Dictionary

All Word

6351 अवैज्ञानिक वि. ३. वैज्ञानिक रीति वा सिद्धान्तबाट प्रतिपादन नभएको ।
6352 अवैतनिक वि. १. वेतन वा पारिश्रमिक नलिई काम गर्ने ।
6353 अवैतनिक वि. २. वेतन वा मजदुरी नपाइने ।
6354 अवैध वि. वैध नभएको; विधि वा विधानको प्रतिकूल; नियमविरुद्ध; कानुनविरुद्ध; अवैधानिक ।
6355 अवैध निरोधन ना. कुनै व्यक्तिलाई गैरकानुनी तवरबाट रोक्ने वा छेको हाल्ने काम ।
6356 अवैध प्रेषण ना. कुनै सामान वा वस्तु अवैध तरिकाबाट एक ठाउँबाट अर्को ठाउँ पठाउने काम ।
6357 अवैध विवाह ना. उमेर नपुगी गरिएको विवाह; सामाजिक मर्यादा र नियमविपरीत गरिएको विवाह; ढाँटीछली गरिएको विवाह; कानुनले मान्यता दिन नसक्ने गरी गरिएको विवाह ।
6358 अवैध साक्षी ना. कानुनअनुसार बस्न नहुने वा राख्न नहुने साक्षी; कानुनविरुद्ध साक्षी ।
6359 अवैधाचरण ना. कानुनविरुद्ध गरिने व्यवहार वा आचरण ।
6360 अवैधानिक वि. विधान वा संविधानको नियमअनुकूल नभएको; नियमविरुद्ध ।
6361 अव्यक्त वि. १. व्यक्त वा प्रकट नभएको; प्रत्यक्ष नभएको; लुकेछिपेको; अज्ञात ।
6362 अव्यक्त वि. २. नजानिएको; अथाह; अगोचर ।
6363 अव्यक्त वि. ३. प्रतिपादन गर्न नसकिने अनिर्वचनीय ।
6364 अव्यक्त वि. ४. रूप, गुण केही नभएको ।
6365 अव्यक्त वि. ना. ५. ईश्वर वा ब्रह्म ।
6366 अव्यक्त वि. ६. जीवको सूक्ष्म शरीर ।
6367 अव्यक्त वि. ७. शिव ।
6368 अव्यक्त वि. ८. कामदेव |
6369 अव्यक्त वि.
6370 अव्यक्त वि. ९. प्रकृति (साङ्ख्य) ।
6371 अव्यक्त शब्द ना. वर्णहरू नखुट्टिने अस्पष्ट शब्द |
6372 अव्यक्तानुकरण ना. अव्यक्त पद वा शब्दको उच्चारणको मिल्दोजुल्दो अनुकरण; पशुपक्षीको बोलीको मानिसद्वारा गरिने अनुकरण ।
6373 अव्यय ना. १. व्याकरणशास्त्रअनुसार लिङ्ग, वचन, कारक आदिका दृष्टिले सधैँ एक रूपमा रहने शब्द वा पद; अविकारी शब्द वा पद (अनि, पनि, र इ.) ।
6374 अव्यय ना. वि. २. कुनै व्यय वा विकार नभएको; एकनास रहने ।
6375 अव्यय ना. ३. आदिअन्त्य नभएको ।
6376 अव्यय ना. ४. नित्य; शाश्वत ।
6377 अव्यय ना. ५. खर्च नहुने; अविनाशी ।
6378 अव्ययीभाव ना. अव्ययका साथ पूर्वपद वा उत्तरपदको समास हुने र अव्ययकै अर्थ प्रधान हुने एक समास (हरसाल, जाने झैँ, तलमाथि इ.) ।
6379 अव्ययीभाव समास ना. समासका छ भेद तत्पुरुष, अव्ययीभाव, द्वन्द्व, द्विगु कर्मधारय र बहुब्रीहिमध्ये एक भेद |
6380 अव्यर्थ वि. व्यर्थ नभएको वा नहुने; सफल; अचुक ।
6381 अव्यवसाय ना. १. कुनै व्यवसाय या इलम नभएको स्थिति ।
6382 अव्यवसाय ना. २. नराम्रो व्यवसाय |
6383 अव्यवसाय ना. वि. ३ बेकार; अनुद्यमी; अल्सी ।
6384 अव्यवसायी वि. व्यवसाय नभएको; बेइलमी; अनुद्योगी ।
6385 अव्यवस्था ना. १. व्यवस्था (क्रम, नियम, मर्यादा आदि) को अभाव |
6386 अव्यवस्था ना. २. शास्त्रविरुद्ध आचरण ।
6387 अव्यवस्था ना. ३. प्रबन्ध आदिमा गडबडी; गोलमाल; कुव्यवस्था |
6388 अव्यवस्थित वि. व्यवस्था नभएको वा नमिलेको ।
6389 अव्यवहार्य वि. १. व्यवहार वा काममा लिन नसकिने; व्यवहारप्रतिकूल ।
6390 अव्यवहार्य वि. २. व्यवहार गर्न नसकिने ।
6391 अव्यवहार्य वि. ३. पतित ।
6392 अव्यवहृत वि. व्यवहार नगरिएको; उपयोगमा नल्याइएको ।
6393 अव्याघात वि. व्याघात वा विघ्न नभएको; छेकाभाँजा नभएको; बेरोकटोक |
6394 अव्यापार ना. व्यापार वा कामको अभाव; उद्योगहीनता ।
6395 अव्याप्त वि. व्याप्त नभएको; नफैलिएको ।
6396 अव्याप्ति ना. १. व्याप्तिको अभाव; व्याप्त नभएको अवस्था वा भाव।
6397 अव्याप्ति ना. २. भनाइ, लक्षण वा विवरण पूरै प्रदेशमा नमिल्ने स्थिति; लक्षण वा परिभाषामा पर्न सक्ने तीन दोष अव्याप्ति, अतिव्याप्ति र असम्भवमध्ये एक।
6398 अव्याहत वि. १. कुनै बाधा वा विघ्न नभएको ।
6399 अव्याहत वि. २. कुनै क्षति वा टुटफुट नभएको ।
6400 अव्याहत वि. ३. पूरै ठिक वा साँचो ।