Dictionary

All Word

8401 इस्पात ना. २. ज्यादै चतुरो;चलाक; बित्पाते।
8402 इस्लाम ना. १. ईश्वरका मार्गमा प्राण दिन प्रस्तुत हुने काम ।
8403 इस्लाम ना. २. मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म ।
8404 इस्लाम ना. ३. मुस्लिमहरूको धार्मिक सम्प्रदाय वा मत ।
8405 इस्लाम ना. ४. मुसलमान हुने क्रिया ।
8406 इस्वी ना. १. इसाको मरणकालपछि चलेको संवत्; सन् । वि.
8407 इस्वी ना. २. इसाको; इसासम्बन्धी ।
8408 इह सर्व यहाँ ।
8409 इहलीला ना. यस लोकको जिन्दगानी; सांसारिक प्रपञ्च; जिन्दगी ।
8410 इहलोक ना. १. यो लोक; देखिने संसार ।
8411 इहलोक ना. २. यो जीवन; सांसारिक जन्म।
8412 इहलौकिक वि. यस लोकको; यस लोकसँग सम्बन्धित ।
8413 ई१ देवनागरी वर्णमालाको स्वरवर्णमध्ये चौथो स्वरवर्ण; परम्परागत रूपमा तालव्यस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार अग्र बन्द दीर्घ स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
8414 ई२ वि.बो. १. घृणा, अवहेलना र झिँझ्याहट आदि मनका भाव प्रकट गर्दा प्रयोग गरिने शब्द । (उदा.- ई, जति गाली गरे पनि आफ्नो बानी छाडिन्छ र ! ) ।
8415 ई२ वि.बो. २. अरूलाई हियाउँदा वा लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द । (उदा.- ई, गर्! ई, खा!) ।
8416 ई२ वि.बो. ३. कुनै नजिकको वस्तु औँल्याउँदा उच्चारण गरिने शब्द । (उदा.- ई, तिमीले खोजेको माल यहीँ रहेछ) ।
8417 ईकार ना. १. इकारको दीर्घ रूप; 'ई' अक्षर ।
8418 ईकार ना. २. व्यञ्जनसँग गाँसिदा दाहिनेपट्टिबाट दिइने चिह्न (ी) ) ।
8419 ईक्षक वि. १. सरसरती हेर्ने; आँखाले ठम्याउने; देख्ने ।
8420 ईक्षक वि. २. निरूपण गर्ने; परीक्षा गर्ने; जाँच्ने । (समीक्षक, परीक्षक इ.) ।
8421 ईक्षण ना. १. हेर्ने वा देख्ने काम; दर्शन; अवलोकन ।
8422 ईक्षण ना. २. आँखा; नेत्र।
8423 ईक्षण ना. ३. विचार; विवेचन; जाँचबुझ (परीक्षण, पर्यवेक्षण, सर्वेक्षण इ.) ।
8424 ईख ना. हे. इख ।
8425 ईडा ना. १. हठयोगका नियमअनुसार प्राणायाम गर्दा नाकको देब्रेपट्टिबाट श्वास चलाइने नाडी ।
8426 ईडा ना. २. गङ्गा ।
8427 ईडा ना. ३. प्रशंसा; स्तुति।
8428 ईथर ना. हे. इथर ।
8429 ईप्सा ना. कुनै वस्तु प्राप्त गर्ने उत्कट इच्छा; तीव्र चाहना; अभिलाषा ।
8430 ईप्सित वि. ईप्सा वा इच्छा गरिएको; चाहेको ।
8431 ईप्सु वि. इच्छा गर्ने; चाहना गर्ने; इच्छुक ।
8432 ईर्ष्या ना. अर्काको बनिबनाउ वा समृद्धि देखेर मनमा उब्जने डाह; द्वेष; ईख; मात्सर्य ।
8433 ईर्ष्यालु वि. ईख गर्ने; इखालु।
8434 ईश ना. १. ईश्वर; देवता ।
8435 ईश ना. २. अधिपति; स्वामी; मालिक ।
8436 ईश ना. ३. पति; लोग्ने ।
8437 ईश ना. ४. राजा ।
8438 ईश ना. ५. शिव; महादेव ।
8439 ईशान ना. १. शिव; महादेव; एघार रुद्रमध्ये एक ।
8440 ईशान ना. २. ईशान कोण ।
8441 ईशान कोण ना. पूर्व र उत्तर दिशाका बिचको कुनु ।
8442 ईशानेश्वर ना. लमजुङ जिल्लाको मादी नदीको किनारमा अवस्थित प्रतिवर्ष शिवरात्रिमा ठुलो मेला लाग्ने शिव मन्दिर ।
8443 ईश्वर ना. १. सम्पूर्ण विश्व, ब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बिगार्ने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम पुरुष वा परमात्माका रूपमा पुजिने सर्वप्रधान सत्ता; भगवान्; परमेश्वर ।२. अधिपति; स्वामी; मालिक ।
8444 ईश्वर ना. ३. ऐश्वर्यशाली ।
8445 ईश्वरनिष्ठ वि. ईश्वरमा विश्वास गर्ने; आस्तिक ।
8446 ईश्वरप्रणिधान ना. योगशास्त्रमा पाँच प्रणिधानमध्ये एक; ईश्वरमाथि पूर्ण श्रद्धा राख्तै गरिने कर्म र त्यसको फल ईश्वरलाई नै समर्पण गर्ने काम ।
8447 ईश्वरवाद ना. ईश्वर मान्ने सिद्धान्त; सृष्टि; स्थिति र संहारका मूल कारण ईश्वर हुन् भन्ने मत वा वाद ।
8448 ईश्वरवादी वि. ईश्वरवादको अनुयायी वा समर्थक; ईश्वरभक्त ।
8449 ईश्वराधीन वि. ईश्वरका अधीनमा रहेको वा ईश्वरको इच्छाअनुसार हुने ।
8450 ईश्वरी ना. १. देवी; भवानी; दुर्गा ।