Dictionary

All Word

5951 अवकलन ना. १. जम्मा गर्ने वा सङ्कलन गर्ने क्रियाप्रक्रिया; मिलाउने वा समेट्ने क्रिया ।
5952 अवकलन ना. २. हेर्ने वा विचार गर्ने क्रिया ।
5953 अवकलन ना. ३. ग्रहण गर्ने वा लिने क्रिया ।
5954 अवकलन ना. ४. जान्ने वा ज्ञान गर्ने क्रिया ।
5955 अवकाश ना. १. विशेष काम नभएको समय; फुर्सद ।
5956 अवकाश ना. २. बिदा; छुट्टी ।
5957 अवकाश ना. ३. अवसर; मौका; याम ।
5958 अवकाश ना. ४. खाली ठाउँ; शून्य स्थल ।
5959 अवकाश ग्रहण ना. कुनै काम वा पदबाट फुर्सद लिने क्रिया ।
5960 अवकाश प्राप्त वि. १. अवसर वा मौका पाएको ।
5961 अवकाश प्राप्त वि. २. छुट्टी पाएको वा बिदा लिएको ।
5962 अवकाश प्राप्त वि. ३. कुनै काम वा पदबाट छुटकारा पाएको ।
5963 अवकाश प्राप्त वि. ४. सरकारी सेवा, सार्वजनिक जीवन आदिबाट विश्राम लिने वा हुने |
5964 अवकीर्ण वि. चारैतिर छरिएको; चौतर्फ फिँजिएको वा फैलिएको ।
5965 अवकुण्ठन ना. १. ढाकछोप गर्ने वा छेकथुन गर्ने काम ।
5966 अवकुण्ठन ना. २. आकृष्ट गर्ने काम वा प्रक्रिया |
5967 अवकुण्ठित वि. अवकुण्ठन भएको; ढाकिएको; छेकिएको वा रोकिएको ।
5968 अवक्तव्य वि. १. भन्न नहुने; बोल्न नहुने ।
5969 अवक्तव्य वि. २. अश्लील; फोहोर ।
5970 अवक्तव्य वि. ना. ३. नराम्रो वक्तव्य; नराम्रो भाषण |
5971 अवखण्डन ना. काट्ने, खँड्ने, टुक्र्याउने वा खण्डहरूमा विभाजित गर्ने काम; विखण्डन; खुँडाइ; टुक्र्याइ ।
5972 अवगत वि. १. जानेको वा बुझेको; विदित; ज्ञात ।
5973 अवगत वि. २. तल झरेको; खसेको ।
5974 अवगतार्थ वि. १. अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक ।
5975 अवगतार्थ वि. क्रि.वि. २. ज्ञानका निम्ति; अवगत गर्नका लागि; बोधार्थ ।
5976 अवगतार्थ वि. ना. ३. अवगत भएको अर्थ ।
5977 अवगति ना. १. अवगत हुनुको भाव वा अवस्था; जानकारी; ज्ञान ।
5978 अवगति ना. २. खराब गति; दुर्गति।
5979 अवगुण ना. खराब वा नराम्रो गुण; दुर्गुण; खोट; दोष ।
5980 अवगुण्ठन ना. १. ढाक्ने वा छोप्ने क्रिया ।
5981 अवगुण्ठन ना. २. घुम्टो; पर्दा ।
5982 अवगुण्ठित वि. १. ढाकेको वा छोपेको ।
5983 अवगुण्ठित वि. २. घुम्टो हालेको ।
5984 अवगुण्ठित वि. ३. पर्दा लगाएको ।
5985 अवगुम्फन ना. १. उन्ने वा गाँस्ने काम ।
5986 अवगुम्फन ना. २. तुन्ने वा सिउने क्रिया।
5987 अवगुम्फित वि. १. उनिएको वा गाँसिएको ।
5988 अवगुम्फित वि. २. तुनिएको वा सिइएको।
5989 अवचेतन वि. पूरा होस नभएको; पूर्ण चैतन्य नभएको; अन्तश्चेतनाको; बाह्य चेतनासँग सम्बन्धित नरहेको।
5990 अवच्छिन्न वि. १. चुँडालिएको; छिनालिएको ।
5991 अवच्छिन्न वि. २. छुट्ट्याइएको; टुक्र्याइएको ।
5992 अवच्छिन्न वि. ३. बिच बिचमा खण्डित रहेको वा बाधाबिघ्न आइपर्नाले रोकिन गएको ( अवस्थिति) ।
5993 अवच्छेद ना. १. छुट्ट्याउने वा अलग तुल्याउने क्रिया ।
5994 अवच्छेद ना. २. टुङ्गो; हद; सीमा।
5995 अवच्छेद ना. ३. अवधारण; निश्चय ।
5996 अवच्छेद ना. ४. भाग; खण्ड।
5997 अवच्छेद ना. ५. परिच्छेदका विभिन्न अङ्ग; कुनै लेख आदिमा उपशीर्षकद्वारा छुट्टिएको अंश; उपपरिच्छेद ।
5998 अवज्ञा ना. १. अरूको उपेक्षा गर्ने वा आज्ञा नटेर्ने काम; हेला; तिरस्कार; निन्दा।
5999 अवज्ञा ना. २. कुनै आज्ञा वा नियमकानुनको उल्लङ्घन ।
6000 अवज्ञावाद ना. कुनै प्रचलित वा परम्परागत विषयको अवहेलना गर्ने सिद्धान्।