Dictionary

All Word

6751 असामान्य वि. १. सामान्य नभएको; असाधारण ।
6752 असामान्य वि. २. विलक्षण; अपूर्व ।
6753 असामान्यता ना. असाधारणता ।
6754 असामी ना. १. साहुसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार ।
6755 असामी ना. २. रिन लिनेदिने काम ।
6756 असामी ना. ३. स्याहा, सेस्ता, लेख आदिमा महल छुट्ट्याई तल लेखिने कलम |
6757 असाम्प्रदायिक वि. १. कुनै सम्प्रदाय विशेषसित सम्बन्ध नराख्ने वा नभएको, सम्प्रदाय नमान्ने ।
6758 असाम्प्रदायिक वि. २. परम्पराविरुद्ध; रूढिविरुद्ध ।
6759 असार वि. १. सार नभएको; निस्सार; गुदी नभएको; खोक्रो ।
6760 असार वि. २. खाली; शून्य; रित्तो ।
6761 असार वि. ३. तुच्छ; तल्लो खालको; क्षुद्र ।
6762 असार ना. विक्रम संवत् अनुसार वैशाख महिनादेखि गन्दै जाँदा आउने तेस्रो महिना; जेठपछि र साउनभन्दा पहिले आउने महिना; आषाढ ।
6763 असार पन्ध्र ना. १. असार महिनाको पन्ध्र गते; सो दिनमा पर्ने किसानहरूको दहीचिउरा खाने चाड ।
6764 असार पन्ध्र ना. २. रोपाइँको चापाचाप ।
6765 असार पन्ध्र ना. ३. मध्य असार; खेतीपातीका कामको बिच समय ।
6766 असारे वि. १. असार महिनाको; असार महिनासँग सम्बन्धि।
6767 असारे वि. ना. २. असार महिनामा विभिन्न रङमा फुल्ने एक प्रकारको फूल |
6768 असारे वि. ३. असार महिनामा धानको रोपाइँ गर्दा गाइने एक प्रकारको लोकगीत |
6769 असावधान वि. सावधान नभएको; होसियार नभएको; लापर्बाही गर्ने; सतर्क नभएको ।
6770 असावधानी वि. सावधानहीनता; बेहोसिपन।
6771 असि ना. लामो खड्ग; तरबार ।
6772 असिजीवी वि. तरबार चलाएर निर्वाह गर्ने; हतियार चलाएर जीविका चलाउने; सैनिक |
6773 असिऔँ वि. असी सङ्ख्यामा पर्ने; असी सङ्ख्याको ।
6774 असित वि. १. कालो वर्णको; कालो रङको कृष्ण वर्णको ।
6775 असित वि. २. खराब; कमसल ।
6776 असिद्ध. वि. १. सिद्ध नभएको; अप्रामाणिक ।
6777 असिद्ध. वि. २. अपुरो; अपूर्ण ।
6778 असिद्ध. वि. ३. निष्फल; विफल; असफल ।
6779 असिद्धि ना. १. सिद्ध नहुने स्थिति वा अवस्था; अपूर्णता ।
6780 असिद्धि ना. २. सोमत भएको व्यक्ति बिसिद्धि ।
6781 असिद्धि ना. ३. छुक नभएको मानिस; बिछुकी ।
6782 असिनपसिन क्रि.वि. पसिनो धपेडी र पसिनाले भिज्ने गरी; सकी नसकी परिश्रम गर्दागर्दै; तरबर ।
6783 असिना ना. पानी पर्दा झर्ने गुच्चा, केराउ, आलु आदिका आकारका बरफका डल्ला ।
6784 असिना पानी ना. असिना र पानी ।
6785 असिनु ना. असिनाको डल्लो |
6786 असिने वि. असिनासम्बन्धी; असिनाको ।
6787 असिने पाथी ना. मन्त्रद्वारा असिनाको मेहरो तर्काउने विधि गर्ने प्रायः लामालाई दिइने अन्न ।
6788 असियौँ वि. असी सङ्ख्यामा पर्ने; असी सङ्ख्याको ।
6789 असी वि. १. उनासी र एकको योगसङ्ख्याको ।
6790 असी वि. ना. २. उनासी र एकको योगबाट बन्ने अङ्क; ८० को अङ्क ।
6791 असीऔँ/असीयौँ वि. हे. असिऔं ।
6792 असीम वि. १. सीमा नभएको; हदबन्दी नभएको; बेहदको ।
6793 असीम वि. २. ज्यादा; अपार ।
6794 असीम वि. ३. कुनै कुराले पनि आँक्न नसकिने ।
6795 असीमित वि. १. सीमारहित; सीमित नभएको; हदबन्दी नतोकिएको ।
6796 असीमित वि. २. अपार; ज्यादा ।
6797 असुद्ध वि. १. चेतना कम भएको; बेसुद्धी ।
6798 असुद्ध वि. २. बेहोसी; हुस्सु ।
6799 असुन्दर वि. १. सुन्दर नभएको; नराम्रो; हिस्सी नपरेको; छाँटकाँट नमिलेको; भद्दा ।
6800 असुन्दर वि. २. वाच्यार्थभन्दा पनि कम चमत्कार अर्थ बुझाउने गुणीभूत व्यङ्ग्यको एक भेद ।