमा तिनलाई उठ र बस गर्ने स्थिति परेको छ।)।
8922 उठती ना. आसामीबाट आउने ब्याज वा मोहीबाट आउने बालीनाली आदि; असुल; तहसिल; आयस्ता ।
8923 उठतीपुठती ना. आयस्ता; उठती; असुल तहसिल ।
8924 उठबस ना. १. उठ्ने र बस्ने काम ।
8925 उठबस ना. २. बसाउठी; मेलमिलाप ।
8926 उठबस ना. ३. सजाय वा व्यायामका निम्ति उठ्तै बस्तै गर्ने प्रक्रिया ।
8927 उठाइ ना. उठ्ने भाव, क्रिया वा प्रक्रिया ।
8928 उठाइनु क.क्रि. उठाउन लाइनु; बिउँझाइनु ।
8929 उठाउनु प्रे.क्रि. १. निद्राबाट जगाउनु; बिउँझाउनु ।
8930 उठाउनु प्रे.क्रि. २. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु।
8931 उठाउनु प्रे.क्रि. ३. बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु ।
8932 उठाउनु प्रे.क्रि. ४. आसामीबाट सावाँब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु । स.क्रि.
8933 उठाउनु प्रे.क्रि. ५. कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु ।
8934 उठाउनु प्रे.क्रि. ६. कामको जिम्मा लिनु; अभिभारा बोक्नु ।
8935 उठाउनु प्रे.क्रि. ७. कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु ।
8936 उठाउनु प्रे.क्रि. ८. कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु; उद्योगमा लगाउनु ।
8937 उठाउनु प्रे.क्रि. ९. उचाल्नु; धाप दिनु; माथि पुऱ्याउनु ।
8938 उठाउनी ना. उठाउने काम वा उठाएको भाग ।
8939 उठान ना. थालनी; सुरु; आरम्भ; प्रारम्भ; उत्थान ।
8940 उठानपठान ना. उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शय्या आदि दान दिने काम ।
8941 उठानबैठान ना. आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो ।
8942 उठिनु अ.क्रि. उठ्ने काम होइनु; उभिनु ।
8943 उठीचिल्ली ना. १. उट्ठीबास ।
8944 उठीचिल्ली ना. २. बसोबास गरेको ठाउँ बलात् छाड्नुपर्दा आइपर्ने दुखेसो; बिचल्ली; चिल्लीबिल्ली ।
8945 उठीबास ना. हे. उट्ठाबास; उट्ठीबास ।
8946 उड्नु अ.क्रि. १. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु ।
8947 उड्नु अ.क्रि. २. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गद्वारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु ।
8948 उड्नु अ.क्रि. ३. सिद्धिनु; खतम हुनु; नासिनु ।
8949 उड्नु अ.क्रि. ४. हटाउनु; मेटिनु ।
8950 उड्नु अ.क्रि. ५. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु ।