Dictionary

All Word

8701 आसन्न काल वि. ना. २. मर्ने अवस्था; अन्त्य स्थिति ।
8702 आसन्न कोण ना. ज्यामितिअनुसार कुनै एक कोणसँग जोडिएको अर्को कोण; एक सरल रेखामाथि खडा गरिएका रेखाहरूबाट बनेका दुई वा दुईभन्दा बढी कोण |
8703 आसन्न प्रसवा वि. साँझबिहान भएकी दोजिया |
8704 आसन्न भविष्यत् ना. व्याकरणअनुसार वर्तमानको सन्निकटमा रहेको भविष्यत्; तत्कालको भविष्यत्; समीपस्थ भविष्यत् ।
8705 आसन्न भूत वि. व्याकरणअनुसार अतीतका क्रियाको पूर्णता र वर्तमानको सामीप्य देखाउने भूतकालिक क्रिया ।
8706 आसन्न मृत्यु ना. १. नजिकै आइपुगेको मृत्यु |
8707 आसन्न मृत्यु ना. वि. २. छिटै मर्न लागेको; मरणासन्न ।
8708 आसपास क्रि.वि. १. नजिकमा ; वरपर; अगलबगल; नजिकपुँडो; उँडोडो।
8709 आसपास क्रि.वि. ना. २. नजिकको थलो; वरपरको ठाउँ ।
8710 आसमान ना. १. अकास; आकाश ।
8711 आसमान ना. २. स्वर्ग; देवलोक ।
8712 आसमानी वि. १. आसमानी रङ्गको; अकासे रङको ना. २. अकासे रङ ।
8713 आसमुद्र क्रि.वि. समुद्रसम्म; समुद्रपर्यन्त ।
8714 आसरा ना. १. आडभरोसा; आश्रय; आसा; आधार; सहारा ।
8715 आसरा ना. २. आशा ।
8716 आसर्जे ना. आश्चर्य; छक्क |
8717 आसव ना. १. फलफूल, जडीबुटी आदिको सार झिकेर औषधीका लागि बनाइएको रक्सी ।
8718 आसव ना. २. रक्सी; मदिरा; अर्क ।
8719 आसा ना. १. ढाल, कवच आदिको बिचमा जडिएको टॉकजस्तो फुली वा किलो ।
8720 आसा ना. २. आसागुर्जा ।
8721 आसाखण्ड ना. मटान ।
8722 आसागुर्जा ना. राजामहाराजाहरूको सवारी वा उत्सव आदिमा चोबदारहरूले अघि अघि लिएर हिँड्ने सुनचाँदीको दण्ड आदि; राजचिहन |
8723 आसाम वि. नेपालीहरूको निकै सङ्ख्यामा बसोबासो भएको, भारतको पूर्वोत्तरमा स्थित एक राज्य ।
8724 आसामी वि. १. आसाम प्रदेशको; आसाममा बस्ने ।
8725 आसामी वि. ना. २. आसाम प्रदेशको स्थानीय भाषा (असमिया) वा जाति ।
8726 आसामी ना. ऋण लिने व्यक्ति; कर्जादार; असामी ।
8727 आसिक ना. आशीर्वाद; आशिष् ।
8728 आसिक्त वि. सेचन गरिएको; अभिषिक्त ।
8729 आसिर ना. ज्यादै लाम्चो गर्धन हुने र प्रायः मरुभूमिमा पाइने एक जातको ठुलो चरो; सुतुरमुर्ग ।
8730 आसीन वि. बसोबास गरेको; पलेंटी मारेको; बसेको ।
8731 आसुर वि. असुरसम्बन्धी; असुरको ।
8732 आसुरी वि. १. दानवी; दैत्यसम्बन्धी; आसुर ।
8733 आसुरी वि. ना. २. दानवी; असुरपत्नी।
8734 आसुरी चिकित्सा ना. चिरफारद्वारा गरिने चिकित्सा; शल्यचिकित्सा ।
8735 आसुरी विवाह ना. केटाको तर्फबाट केटीलाई पाल्ने कबोलअनुसार बाबुआमा वा संरक्षकलाई पैसा दिई गरिने विवाह; पोल्टे विवाह; बेचिएकी कन्यासँग गरिने विवाह |
8736 आसुरी सम्पत् ना. १. कुकर्मबाट कमाएको धनसम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन ।
8737 आसुरी सम्पत् ना. २. व्यक्तिमा रहने दम्भ, दर्प, अभिमान, क्रोध, पारुष्य र अज्ञानजस्ता नराम्रा भावहरूमध्ये कुनै एक।
8738 आसे वि. १. आफ्नो केही हुती नभई अर्काको भरमा बाँच्ने आस गर्ने आशामुखी ।
8739 आसे वि. ना. २. विदेसिएको पोइ फर्केर आउने आसमा झुन्डिएकी स्त्री; आसे रॉड ।
8740 आसेगाँसे वि. १. आसले धाउने; गाँसको आसा गर्ने; केही पाउने आसामा निम्तारुका पछि लागी आउने |
8741 आसेगाँसे वि. ना. २. त्यस्तो व्यक्ति ।
8742 आसेगाँसे वि. आसे गाँसे सबै एकैनासे ( उखान ) ।
8743 आसेपासे ना. कामकुरो पन्छाउन गरिने आलटाल; अल्याङमल्याङ |
8744 आसेपासे, वि. १. केही होला वा पाइएला भन्ने आसमा झुन्डिने; परमुखापेक्षी |
8745 आसेपासे, वि. ना. २. अगलबगलमा रहेका निमुखा गरिबहरू ।
8746 आसेपासे, वि. ३. मूल देवीदेवताका अनुचर सेवकहरू ।
8747 आसेपासे, वि. ४. भूतप्रेत वा बोक्सी, डङ्किनीहरू ।
8748 आसे रॉड / आसे राँडी ना. बेपत्ता भएको पति फर्केर आउने आसमा रहेकी स्त्री (हेय) |
8749 आसेवन ना. १. लगातार गरिने सेवा टहल; सेवा, शुश्रूषा ।
8750 आसेवन ना. २. मन लगाएर उत्साहका साथ कुनै काम बार बार दोहो-याएर गर्ने प्रक्रिया |