Dictionary

All Word

7201 आपत्तिपत्र ना. १. कुनै काम वा विषयमा परिआउने असुविधा, विघ्नबाधा आदिको विवरणपत्र ।
7202 आपत्तिपत्र ना. २. पिरबाधा देखाइएको पत्र ।
7203 आपद् ना. आपत्; आपत्ति ।
7204 आपद्ग्रस्त वि. आपद्विपद्मा फँसेको; सङ्कटमा परेको; सङ्कटैसङ्कटले घेरिएको ।
7205 आपद्धर्म ना. आचारका दृष्टिले गर्न उचित नभए तापनि आपत्तिका बेलामा बाध्य भई अँगालिएको काम वा कुरो ।
7206 आपन्न वि. आपद्मा फसेको; सङ्कटमा जेलिएको; आपद्ग्रस्त ।
7207 आपरिवर्तन ना. १. एउटा ध्वनि उच्चारण गर्दा अर्को ध्वनिको उच्चारण थपिने भाषावैज्ञानिक प्रक्रिया ।
7208 आपरिवर्तन ना. २. व्यापक परिवर्तन ।
7209 आपरिवर्तन ना. ३. आमूल परिवर्तन ।
7210 आपस ना. १. आत्मीयहरूको समुदाय; आपस ।
7211 आपस ना. २. नजिककाहरूको समुदाय ।
7212 आपस ना. ३. नजिक; छेउ; पार्श्व । वि.
7213 आपस ना. ४. आफन्त; आत्मीय |
7214 आपस्त वि. आफन्त ।
7215 आपात ना. १. अग्लो ठाउँबाट खस्ने वा झर्ने क्रियाप्रक्रिया |
7216 आपात ना. २. अकस्मात् आइपर्ने वा आइपरेको घटना वा स्थिति ।
7217 आपाततः अव्य. १. तुरुन्त; उत्तिखेरै ।
7218 आपाततः अव्य. २. अचानक; अकस्मात् ।
7219 आपाततः अव्य. ३. आखिरमा; अन्त्यमा; निचोरमा ।
7220 आपाततः अव्य. ४. सामान्य दृष्टिले विचार गर्दा; सरसरी हेर्दा |
7221 आपात दृष्टि ना. कुनै वस्तु वा घटनालाई तत्काल सरसरती हेर्ने क्रिया; सद्य दृष्टि; सामान्य दृष्टि |
7222 आपातिक वि. अकस्मात् घटेको; अचानक देखा पर्ने; अपर्झट आइपरेको ।
7223 आपी ना. पश्चिमी नेपालमा रहेको एक हिमालचुलीको नाउँ ।
7224 आपूरण ना. भर्ने काम; पूरा गर्ने क्रिया वा प्रक्रिया |
7225 आपूरित वि. राम्ररी भरिएको; भरिभराउ भएको; पूरापूर भएको ।
7226 आपूर्ति ना. १. दैनिक तथा सामयिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम ।
7227 आपूर्ति ना. २. आवश्यक उपभोग्य वस्तु खाँचो भएमा सामान्य जनतालाई उपलब्ध गराउने काम ।
7228 आपेक्षिक वि. १. कसैको अपेक्षा राख्ने; सापेक्षक ।
7229 आपेक्षिक वि. २. अरूको आश्रयमा रहने; आश्रित ।
7230 आप्त वि. १. पाएको; प्राप्त।
7231 आप्त वि. २. विश्वासप्राप्त; विश्वासयोग्य । ना.
7232 आप्त वि. ३. विश्वास भएको व्यक्ति; आत्मीय जन ।
7233 आप्त वि. ४. योगशास्त्रअनुसार मानिने शब्द प्रमाण |
7234 आप्तकाम वि. १. इच्छा पूरा भएको; मनले सोचेको कुरो पुगेको ।
7235 आप्तकाम वि. २. सांसारिक विषयवासना त्याग गरेको ।
7236 आप्तकारी वि. १. लुकेर काम गर्ने । ना.
7237 आप्तकारी वि. २. भरपर्दो सेवक ।
7238 आप्तजन/वर्ग ना. आफ्ना र आफन्तहरूको वर्ग वा समूह; मित्रमण्डली |
7239 आप्तवाक्य ना. आफन्तहरूको कुरो; शिष्ट वा मान्य जनहरूको वाक्य |
7240 आप्ति ना. १. पाउने काम; लाभ; प्राप्ति; उपलब्धि ।
7241 आप्ति ना. २. निर्दिष्ट स्थानमा पुग्ने स्थिति; मिलन।
7242 आप्ति ना. ३. पूर्णता ।
7243 आप्पै वि.बो. पीडा, हर्ष, उन्माद आदिमा अचानक मुखबाट निकालिने शब्द । (उदा.- आप्पै ! कस्तो चिसो पानी रहेछ ! ) ।
7244 आप्रवास ना. एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसाइँ सराइ |
7245 आप्रवासी वि. अर्कै देशबाट आएर बस्ने वा बसेको (व्यक्ति) ।
7246 आप्रोन ना. जिउमा फोहरमैलो नलागोस् भनी भान्सामा भात पकाउँदा भान्सेले अथवा ज्यासल, कारखानाहरूमा काम गर्दा प्राविधिकहरूले लगाउने जामाका आकारको आवरण ।
7247 आप्लावन ना. १. नदी, तलाउ आदिमा नुहाउने काम; पानीमा चोपलिएर शरीर भिजाउने प्रक्रिया ।
7248 आप्लावन ना. २. गोता मार्ने काम; डुबुल्की ।
7249 आप्लावित वि. १. आप्लावन भएको वा गरिएको; डुबुल्की लगाएको ।
7250 आप्लावित वि. २. भिजाइएको ।