Dictionary

All Word

6151 अवशता ना. अर्काका वशमा नरहेको स्थिति वा भाव; पराधीनताको अभाव; स्वतन्त्रता ।
6152 अवशिष्ट वि. १. अवशेष रहेको; कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको; बचेको; शेष रहेको ।
6153 अवशिष्ट वि. २. खाएर बाँकी रहेको; पेट भरिएर बचेको ।
6154 अवशिष्ट वि. ना. ३. पुरा ।
6155 अवशिष्ट शक्ति ना. संविधान वा ऐनकानुन आदिमा स्पष्टसँग नतोकिएको भए पनि प्रसङ्गले प्रयोग गर्न सकिने शक्ति वा अधिकार।
6156 अवशिष्ट पर्वत ना. अनावृत्तीकरणद्वारा नरम भाग खिइएर बाँकी रहेको पहाडी भाग; पेखर ।
6157 अवशेष ना. १. उपयोग वा उपभोगमा आएर बचेखुचेको वस्तु; शेष; पुरा ।
6158 अवशेष ना. वि. २. अवशिष्ट ।
6159 अवश्य क्रि.वि. १. नगरी नहुने; गर्नै पर्ने ।
6160 अवश्य क्रि.वि. २. निश्चय नै; जरुर; पक्का |
6161 अवश्यमेव क्रि.वि. निश्चय नै; पक्कापक्की |
6162 अवश्यम्भावी वि. अवश्य भइछाड्ने; भविष्यमा कुनै घटना घट्ने निश्चय भएको; पक्कै हुने ।
6163 अवसन्न वि. १. आपत्विपत्मा परेको; दुःख पाएको; विपन्न ।
6164 अवसन्न वि. २. खेदमा परेको; खिन्न ।
6165 अवसर ना. १. कुनै कामकुरो गर्न मिल्दोजुल्दो स्थिति; अनुकूलता; मौका; समय।
6166 अवसर ना. २. अवकाश; फुर्सद।
6167 अवसर ग्रहण ना. समय पाएको अवस्था; फुर्सद लिएको स्थिति ।
6168 अवसरवाद ना. मौकाछोपाइबाट लाभ उठाउने वा स्वार्थपूर्ति गर्ने सिद्धान्त; ताकछोपुवा मत; ताकछोपाइको सिद्धान्।
6169 अवसरवादिता ना. अवसर हेरेर लाभ उठाउने काम; मौकाछोपाइ; ताकछोपुवापन।
6170 अवसरवादी वि. १. अवसरवादको अनुयायी वा समर्थक।
6171 अवसरवादी वि. २. आफ्नो फाइदाका निम्ति मौका छोप्न सिपालु; आफ्नो मात्र चाँजोपाँजो मिलाउने (व्यक्ति)।
6172 अवसाद ना. १. मनमा पर्ने पछुताउ; खेद ।
6173 अवसाद ना. २. उत्साह, आशा, शक्ति आदिको अभाव ।
6174 अवसाद ना. ३. थकाइ; ग्लानि ।
6175 अवसाद ना. ४. कमजोरी ।
6176 अवसादन ना. हेला, बिछोड आदिबाट हुने मानसिक तथा सांवेगिक प्रतिकूलताको स्थिति।
6177 अवसान ना. १. कुनै कामकुराको टुङ्ग्याउनी; समाप्ति; टुङ्गो; अन्।
6178 अवसान ना. २. पुछार; किनारा; सीमा; छेउ ।
6179 अवसान ना. ३. साँझ; बेलुकी; सायङ्काल।
6180 अवसान ना. ४. बिसाइ; विराम; विश्राम ।
6181 अवसान ना. ५. मृत्यु; मरण; नाश।
6182 अवसानकर वि. नाश गराउने; मृत्युकर।
6183 अवसिञ्चन ना. १. जल छर्कने काम ।
6184 अवसिञ्चन ना. २. बालीनालीमा पानी पटाउने काम ।
6185 अवसिञ्चित वि. १. सिञ्चन गरिएको वा छर्किएको ।
6186 अवसिञ्चित वि. २. बालीनाली आदिमा पानी पटाइएको ।
6187 अवसेचन ना. १. जल सिञ्चन गर्ने वा छर्कने काम ।
6188 अवसेचन ना. २. रोगीका शरीरबाट पसिना वा विकृत रगत झिक्ने कार्य वा प्रक्रिया।
6189 अवस्थल ना. पितापुखदिखि बसोबास गरिआएको ठाउँ; थात; थलो।
6190 अवस्था ना. १. कुनै घटना वा कार्यको स्थिति; हालत; दशा।
6191 अवस्था ना. २. बेला; समय; काल; मौका; अवसर ।
6192 अवस्था ना. ३. उमेर; आयु; वय ।
6193 अवस्था ना. ४. उमेरको स्थिति (शिशु, कुमार, किशोर, युवा, वृद्ध आदि) ।
6194 अवस्था ना. ५. जीवित प्राणीको दैनन्दिन अवस्था (जाग्रत्, स्वप्न, सुषुप्ति) ।
6195 अवस्थित वि. १. कुनै विशिष्ट स्थितिमा आएको; रहेको; बसेको।
6196 अवस्थित वि. २. मौजुद; उपस्थि।
6197 अवस्थित वि. ३. टिकेको; अडिएको ।
6198 अवस्थित वि. ४. भौगोलिक रूपमा रहेको ।
6199 अवस्थिति ना. १. कुनै घटना वा कार्यको स्थिति; वर्तमानता ।
6200 अवस्थिति ना. २. रहने काम; उपस्थिति ।