Dictionary

All Word

8601 उखाल्नु स.क्रि. २. बोटबिरुवा आदि जरैसहित उक्काउनु; गाडेको खाँबो, बाँस आदि उखेल्नु; उखाड्नु ।
8602 उखाल्नु स.क्रि. ३. व्यापार, व्यवसाय बिगारेर टाट उल्टाउनु ।
8603 उखालाइ ना. उखाल्ने क्रिया वा प्रक्रिया ।
8604 उखालिनु क.क्रि. उखाल्ने काम गरिनु; उठीवास लाइनु ।
8605 उखु ना. सुलुत्त परेको तथा आँख्लादार डाँठ हुने, चपाउँदा वा पेल्दा गुलियो रस निस्कने र चिनी, सखर आदि बनाइने गेमरा, ढोडे, कोसेर, सिटे आदि नामले प्रसिद्ध बोट; इक्षु ।
8606 उखुम ना. १. कडा घाम; चर्को गर्मी; असह्य ताप । वि.
8607 उखुम ना. २. ज्यादै; असाद्धे; असह्य (गर्मी) ।
8608 उखेतो ना. उखु काटिसकेपछि छोडिएको भागबाट पलाउने उखु; उखु काटिसकेपछि खँगारेको पात, टुप्पो आदि वस्तु । (खर नपाइने ठाउँमा उखेतोबाट पनि घर छाउने गरिन्छ । ) ।
8609 उखेल्नु स.क्रि. १. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, किला आदिलाई बाहिर झिक्नु; उखाल्नु ।
8610 उखेल्नु स.क्रि. २. रहेको ठाउँबाट हटाउनु; उखाइनु ।
8611 उखेल ना. उखेल्ने काम ।
8612 उखेलपाखेल ना. उखेल्ने र जथाभावी फ्याँक्ने काम ।
8613 उखेलाइ ना. उखेल्ने क्रिया वा प्रक्रिया ।
8614 उखेलाइनु क.क्रि. उखेल्न वा उखाड्न लाउनु ।
8615 उखेलाउनु प्रे. क्रि. उखेल्न लाउनु; उखाड्न लाउनु ।
8616 उखेलिनु क.क्रि. उखेल्ने काम गरिनु; उखाडिनु ।
8617 उखोधर्म ना. १. कुनै कामकुरामा एकोहोरिने काम; खुरन्धार ।
8618 उखोधर्म ना. २. नहुने वा नपाइने कामकुरामा पनि लिसो लाग्ने प्रवृत्ति वा झिँजोल्ने चाल । क्रि.वि.
8619 उखोधर्म ना. ३. असाद्धे; ज्यादै; अति ।
8620 उखौतो ना. हे. उखेतो।
8621 उगल्चिनु अ.क्रि. उकुच पल्टनु; उकल्चिनु ।
8622 उगल्च्याइ ना. उगल्चिने काम वा प्रक्रिया ।
8623 उगल्च्याइनु क.क्रि. उगल्च्याउने काम गरिनु ।
8624 उगल्च्याउनु प्रे. क्रि. उगल्चिन लाउनु ।
8625 उगाउनी ना. / वि. हे. उघाउनी ।
8626 उगाल्नु स.क्रि. १. बोटबिरुवा आदि जरैसहित उखेली बिमाख पार्नु; जो भएका बुटाबुटी पनि मासेर रुखो गराउनु; उखाइनु ।
8627 उगाल्नु स.क्रि. २. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु हाली उगाल निकाल्नु; उग्लने गराउनु ।
8628 उगाल्नु स.क्रि. ३. सत्यानाश पार्नु; निर्मूल गराउनु ।
8629 उगाल ना. १. तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ ।
8630 उगाल ना. २. भाँडा उग्लेर खाने वस्तुमा आउने तमतमाउँदो स्वाद ।
8631 उगाल ना. ३. मात; पात्तिएको स्थिति ।
8632 उगाल ना. ४. अमिल्दो मिश्रणले वा जलवायु विकारले रङमा आउने विकृति ।
8633 उगालाइ ना. उगाल्ने अवस्था वा क्रियाप्रक्रिया ।
8634 उगालिनु क.क्रि. उगाल्ने काम गरिनु ।
8635 उगेरा ना. गाईभैँसी आदि पशुले खाइसकेको वस्तु मुखमा ल्याएर चपाउने काम; उग्राउने क्रिया वा अवस्था; उग्राइ ।
8636 उगेल्नु स.क्रि. हे. उकेल्नु ।
8637 उगेलाइ ना. उगेल्ने काम वा प्रक्रिया ।
8638 उगेलाइनु क.क्रि. उगेल्न लाइनु ।
8639 उगेलाउनु प्रे. क्रि. उगेल्न लाउनु ।
8640 उगेलिनु क.क्रि. उगेल्ने काम गरिनु ।
8641 उग्याँ ना. पछिल्तिर लामालामा डोरीका फुर्का र अगिल्तिर पाँच चोसा तथा ती चोसामा पञ्चमहाबुद्धका चित्र अङ्कित हुने, गुरुङजातिका पुरोहित ध्याप्रीले शिरमा लगाउने धातुनिर्मित मुकुट वा शिरपोस ।
8642 उग्र वि. १. हम्मेसी नजिक पर्न नसकिने वा क्रूरतापूर्ण व्यवहार भएको; भयङ्कर; डरलाग्दो ।
8643 उग्र वि. २. तीव्र ।
8644 उग्र वि. ३. उत्कट वा विकट रूपमा सक्रिय रहने; सहजै शान्त नहुने; कडा; चर्को ।
8645 उग्र वि. ४. अति; असाद्धे; ज्यादा । ना.
8646 उग्र वि. ५. शिव; महादेव ।
8647 उग्रकर्मा वि. साहसिलो र डरलाग्दो कर्म गर्ने; अनैतिक, भ्रष्टकर्ममा लाग्ने ।
8648 उग्रगन्ध ना. १. कडा गन्ध; परपराउँदो वा तमतमाउँदो गन्ध । वि.
8649 उग्रगन्ध ना. २. त्यस्तो गन्ध भएको (लसुन, हिङ आदि) ।
8650 उग्रता ना. १. उग्र हुनाको भाव वा स्थिति; डरलाग्दोपन; कडापन; कठोरता; प्रचण्डता ।