Dictionary

All Word

7101 आधिदैविक वि. १. दैव, प्रकृति आदिबाट प्राप्त हुने; देवताहरूबाट प्रेरित ।
7102 आधिदैविक वि. २. भूतप्रेत आदिबाट हुने ।
7103 आधिदैविक वि. ३. भाग्यले हुने ।
7104 आधिपत्य ना. अधिपति हुनाको भाव वा अवस्था; प्रभुत्व; स्वामित्व |
7105 आधिभौतिक वि. १. भौतिक पदार्थ तथा बाघ, भालु, सर्प आदि जीवजन्तुका कारणले वा तिनद्वारा उत्पन्न हुने (भय, पीडा, रोग इ.)।
7106 आधिव्याधि ना. मानसिक र शारीरिक पीडा; व्यर्थको भुटो र कष्ट; मन र शरीरमा हुने कष्ट ।
7107 आधुनिक वि. भर्खर भर्खर निस्केको, चलेको वा अस्तित्वमा आएको; हालसालको; आजकालको; वर्तमान समयको; नयाँ ।
7108 आधुनिकता ना. आधुनिक हुनाको अवस्था वा भाव; नवीनता; अर्वाचीनता ।
7109 आधुनिक आर्यभाषा ना. संस्कृत भाषाबाट प्राकृत र प्राकृतबाट अपभ्रंश हुँदै रूपान्तरण भएका आर्यभाषाका विविध रूप ।
7110 आधुनिक मानव ना. इसापूर्व दश हजार वर्ष पहिलेको मानव; आधुनिक युगको मान्छे ।
7111 आधुनिक मानवयुग ना. इसापूर्व दश हजार वर्षपहिले प्रारम्भ भएको मानवयुग ।
7112 आधुनिक युग ना. इसाभन्दा दश हजार वर्षपहिले सुरु भएको र आजसम्म चल्दै आएको युग ।
7113 आधुनिकीकरण ना. पुरानो परम्परा, रीतिरिवाज एवम् सभ्यतालाई नयाँ वा आधुनिक बनाउने काम वा प्रक्रिया |
7114 आधेय ना. १. कुनै आधारमाथि राखिएको वस्तु; आश्रित वस्तु ।
7115 आधेय ना. २. व्याकरणअनुसार सप्तमी विभक्तिको चिह्न । वि.
7116 आधेय ना. ३. स्थापित गरिएको; राखिएको ।
7117 आधेय तत्त्व ना. शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता नभएको रूपिम; मूल शब्दमा गाँसिने पूर्वसर्ग, परसर्ग आदि ।
7118 आध्यात्मिक वि. १. अध्यात्मसित सम्बन्ध राख्ने; अध्यात्मसम्बन्धी; आत्मासम्बन्धी ।
7119 आध्यात्मिक वि. २. ब्रह्म वा जीवसम्बन्धी ।
7120 आनकातान वि. कताको कता; ज्यादै धेरै; अत्यन्त ठुलो (फरक ) ।
7121 आनत वि. १. निहुरेको; झुकेको; नुहेको ।
7122 आनत वि. २. नम्र; विनयी; विनीत ।
7123 आनति ना. १. झुकाइ; निहुराइ ।
7124 आनति ना. २. नमस्कार गर्ने काम; प्रणाम ।
7125 आनति ना. ३. सत्कार; सम्मान।
7126 आनन ना. १. मुख; मुहार; चेहरा । ( प्रायः समस्त शब्दका पछिल्तिर, जस्तै- चतुरानन, पञ्चानन, षडानन, गजानन आदि) ।
7127 आनन ना. २. अध्याय; परिच्छेद ।
7128 आनन्द ना. १. कुनै अभीष्ट वस्तुको प्राप्ति तथा सुखद स्थितिमा वा कुनै मङ्गलकार्य सम्पन्न हुँदा मनमा हुने प्रिय अनुभूति; हर्ष; प्रसन्नता; खुसी ।
7129 आनन्द ना. २. कुनै आपत्ति वा दुःखकष्ट, बिस्मात आदि नभएको मानसिक अवस्था ।
7130 आनन्द ना. ३. सन्चो; सजिलोपना ।
7131 आनन्दमय वि. १. आनन्दले भरिएको; सुखपूर्ण; हर्षयुक्त | ना.
7132 आनन्दमय वि. २. परब्रह्म; परमानन्द ।
7133 आनन्दमय कोश ना. वेदान्तशास्त्रका अनुसार आत्माका पाँच कोश वा आवरणमध्ये एक; अन्नमय, प्राणमय, मनोमय र विज्ञानमय कोशपछि परिगणित अन्तिम कोश |
7134 आनन्ददायी वि. आनन्द दिने; सुख दिने; हर्षप्रद ।
7135 आनन्दमत्ता / सम्मोहिता ना. सम्भोगको आनन्दमा अत्यन्त निमग्न र मुग्ध भएकी प्रौढा नायिका ।
7136 आनन्दातिरेक ना. आनन्दको पराकाष्ठा; अति आनन्द; हर्षातिरेक |
7137 आनन्दाश्रु ना. ज्यादै खुसी वा आनन्दका बेलामा आउने आँसु; हर्षाश्रु ।
7138 आनन्दित वि. आनन्दमा निमग्न भएको; हर्षित; प्रसन्न; प्रफुल्ल ।
7139 आनन्दी वि. १. अति सुख चाहने; सोखी; मनमोजी; अलमस्त ।
7140 आनन्दी वि. २. सधैँ प्रसन्न वा खुसी रहने ।
7141 आनम्य वि. १. निहुरिने; लचिलो ।
7142 आनम्य वि. २. फेर्न सकिने ।
7143 आनम्य संविधान ना. देश, काल, परिस्थितिअनुसार परिवर्तन गर्न सकिने संविधान ।
7144 आना ना. १. चार पैसाको समुदाय; रुपियाँको पच्चिसौं भाग ।
7145 आना ना. २. सोह्र भागको एक भाग (जमिन, सम्पत्ति आदि) ।
7146 आनाकानी ना. आलटाल; आनेकाने; लस्याङलुङ ।
7147 आनामानी वि. यता न उताको; अलपत्र परेको; बिचको (उदा.- जेठो छोरो, कान्छो नानी, माहिलो छोरो आनामानी । -उखान ) ।
7148 आनामासे ना. महिना दिनभरिमा एक रुपियाँको एक आना ब्याज पाक्ने दर |
7149 आनासुका ना. १. मोहोरभन्दा घटीका चानचुन पैसा; खुजुरा पैसा । २ आना र सुका; आनादेखि सुकासम्मका पैसा ।
7150 आनासुकी ना. आनासुका ।