Dictionary

All Word

5801 अलि ना. १. भमरो; भँवरो; भ्रमर ।
5802 अलि ना. २. कोइली ।
5803 अलि ना. ३. कौवा; काग।
5804 अलि ना. ४. बिच्छी।
5805 अलि ना. ५. कुकुर।
5806 अलि ना. ६. मदिरा।
5807 अलि/अलिक वि. १. थोरै; कम; अलिकति; अल्प; अलिक; अलिकता ।
5808 अलि/अलिक वि. क्रि.वि. २. अझ ।
5809 अलिकता/अलिकति क्रि.वि. थोरै; थोरै मात्रामा ।
5810 अलिखित वि. नलेखिएको; लिपिबद्ध नभएको ।
5811 अलिखेर क्रि.वि. एकछिन; अलिक बेर; अलिबार; थोरै बेर।
5812 अलिनु १ ना. लुगाफाटो आदि झुन्ड्याउन टाँगिएको डोरी वा काठ आदिको डन्डीदार वस्तु; सिँगौरी |
5813 अलिनु २ वि. १. नुन नभएको; नुन नहालेको; बिलिनु ।
5814 अलिनु २ वि. २. खल्लो; बेस्वादको ।
5815 अलिनो वि. हे. अलिनु २ ।
5816 अलिनो भट्ट वि. १. जन्मै नुन नखाई बस्ने ।
5817 अलिनो भट्ट वि. ना. २. नेपाली भट्ट ब्राह्मणको एक उपभेद (अलनापुरीबाट आएको अनुश्रुतिमा आधारित)।
5818 अलिप्त वि. १. नलिपिएको; नपोतिएको ।
5819 अलिप्त वि. २. नटाँसिएको; निर्लिप्त ।
5820 अलिफार्से/ अलिफास्र्या ना. तोकिएका म्यादमा पैसा बुझाउन नसके कबुलअनुसार धितो फार्से हुने कागत वा व्यवहार ।
5821 अलिबार/अलिबेर क्रि.वि. एक छिन; थोरै बेर; अल्प समय ।
5822 अलिमाला ना. भमराको ताँती वा पङ्क्ति।
5823 अलुवा १ ना. नउसिनीकनै सुकाएर कुटाएको धानको चामल; अरुवा |
5824 अलुवा २ ना. सखरखण्ड; सुठुनी ।
5825 अलेख वि. १. धनाढ्य; खुब धनी; सम्पत्तिशाली; सम्पन्न।
5826 अलेख वि. २. ज्यादै; धेरै; प्रशस्।
5827 अलेख्य वि. १. लेख्न नसकिने; नलेखिने ।
5828 अलेख्य वि. २. अलेख ।
5829 अलेरी ना. १. खेतमा आली लगाउने मानिस; आली लगाउने खेतालो ।
5830 अलैँची ना. १. बेसार, पानीसरो आदिका झैँ लामा लामा ठुला पात हुने, फेदमा पहेंलो फूल फुली सुकुमेलको जस्तो, तर भटमासे रङ्को केही ठुलो कोसोभित्र मसिना गेडा लाग्ने, पानी भएको वा रसिलो ठाउँमा हुने एक खालको बोट ।
5831 अलैँची ना. २. त्यसैको फल; एला ।
5832 अलैँची कोठी ना. राणाशासनका समयमा अङ्ग्रेज सरकारसँग नेपाल सरकारको सम्बन्ध रहँदा पटनामा रहेको, नेपालतर्फको वाणिज्य कार्यालय |
5833 अलैङ्गिक वि. लिङ्ग नछुट्टिएको; नपुंसक; अयौन।
5834 अलोक वि. १. नदेखिने; अदृश्य ।
5835 अलोक वि. २. निर्जन; एकान्।
5836 अलोक वि. ना. ३. परलोक।
5837 अलोक वि. ४. मिथ्या दोष; कलङ्क |
5838 अलोप वि. लोप नभएको; अलुप्त ।
5839 अलोप समास ना. विभक्ति एवं संयोजकको लोप नहुने समास।
5840 अलोप समास ना. (उदा.- भारतका लागि नेपाली राजदूत, सुनमा सुगन्ध, मानविकी र सामाजिक शास्त्र, कानुन तथा न्याय मन्त्रालय इ.) ।
5841 अलौकिक वि. १. यस लोकमा नहुने वा नपाइने; लोकोत्तर ।
5842 अलौकिक वि. २. अनौठो; अद्भु।
5843 अलौटो वि. १. दुध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै)।
5844 अलौटो वि. २. काँचोकचिलो; नसुकाएको (मकै) ।
5845 अलौटो वि. ३. अपरिपक्व; आलोकाँचो ।
5846 अलौपर्व ना. नेपालको एक प्रसिद्ध ऐतिहासिक घटना; जङ्गबहादुरका फौजले तत्कालीन राजा राजेन्द्रका फौजलाई पर्सा जिल्लाको अलौ भन्ने ठाउँमा हराई राजालाई पक्रेको इतिहासप्रसिद्ध घटना ।
5847 अल्की ना. भित्री भोटो; गोलगन्जी; बनियान ।
5848 अल्खा ना. खण्ड खण्ड पारी उठाएर बनाइएको कपाल।
5849 अल्गाइ ना. अल्गोपना; उचाइ; अग्लोपना।
5850 अल्गिनु अ.क्रि. अल्गो हुनु; अरूको भन्दा बढी उचाइ हुनु; खास स्थान वा सतहभन्दा माथि रहनु ।