Dictionary

All Word

6401 आँटी३ ना. रुखकटहरको कोयाभित्रको बियाँ |
6402 आँटो ना. १. मकै पिँधेर पिठो भाग छाँटी बाँकी रहेको छोक्रा; मकैको भात।
6403 आँटो ना. २. आँटा।
6404 आँठ ना. शरीरका करङको जोर्नी; करङ र मेरुदण्डका बिचको सन्धिस्थल |
6405 आँठ अठिङर / अठिङ्गर ना. १. शरीरका अङ्ग; उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी।
6406 आँठ अठिङर / अठिङ्गर ना. २. कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल |
6407 आँठकाँठ ना. १. शरीरका अङ्ग; उपाङ्गको जोर्नी वा सन्धिस्थल।
6408 आँठकाँठ ना. २. कुनै वस्तुहरू जोडिएको भाग।
6409 आँठकाँठ ना. ३. काँठवरपरको भाग।
6410 आँठा ना. है. आँठो।
6411 आँठाआँठी ना. सानाठुला धेरै आँठाको समूह।
6412 आँठासरह क्रि.वि. साँधसिमानाका जग्गाको अनुसार वा सो जग्गामा चलेभए झैँ ( मोलतोल; तिरो; उब्जनी इ.)।
6413 आँठी ना. पराल, घाँस आदिको सानो मुठो।
6414 आँठे१ वि. आँठैआँठा भएको; मुठैमुठा पारेको; चुल्ठैचुल्ठा बनेको।
6415 आँठे२ ना. १. प्रायः आठ दिने म्यादी ज्वरो; आठ दिनमा बिरामी निको हुने वा मर्ने डरलाग्दो सरुवा ज्वरो।
6416 आँठे२ ना. २. अन्तिम व्यथा | वि.
6417 आँठे२ ना. ३. लठुवा |
6418 आँठो ना. १. खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बिचमा लगाइएको आली।
6419 आँठो ना. २. सानो फोगटो।
6420 आँठो ना. ३. कसैका भागको खेतबारीका छेउको आली वा डिल; जग्गाजमिनको साँध सिमाना।
6421 आँठो ना. ४. खर वा परालको कल्ली वा मुठो।
6422 आँठो ना. ५. पराल आदिका डोरीको पोयो।
6423 आँठो ना. ६. सुर्तीको जगटा।
6424 आँठो ना. ७. पातको मुठो।
6425 आँठो ना. ८. केटाकेटीले सिन्कौली खेल्दा सिन्को लुकाउने बालुवा वा धुलाको थुप्रो।
6426 आँठो ना. ९. एउटै पारी बाट कपालको चुल्ठो।
6427 आँठोचुल्ठो ना. केश, धागो आदिको बटारिएको डोरो।
6428 आँड ना. स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको द्विफलक वा दोहोरो छालाको थैली; अण्डकोष; आँडा; आँडो।
6429 आँड मोल्नु टु. कसैलाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवाशुश्रूषा गर्नु। (उदा.- फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता हो)।
6430 आँडआँडा ना. आँड; अण्डकोष।
6431 आँडु वि. १. अण्डकोष वा आँडा भएको लिङ्ग वा जननेन्द्रियको नसच्छेदन वा अन्य तरिकाद्वारा प्रजननशक्ति नछिनालिएको (घोडा; साँढे आदि), नसुमरिएको खसी नपारिएको।
6432 आँडु वि. २. नसुमरिएको घोडा, साँढे आदि जस्तै चाडू वा अडमिल्दो। (उदा.- कोही पनि रामेलाई मन पराउँदैनन् ! किनभने ऊ आँडू छ।)।
6433 आँडे वि. १. आँड वा अण्डकोष भएको।
6434 आँडे वि. २. एउटाका तुलनामा अर्कोचाहिँ आँड ठुलो भएको।
6435 आँडे वि. ३. एउटै मात्र आँड भएको।
6436 आँडे वि. ४. अडमिल्दो वा नमिल्दो। (उदा.- ए कान्छा, तँ त कस्तो आँडे कुरा गर्छस् हँ !) |
6437 आँडो ना. अण्डकोष; आँड।
6438 आँत ना. १. अन्तःकरण; आशय; मनको भाव।
6439 आँत ना. २. आन्द्रो।
6440 आँत ना. ३. शरीरको भित्री भाग।
6441 आँत ना. ४. कुनै वस्तुको भित्री तह वा भाग।
6442 आँतर ना. १. खेतबारी जोत्दा मेलो बढाउने क्रममा सियो डोबिएका ठाउँको बिचमा छुटेको बाँझो जग्गा।
6443 आँतर ना. २. खेतबारी खन्ने काममा एकले अर्कालाई उछिन्ने काम।
6444 आँधी ना. १. धुलो र पातपतिङ्गर उडाउँदै, रुखबुट्टा र घरहरू हल्लाउँदै र लतार्दै वेगसित चलेको पानीको थोप्ला परेको वा नपरेको बतास; हुरी; आँधीबेहरी।
6445 आँधी ना. २. ठुलो समस्या।
6446 आँधी ना. ३. नभएको कुरा।
6447 आँधीबेहरी ना. आँधी |
6448 आँधो ना. १. सर्पको जस्तो आकार भएको, आँखा नदेख्ने एक जातको माछो। वि.
6449 आँधो ना. २. भनेको कुरा नबुझ्ने वा नसम्झने; असो।
6450 आँधो ना. ३. अन्धो।