Dictionary

All Word

7301 आक्षेपक वि. १. आक्षेप लगाउने; दोषारोपण गर्ने।
7302 आक्षेपक वि. २. फ्याँक्ने; हुत्त्याउने।
7303 आक्षेपक वि. ३. सिकारी।
7304 आक्षेपक वि. ४. एक प्रकारको बाथको रोग।
7305 आक्षेपण ना. १. दोष वा कलङ्क लगाउने काम।
7306 आक्षेपण ना. २. फ्याँक्ने वा हुत्याउने क्रिया।
7307 आखत ना. १. अछेता।
7308 आखत ना. २ इष्टलग्नको कुण्डलीमा अछेता राखेर वा खसालेर हेरिने शुभाशुभ फल जोखना।
7309 आखर ना. हे. अक्षर।
7310 आखिर वि. १. सबैभन्दा पछिको अन्तिम।
7311 आखिर वि. क्रि.वि. २. अन्त्यमा ; निचोरमा।
7312 आखिर वि. ना ३ खाँचो; हर्जा; गर्ज।
7313 आखिरकार क्रि.वि. आखिरमा अन्तमा; अन्ततोगत्वा।
7314 आखिरी वि. १. पछिल्लो; पछाडिको अन्तिमको आखिरको।
7315 आखिरी वि. २. आखिर वा अन्त्यमा भएको (कुरो; निर्णय; तोक इ. ) |
7316 आखिरी वि. ना. ३. अन्त्य।
7317 आखेट ना. सिकार खेलिने जीवजन्तु; सिकार; अहिरो।
7318 आखेटक वि. १. सिकार खेल्ने; अहिरो गर्ने।
7319 आखेटक वि. ना. २. सिकार खेल्ने व्यक्ति सिकारी।
7320 आखेटिक वि. सिकार खेल्न सिपालु सिकारी (पशु वा व्यक्ति )।
7321 आख्ता ना. खसी पारिएको घोडा; सुमरेको घोडा।
7322 आखते वि. खसी पारिएको (पशु वा घोडा ) |
7323 आख्यात वि. १. भनिएको; कथिएको; कहिएको।
7324 आख्यात वि. २. सबैले थाहा पाएको प्रसिद्ध; ख्यातिप्राप्।
7325 आख्यात वि. ना ३. समापिका क्रिया बुझाउन धातुमा लगाइने प्रत्यय; तिप्रत्यय |
7326 आख्यात प्रत्यय ना. समापिका क्रिया बुझाउन धातुमा जोडिने प्रत्यय (गर् + यो = गयो; भन् + ला = भन्ला इ.)।
7327 आख्यान ना. १. कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्।
7328 आख्यान ना. २. कहानी; कथा उपन्यास।
7329 आख्यान ना. ३. उपन्यासका विभिन्न भेदमध्ये पात्रद्वारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद।
7330 आख्यानक ना. छोटो किस्सा; लघुकथा; छोटो कथा।
7331 आख्यानात्मक वि. कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्।
7332 आख्यायक वि. १. केही कुरा भन्ने वा बताउने।
7333 आख्यायक वि. २. समाचार दिने सूचनावाहक |
7334 आख्यायिका ना. १. सिलसिला मिलेको सानो कहानी वा कथा |
7335 आख्यायिका ना. २. पात्रहरूद्वारा आफ्नो चरित्र केही मात्रामा आफैंले वर्णन गरिने आख्यान।
7336 आगत वि. १. आएको; आइपुगेको; पुग्नुपर्ने ठाउँमा पुगेको।
7337 आगत वि. २. पाएको प्राप्त भएको।
7338 आगतपतिका ना. परदेशबाट सकुशल फर्केर आएको पतिसँग भेट हुँदा हर्ष र आनन्दले गद्गद भएकी नायिका।
7339 आगत स्वागत ना. . पाहुनाहरूलाई गरिने स्वागत; आगन्तुकको सत्कार।
7340 आगन्तुक वि. १. कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति)।
7341 आगन्तुक वि. २. एक भाषाबाट अर्को भाषामा आएको (शब्द आदि)।
7342 आगन्तुक वि. ना. ३. अतिथि; पाहुना।
7343 आगन्तुक दर्ता ना. आगन्तुकहरू के-कति कहाँ-कहाँबाट आएका हुन् भनी लिपिबद्ध गर्ने काम।
7344 आगन्तुक पुस्तिका ना. आगन्तुकहरूद्वारा हस्ताक्षर गरिने पुस्तिका।
7345 आगम ना. १. कुनै वस्तु वा व्यक्ति कतैबाट आउने वाठाउँमा पुग्ने काम (अर्थागम; समागम इ.)।
7346 आगम ना. २. कुनै शब्दमा ध्वनि, वर्ण, अर्थ आदि थपिने काम (स्वरागम, व्यञ्जनागम, आदिवर्णागम, अर्थागम आदि। )।
7347 आगम ना. ३ भेट; प्राप्ति सङ्गम।
7348 आगम ना. ४. आम्दानी; आय।
7349 आगम ना. ५. जन्म; उत्पत्ति।
7350 आगम ना. ६. मूल; निर्गमस्थान।