Dictionary

All Word

8801 उछिट्ट्याइनु क.क्रि. उछिट्टिने पारिनु ।
8802 उछिट्ट्याउनु प्रे. क्रि. उछिट्टिने गराउनु; उछिट्टिन लाउनु; उम्काउनु ।
8803 उछितो / उछित्तो ना. १. सर्वनाश; सत्यनाश; उठीबास ।
8804 उछितो / उछित्तो ना. २. मृत्यु; मरण ।
8805 उछिन्नु स.क्रि. १. कुनै कामकुरामा आफूभन्दा अगाडि भएकालाई जितेर स्वयम् अघि लाग्नु; अघि हुनु; जित्नु ।
8806 उछिन्नु स.क्रि. २. अर्काको पालो मिच्नु ।
8807 उछिनपाछिन ना. तँछाडमछाड गरेर अगाडि लाग्ने प्रतिस्पर्धा; परस्परको उछिनाइ ।
8808 उछिनाइ ना. उछिन्ने क्रिया वा प्रक्रिया ।
8809 उछिनाइनु क.क्रि. उछिन्न लाइनु; अघि लगाइनु ।
8810 उछिनाउछिन ना. उछिनपाछिन ।
8811 उछिनाउनु प्रे. क्रि. उछिन्न लाउनु; उछिन्ने पार्नु ।
8812 उछिनिनु क.क्रि. उछिन्ने काम गरिनु; अगि लागिनु ।
8813 उछिल्लिनु अ.क्रि. १. चाहिँदो नचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु ।
8814 उछिल्लिनु अ.क्रि. २. मात निकाल्नु; पात्तिनु ।
8815 उछिल्ल्याइँ ना. उछिल्लिने क्रिया वा भाव; छिहिल्याइ; उटुङ्ग्याइँ ।
8816 उछिल्ल्याइ ना. उछिल्लिने काम वा प्रक्रिया ।
8817 उछिल्ल्याइनु क.क्रि. उछिल्लिन लाइनु ।
8818 उछिल्ल्याउनु प्रे. क्रि. उछिल्लिने पार्नु ।
8819 उछिल्ल्याहा वि. उछिल्ल्याइँ गर्ने; उछिल्लिएको; उच्छृङ्खल ।
8820 उछ्रनु अ.क्रि. गर्मीले, ज्वर आदिका उत्तापले, जुठो खानाले र त्यस्तै विषाक्त कुरो लाग्नाले छालामा ससाना बिमिरा वा फोकाहरू निस्कनु; डाबर उठ्नु ।
8821 उछ्राइ ना. उछ्रने भाव वा क्रियाप्रक्रिया ।
8822 उछ्राइनु क.क्रि. उछ्रिने पारिनु ।
8823 उछ्राउनु प्रे. क्रि. उछ्रन लाउनु ।
8824 उछ्रिनु अ.क्रि. हे. उछ्रनु ।
8825 उजन्ड वि. हे. उज्जन्ड ।
8826 उजराती ना. कुनै कारणले सदर स्याहामा आम्दानी वा खर्च बाँध्न नमिल्ने भई बाँकी रहेको रकमकलम; फर्छिन बाँकी रहेको आम्दानीखर्च; उज्ज्राँती ।
8827 उजाइ ना. उजाउने क्रिया वा प्रक्रिया ।
8828 उजाइनु क.क्रि. हतियारले ताकिनु; उजाउने काम गरिनु ।
8829 उजाउनु स.क्रि. हिर्काइहाल्ने हो कि जस्तो गरेर हतियार उठाउनु; हतियारले ताक्नु; खसी आदिको मार हान्न ठिक्क पर्नु; दाग्नु; मच्चाउनु ।
8830 उजाड्नु स.क्रि. उजार्नु; फाँड्नु ।
8831 उजाड ना. १. जरैसमेत मासिने गरी बोटबिरुवा आदि निमोठनामोठ पार्ने काम; उखेल्ने वा उजाड्ने काम ।
8832 उजाड ना. २. बोटबिरुवा नभएको वा प्राणीहरू कोही नबस्ने ठाउँ; सुनसान बस्ती ।
8833 उजाड ना. ३. सत्यानाश; विनाश।
8834 उजाड ना. ४. बालीनाली केही नलाग्ने । वि.
8835 उजाड ना. ५. उराठलाग्दो; चिच्च्याहटलाग्दो ।
8836 उजाडिनु क.क्रि. उजाड्ने काम गरिनु; उजारिनु ।
8837 उजार्नु स.क्रि. १. जो भएको बोटबिरुवा आदि निमोठनामोठ पार्नु; सखाप पार्नु; फाँड्नु; मास्नु ।
8838 उजार्नु स.क्रि. २. खाली पार्नु; शून्य गराउनु ।
8839 उजार ना. शून्य स्थिति; विनाश; उजाड ।
8840 उजारिनु क.क्रि. उजार्ने काम गरिनु ।
8841 उजिलिनु अ.क्रि. १. चहकिलो हुनु; उज्यालो हुनु; चम्कनु ।
8842 उजिलिनु अ.क्रि. २. आगोमा गालेपछि वा पाकेपछि सुनचाँदी आदि दागरहित हुनु; सफा हुनु ।
8843 उजिल्याइ ना. उजिलिने वा उजिल्याउने क्रियाप्रक्रिया ।
8844 उजल्याइनु क.क्रि. उजिल्याउने काम गरिनु ।
8845 उजिल्याउनु प्रे. क्रि. उज्यालो पार्नु; चम्काउनु ।
8846 उजुर ना. आफूमाथि परेको अन्याय वा पिरमर्का खोली सम्बन्धित अधिकारीलाई अवगत गराउने काम; त्यस्तो पिरमर्का परेको कुरा लेखी कानुनी कारबाईका निम्ति सम्बन्धित व्यक्ति वा कार्यालय आदिमा पेस गर्ने निवेदन; उजुरी ।
8847 उजुरबाजुर ना. नालिस, उजुर आदि ।
8848 उजुरवाला वि. कुनै मुद्दा, मामिला गर्न सकिने कुरामा अड्डाअदालतमा गएर उजुर गर्ने वा न्याय माग्ने (व्यक्ति) ।
8849 उजुरी ना. १. अधिकारीका समक्ष पिरमर्का पोख्ने काम; उजुर गर्ने काम ।
8850 उजुरी ना. २. उजुर ।