Dictionary

All Word

6501 आकर्षण ना. २. मानिस वा वस्तुलाई आफूपट्टि तान्ने तान्त्रिक विद्या वा कुशलता; मुहुनी।
6502 आकर्षण शक्ति ना. कसैलाई प्रभावित वा मोहित पारी आफूतिर खिच्ने भौतिक शक्ति वा विशेषता।
6503 आकर्षित वि. आकर्षण गरिएको; घिच्च्याइएको; तानिएको।
6504 आकलझुकल क्रि.वि. कुनै कुनै बेला; कहिलेकाहीँ; मुस्किलले एकदुईपल्ट; आक्कलझुक्कल।
6505 आकलन ना. १. लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम।
6506 आकलन ना. २. गणना गर्ने काम; गन्ती।
6507 आकलन ना. ३. भावी कार्यका बारेमा सोचेर गरिने कल्पना वा अनुमान।
6508 आकलनीय वि. आकलन गर्न योग्य आकलन गर्न सुहाउँदो।
6509 आकलित वि. सञ्चय वा जम्मा गरिएको; आकलन गरिएको।
6510 आकल्प क्रि.वि. कल्प रहुन्जेल; पृथ्वी जलामय नभएसम्म कल्पभर।
6511 आकस्मिक वि. अकस्मात् भएको; अचानक भएको वा गरिएको अपर्झटको कार्य; दुर्घटना इ.)।
6512 आकस्मिक कोष ना. सरकारी वा गैरसरकारी संस्था आदिमा अकस्मात् पर्ने कामका निम्ति नगद वा जिन्सी जम्मा गरिएको राशि; जगेडा कोष।
6513 आकस्मिकता ना. अकस्मात् हुनाको भाव वा अवस्था; एकाएक घट्ने वा हुने प्रक्रिया भवितव्यता।
6514 आकस्मिकतावाद ना. संसारमा जेजति हुन्छ वा भएको छ अकस्मात् वा घटनावश नै हुन्छ भन्ने एक सिद्धान्त।
6515 आकस्मिकतावादी वि. आकस्मिकतावादको आकस्मिकतावादको अनुयायी; सिद्धान्त मान्ने।
6516 आका ना. गुहु; आची।
6517 आकाङ्क्षा ना. १. कुनै कुराको इच्छा; अभिलाषा।
6518 आकाङ्क्षा ना. २. वाक्यार्थको ज्ञानका निम्ति पछि आउने शब्दको चाहना गर्ने क्रिया।
6519 आकाङ्क्षित वि. इच्छा गरिएको; चाहिएको; अभिलषित।
6520 आकाङ्क्षी वि. इच्छा गर्ने; चाहने; अभिलाषी।
6521 आकार ना. १. कुनै वस्तुको स्वरूप; आकृति ( साइज )।
6522 आकार ना. २. कद।
6523 आकार ना. ३. बान्की बनावट।
6524 आकार ना. ४. 'आ' अक्षर वा 'आ' को चिहन |
6525 आकार ना. ४. इसारा; सङ्केत।
6526 आकारवान् वि. १. स्वरूप वा आकृति भएको; साकार।
6527 आकारवान् वि. २. रूपवान्; सुन्दर।
6528 आकारवान् वि. ३. सगुण।
6529 आकारान्त वि. अन्तमा 'आ' हुने (अक्षर)
6530 आकारित वि. कुनै रूप वा आकार दिइएको आकारमा ढालिएको।
6531 आकाश ना. १. पृथ्वी तथा ग्रहनक्षत्रका बिचको मास्तिर हेर्दा खुला र निलो देखिने शून्य अपार स्थान; अकास; सगर; आसमान; अन्तरिक्ष।
6532 आकाश ना. २. गणितमा शून्यको पर्याय।
6533 आकाशकुसुम ना. आकाशको फूल; हुनै नसक्ने कुरो।
6534 आकाशखेती ना. १. आकाशबाट परेका पानीको भरमा हुने खेती।
6535 आकाशखेती ना. २. आकाशवृत्ति।
6536 आकाशखेती ना. ३. बेकार भएर गएको खेती; बालीनालीशून्य खेती।
6537 आकाशगङ्गा ना. आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना साना नक्षत्रहरूको समूह; निहारिका।
6538 आकाशचारी ना. आकाशमा हिँड्ने वा उड्ने नक्षत्र, ग्रह, पन्छी, देवता आदि।
6539 आकाशदीप ना. कात्तिक महिनामा अग्लो लिङ्गामा झुन्ड्याएर बालिने बत्ती; आकाशबत्ती।
6540 आकाशफल ना. आकाशमा रहेको फल; पाउन नसकिने कुरो।
6541 आकाशबत्ती ना. आकाशदीप |
6542 आकाशबेली ना. चमेलीका आकारको एक प्रकारको फूल फुल्ने लहरो।
6543 आकाशभाषित वि. नाटकमा नटले आकाशतिर फर्केर एक्लै गरेको वा बोलेको (कुरो); नाटकमा एक्लै अदृश्य व्यक्तिसित गरिएको वा बोलिएको (कुरो)।
6544 आकाशमण्डल ना. आकाशको घेरो।
6545 आकाशमार्ग ना. आकाशको बाटो वायुयानको मार्ग।
6546 आकाशयान ना. हवाईजहाज; वायुयान; विमान।
6547 आकाशवल्ली ना. सिमाली आदिको बोट वा झाङमा स्वतः फैलिने पात; फल आदि केही नहुने हरियो वा पहेंलो लहरो; अमरवल्ली।
6548 आकाशवाणी ना. १. आकाशबाट बोलिने बोली देववाणी।
6549 आकाशवाणी ना. २. तारको सम्बन्धविना नै यन्त्रद्वारा आउने शब्द; रेडियोबाट सुनिने शब्द |
6550 आकाशवृत्ति ना. खानका निम्ति कुनै पेसा वा आधार नभएको तथा परिश्रम नगरिने अवस्था वा व्यवहार; अनिश्चित वृत्ति।