Dictionary

All Word

6001 अवज्ञात वि. अवज्ञा गरिएको; हेला गरिएको; तिरस्कृत; निन्दि।
6002 अवतरण ना. १. तल झर्ने वा ओर्लने क्रिया; यान आदि जमिनमा उत्रने काम ।
6003 अवतरण ना. २. पार लाग्ने वा पार हुने काम ।
6004 अवतरण ना. ३. अवतार ग्रहण गर्ने, जन्मने वा प्रादुर्भाव हुने क्रिया ।
6005 अवतरण ना. ४. सिँढी; घाट।
6006 अवतरण ना. ५. उद्धृत अंश; उद्धरण ।
6007 अवतरण ना. ६. प्रतिकृति वा प्रतिमूर्ति ।
6008 अवतरण चिह्न ना. अवतरण जनाउने चिह्न; हे. उद्धरण चिह्न ।
6009 अवतरण पथ ना. हवाईजहाज आदि उड्न वा उत्रनका लागि कुद्न हुने लामो बाटो ।
6010 अवतरण भूमि ना. हवाईजहाज उत्रने फराकिलो जमिन ।
6011 अवतरणिका ना. कुनै ग्रन्थको मुख्य विषयसँग सम्बन्ध राख्ने भूमिका; उपोद्घा।
6012 अवतरित वि. १. तल झरेको वा उत्रेको; ओर्लिएको।
6013 अवतरित वि. २. उद्धरण गरिएको; उद्धृत ।
6014 अवतरित वि. ३. अवतार लिएको ।
6015 अवतार ना. १. जन्म लिने वा शरीर धारण गर्ने क्रिया ।
6016 अवतार ना. २. देवताहरूले मनुष्य वा अरू प्राणीहरूको शरीरमा जन्म लिने क्रिया; पुराणअनुसार विष्णु भगवान्‌का चौबिस अवतार (ब्रह्मा, वराह, नारद, नरनारायण, कपिल, दत्तात्रेय, यज्ञ, ऋषभ, पृथु, मत्स्य, कूर्म, धन्वन्तरि, मोहिनी, नृसिंह, वामन, परशुराम, वेदव्यास, राम, बलराम, कृष्ण, बुद्ध, कल्कि, हंस र हयग्रीव) ।
6017 अवतार ना. ३. तल झर्ने, ओर्लने एवं उँधो लाग्ने क्रिया ।
6018 अवतारण ना. १. तल ओराल्ने वा झार्ने क्रिया ।
6019 अवतारण ना. २. देखासिकी वा नक्कल ।
6020 अवतारी वि. १. प्राणीहरूका शरीरमा जन्म लिएको; अवतार लिएको ।
6021 अवतारी वि. २. अनौठो स्वभावको; अपूर्वको; बेढब ।
6022 अवतारी वि. ३. अनौठो काम गर्ने; चमत्कारी ।
6023 अवतारी वि. ४. ओर्लने, तल झर्ने वा उँधो लाग्ने ।
6024 अवतारी वि. ५. औतारी ।
6025 अवतारे वि. अवतारी; औतारी ।
6026 अवतीर्ण वि. १. तल ओर्लेको वा झरेको ।
6027 अवतीर्ण वि. २. अवतार लिएको; अवतारी; औतारी।
6028 अवदान ना. १. पहिले भएको वीरता, शौर्य, त्याग आदि महत्त्वपूर्ण कार्य; पूर्ववृत्त ।
6029 अवदान ना. २. शुद्ध आचरण; पवित्र व्यवहार ।
6030 अवदान ना. ३. छुट्ट्याउने वा टुक्र्याउने काम; खण्डन ।
6031 अवध ना. अयोध्या प्रान्त; कोशलदेश |
6032 अवधान ना. कुनै विषयमा भएको मनको एकाग्रता; चित्त स्थिर गराउने काम; मनोयोग; ध्यान ।
6033 अवधारण/अवधारणा ना. १. कुनै विषयप्रति विचारपूर्वक गरिने निश्चय ।
6034 अवधारण/अवधारणा ना. २. कुनै कुरालाई किटेरै देखाउने वा भन्ने काम ।
6035 अवधारण/अवधारणा ना. ३. सीमा; हद; पराकाष्ठा ।
6036 अवधारणार्थक वि. व्याकरणअनुसार वाक्य वा शब्दका प्रयोगमा सम्बन्धित वाक्य वा शब्दलाई निश्चित गर्न वा तिनमा निश्चितताको अर्थ दिन आउने (नै, ऐ आदि निपातका भेद ) ।
6037 अवधारित वि. १. निश्चय गरिएको; निधो गरिएको ।
6038 अवधारित वि. २. किटिएको ।
6039 अवधि ना. १. सीमा; हद ।
6040 अवधि ना. २. निर्धारित समय; म्याद ।
6041 अवधि ना. ३. अन्तिम समय; अन्तिम काल ।
6042 अवधूत ना. १. नाथपन्थी सिद्ध योगी; साधु; सन्न्यासी ।
6043 अवधूत ना. वि. २. भनेको नमान्ने; अटेरी; जिराहा।
6044 अवधूत ना. ३. अनौठो; अद्भुत शक्ति भएको ।
6045 अवध्य वि. १. मार्न वा हिंसा गर्न नहुने; प्राणदण्ड दिन नहुने ।
6046 अवध्य वि. २. मार्न वा हत्या गर्न नसकिने ।
6047 अवनत वि. १. निहुरेको; नुहेको; झुकेको; विनम्र ।
6048 अवनत वि. २. गिरेको; खसेको; पति।
6049 अवनत वि. ३. अवनति भएको; उन्नति हुन नसकेको ।
6050 अवनत वि. विप. उन्नत ।