Dictionary

All Word

6651 आगे क्रि.वि. २. यसपछि; उप्रान्त।
6652 आगो ना. १. तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु अग्नि।
6653 आगो ना. २. रिस; क्रोध।
6654 आगोपानी ना. १. आगो र पानी।
6655 आगोपानी ना. २. वैरभाव; शत्रुता।
6656 आग्निक वि. आगाको; आगोसम्बन्धी।
6657 आग्नेय वि. १. आगाको आगोसम्बन्धी। ना.
6658 आग्नेय वि. २. पूर्व र दक्षिण दिशाको कोण; अग्निकोण |
6659 आग्नेय परिवार ना. हे. अग्नेली परिवार।
6660 आग्नेयास्त्र ना. प्रहार गर्दा आगाको वर्षा हुने एक अस्त्र; अग्निबाण; दिव्यास्त्र |
6661 आग्रह ना. १. कुनै कुराका निम्ति कसैलाई विनय तथा जोडसाथ गरिने अनुरोध; बारम्बारको प्रार्थना।
6662 आग्रह ना. २. हठ; जिद्दी |
6663 आग्रह ना. ३. तत्परता।
6664 आग्रह ना. ४. लिने वा ग्रहण गर्ने क्रिया।
6665 आग्रहायण ना. मङ्सिर महिना; मार्गशीर्ष महिना अघन; अगहन।
6666 आग्रही वि. १. आग्रह गर्ने; प्रार्थना गर्ने।
6667 आग्रही वि. २. हठी; जिद्दीवाल |
6668 आग्री ना. १. ढुङ्गाको काम गर्ने कालिगड वा एक जाति; खानीबाट ढुङ्गा झिक्ने कामदार; आगरी।
6669 आग्री ना. २. फलामखानीमा काम गर्ने मजदुर | वि.
6670 आग्री ना. ३. सन्तोष नहुने; असन्तोषी |
6671 आग्लिनु अ.क्रि. १. आग्लो लाग्नु।
6672 आग्लिनु अ.क्रि. २. बन्द हुनु।
6673 आग्ले वि. १. आग्लो भएको; आग्लोसम्बन्धी।
6674 आग्ले घर ना. दैलाको भित्री भागमा आग्लो छिराउन बनाइएको प्वाल वा कापो; दैलाको गाँड |
6675 आग्लो ना. १. झ्यालढोका बन्द गर्ने मोटो र लामो काठ वा डन्डी।
6676 आग्लो ना. २. अर्काको कामकुरामा हालिने भाँजो; काममा आइपर्ने बाधा वा अड्काउ |
6677 आघात ना. १. एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार
6678 आघात ना. २. चोटपटक।
6679 आघात ना. ३. मानसिक कष्ट वा व्यथा।
6680 आघात ना. ४. हत्या; वध।
6681 आघात ना. ५. वाक्यभित्रको खास शब्दमाथि र शब्दभित्रको खास अक्षरमाथि दिइने विशेष जोड स्वराघात।
6682 आघुँ क्रि.वि. अर्को साल आउँदो वर्ष आघौं।
6683 आघोष ना. १. ठुलो स्वरले बोलाउने काम; आह्वान |
6684 आघोष ना. २. हपार्ने वा झपार्ने काम।
6685 आघौँ क्रि.वि. आउने साल; आउँदो वर्ष; आगामी वर्ष; आघुँ।
6686 आघ्राण ना. १. सुँघ्ने वा बास्ना लिने काम।
6687 आघ्राण ना. २. अघाउने वा तृप्त हुने गरी सुँघ्ने क्रिया।
6688 आघात वि. १. सुँधिएको; बास्ना लिइएको।
6689 आघात वि. २. सन्तुष्ट; तृप्त।
6690 आङ ना. १. शरीर; देह।
6691 आङ ना. २. पछाडिपट्टिको ढाड; पिठिउँ; आँग।
6692 आङअठिडर / अठिङ्गर ना. शरीरका अवयव र तिनीहरूको जोर्नी।
6693 आङ खोलाइ ना. तलासी लिने काम; साथमा राख्न नहुने कुरा शरीरभित्र लुकाएर राखिएको छ कि भनी छाम्ने वा हेर्ने प्रक्रिया।
6694 आन ना. हे. आँगन।
6695 आङ फर्काइ ना. १. कोल्टे फेर्ने काम।
6696 आङ फर्काइ ना. २. अरूका कुरा मन नपरी पछाडि फर्कने चाल वा स्थिति।
6697 आङ फर्काइ ना. ३. बालक पैदा हुँदा पाठेघरसमेत साथसाथै बाहिर निस्कने अवस्था; भँडाल्नु फर्काइ।
6698 आङ लाग्नु टु. खाएका कुराको रस शरीरमा भिज्नु र पोस लाग्नु।
6699 आङा ना. हे. आँगा।
6700 आङ्गारिक वि. १. अँगारसम्बन्धी; अँगारको काम गर्ने। ना.