Dictionary

All Word

8451 ईश्वरी ना. २. लक्ष्मी; भगवती ।
8452 ईश्वरी ना. ३. अधिष्ठात्री ।
8453 ईश्वरीय वि. ईश्वरसँग सम्बन्धित; ईश्वरको ।
8454 ईषत् / ईषद् अव्य. १. केही; अलिकति; थोरै; कम । ना.
8455 ईषत् / ईषद् अव्य. २. थोरै मुस्कुराहट; मन्द मुस्कान ।
8456 ईषत् / ईषद्विवृत वि. १. जिब्रो तालुको एकदमै नजिक नगएर मुखविर केही खुलेको | ना.
8457 ईषत् / ईषद्विवृत वि. २. आभ्यन्तर प्रयत्नको एक नाम ।
8458 ईसवी ना. हे. इस्वी ।
8459 ईसा ना. हे. इसा ।
8460 ईसाई वि. इसाई ।
8461 ईहा ना. १. इच्छा; ईप्सा; चाहना; लालसा ।
8462 ईहा ना. २. चेष्टा; प्रयास ।
8463 ईहामृग ना. १. ब्वाँसो ।
8464 ईहामृग ना. २. दृश्यकाव्यअन्तर्गत रूपकका दश भेदमध्ये एक; चार अङ्कमा विभक्त, इतिहास र कल्पनामिश्रित श्रृङ्गारप्रधान एक नाटक ।
8465 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पाँचौँ स्वरवर्ण; परम्परागत रूपमा ओष्ठ्यस्थानबाट उच्चारण हुने ह्रस्व स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च, बन्द, गोलित स्वरवर्ण। लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
8466 उँ निपा. १. तिरस्कार वा उपेक्षापूर्ण भाव व्यक्त गर्दा भनिने अव्यय शब्द। (उदा.- उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने ! )।
8467 उँ निपा. २. रिस उठ्ने कुरा सुन्दा वा जोस निकाल्दा प्रयुक्त हुने अव्यय। (उदा.- उँ, त्यस पाजीले मसँग घमन्ड गर्ने ? )।
8468 उँग्नु अ.क्रि. बस्दाबस्दै निद्राले लट्ठिएर फुल्नु; अर्धनिद्राको वशमा पर्नु; आधा होस, आधा बेहोसजस्तो भएर झकाउनु; तन्द्रामा पुग्नु; उँघ्नु।
8469 उँग ना. बस्दाबस्दै निद्राको जोडले आँखा लट्ठिने स्थिति; निद्रा लाग्ने लाग्ने बेलाको पूर्वरूप; झकाइ; तन्द्रा; उँघ; उङ।
8470 उँगाइ ना. उँग्ने भाव, क्रिया वा प्रक्रिया |
8471 उँगाइनु क.क्रि. उँग्न लाइनु।
8472 उँगाउनु प्रे. क्रि. उँग्न लाउनु।
8473 उँघ्नु अ.क्रि. हे. उँग्नु।
8474 उँघ ना. हे. उँग
8475 उँघाइ ना. उँगाइ।
8476 उँघाइनु क.क्रि. उँघ्न लाइनु।
8477 उँघाउनु प्रे. क्रि. उँघ्न लाउनु।
8478 उँचाइ ना. हे. उचाइ।
8479 उँचो वि. १. पृथ्वीको विपरीत दिशातिर लम्बिएको।
8480 उँचो वि. २. उचो; अग्लो; टङरो।
8481 उँट ना. लामो तानिएको घाँटी र लामा लामा खुट्टा हुने, खैरो रङको स्तनपायी तथा शाकाहारी, प्रायः मरुभूमिमा भारी बोक्ने र सवारीको काम लिइने चौपाया।
8482 उँडोपुँडो ना. लगभगको स्थिति; झन्डै झन्डैको अवस्था; पुगनपुगको अवस्था।
8483 मुन्टे वि. १. उँधो मुन्टो लगाउने; मुन्टो निहुरेको; घोसे। ना.
8484 मुन्टे वि. २. पुरुषको लिङ्ग।
8485 उँधैउँभै ना. उखालपखाल; झाडाबान्ता।
8486 उँधो ना. यो. तल; तलतिर; मन्तिर; मुनि।
8487 उँधोमुन्टो ना. निहुरेको वा निहुराएको मुन्टो; तलतिर फर्केको टाउको।
8488 उँधौली वि. १. तलतिरको; मन्तिरको; उँधोको।
8489 उँधौली वि. २. मङ्सिर महिनाको शुक्लपक्षको पूर्णिमा; अगहन पूर्णिमा; (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि बेसीतिर झारिन्छ र बेसीतिरका देवीदेवताको पूजा गरिन्छ। त्यसैले यस दिनलाई उँधौली भनिएको हो। )।
8490 उँधौली उँभौली ना. १. वैशाख र मङ्सिर पूर्णिमाका ताक गरिने गोठधूप र कुलदेवता आदिको पूजाआजा।
8491 उँधौली उँभौली ना. २. उँधो झर्ने र उँभो लाग्नेहरूको ताँती; परदेश लाग्ने र घर फर्कनेहरूको लहर |
8492 उँभो ना. यो. माथितिर; मास्तिर; अग्लो ठाउँमा; उचाइमा |
8493 उँभौली वि. १. मास्तिरको; अग्लो ठाउँको। ना.
8494 उँभौली वि. २. वैशाख महिनाको शुक्लपक्षमा पर्ने पूर्णिमा; वैशाखी पूर्णिमा। (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि गर्मी सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि लेकतिर लगिन्छ र वनका देवीदेवताको पूजा गरिन्छ। त्यसो हुनाले यस दिनलाई उँभौली भनिएको हो। )।
8495 उ:- अव्य. १. कुनै वस्तुलाई औंल्याएर देखाउँदा बोलिने शब्द | (उदा.- उ त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको।)।
8496 उ:- अव्य. २. आश्चर्य, ग्लानि, कष्ट, हैरानी आदि भाव व्यक्त गर्ने शब्द। (उदा.- उ; जिन्दगीमा कहिल्यै सुख पाइएन।)।
8497 उइँटनु स.क्रि. यन्त्रमा कपास हालेर बियाँ छुट्ट्याउनु वा अलग्याउनु; कपास केलाउनु।
8498 उइँटाइ ना. उइँटने काम वा प्रक्रिया |
8499 उइँटाइनु क.क्रि. उइँटाउने काम गरिनु।
8500 उइँटाउनु प्रे. क्रि. उइँटन लाउनु।