Dictionary

All Word

5751 अलबम ना. फोटो वा टिकटहरूलाई सुरक्षित ढङ्गले राखिने पुस्तिका।
5752 अलबल्ले वि. सँभाल्न नसकिने; ज्यादै ठुलो; अजङको (भेल, बाढी आदि); अस्मेल ।
5753 अलभ्य वि. १. पाउन नसकिने; अप्राप्य ।
5754 अलभ्य वि. २. अमूल्य अनमोल।
5755 अलमल ना. १. काम गर्दा, हिँड्दा वा सोच्दा कुनै बाधा उत्पन्न हुन गई हुने भ्रम ।
5756 अलमल ना. २. त्यस्तो भ्रम पैदा हुने स्थिति ।
5757 अलमल ना. ३. भ्रान्ति; अन्यमनस्कता; दिग्भ्रम ।
5758 अलमल ना. ४. बाधा; व्यवधान।
5759 अलमल ना. ५. झमेला; टन्टा ।
5760 अलमल ना. ६. जिल्लाराम ।
5761 अलमलाइ ना. १. अलमल पैदा हुने क्रिया वा प्रक्रिया ।
5762 अलमलाइ ना. २. अलमलिने भाव, क्रिया वा प्रक्रिया ।
5763 अलमलिनु अ.क्रि. १. अलमलमा पर्नु; अलमल्ल पर्नु ।
5764 अलमलिनु अ.क्रि. २. लरबरिनु; रुमलिनु ।
5765 अलमल्याइ ना. अलमलिने भाव, क्रिया वा प्रक्रिया ।
5766 अलमल्याइनु क.क्रि. अलमलिने पारिनु ।
5767 अलमल्याउनु प्रे.क्रि. अलमलिने पार्नु; अलमलिन लाउनु ।
5768 अलमल्ल वि. अलमलमा परेको; जिल्ल |
5769 अलमस्त वि. फिक्री नभएको; पर्वाह नगर्ने; मगनमस्त; मनमोजी ।
5770 अलमस्ती ना. बेफिक्री; मग्नमस्ती; बेपर्वाह; मनमोजीपन।
5771 अलम् वि.बो. १. पर्याप्त भयो वा पुग्यो भन्ने शब्द।
5772 अलम् वि.बो. ना. २. हरिताल ।
5773 अलम् वि.बो. ३. बिच्छीको डसाइ वा चिलाइ ।
5774 अलम्पट वि. १. लम्पट नभएको; नलहसिएको; सच्चरित्र ।
5775 अलम्पट वि. ना. २. खोपी; अन्तपुर।
5776 अललहिसाब ना. पछि हिसाब लिइने गरी दिइएको धन ।
5777 अललिनु अ.क्रि. १. रुँदारुँदै सास रोकिनु; अतालिनु ।
5778 अललिनु अ.क्रि. २. खुबसँग खोलामा भेल बढ्नु।
5779 अललिनु अ.क्रि. ३. पानी अटाईनअटाई भएर खोला आदि बढ्नु; बाढी आउनु।
5780 अलल्याइ ना. अललिने क्रिया वा प्रक्रिया |
5781 अलल्याइनु क.क्रि. अललिने पारिनु ।
5782 अलल्याउनु प्रे.क्रि. अललिने पार्नु; अताल्याउनु।
5783 अलवान ना. एक खालको उनीको ओढ्ने; उनीको खास्टो ।
5784 अलस वि. अल्छी; अल्छे; आलस्ययुक्त |
5785 अलसता ना. अल्छीपना; अल्छेपन; आलस्य।
5786 अलसाइ ना. अलसाउने भाव, क्रिया वा प्रक्रिया |
5787 अलसाइनु क.क्रि. अलसाउने पारिनु ।
5788 अलसाइलो वि. अलसाउने पार्ला जस्तो ।
5789 अलसाउनु अ.क्रि. १. अल्छी मान्नु ।
5790 अलसाउनु अ.क्रि. प्रे. क्रि. २. अल्छी पार्नु वा पार्न लगाउनु ।
5791 अलसाहट ना. अलसाउने क्रिया वा प्रक्रिया ।
5792 अलाप्नु अ.क्रि. १. गानाको ताना छोड्नु; गानाको भाकामा गुनगुनाउनु।
5793 अलाप्नु अ.क्रि. २. लेघ्रो तानेर कुनै कुरा भन्नु।
5794 अलाप ना. आलाप; बिलौना ।
5795 अलापविलाप ना. हे. आलापविलाप ।
5796 अलापाइ ना. अलाप्ने भाव, क्रिया वा प्रक्रिया |
5797 अलापिनु अ.क्रि. १. अलाप्ने होइनु ।
5798 अलापिनु अ.क्रि. क.क्रि. २. मुखबाट अलाप छाड्नु।
5799 अलाभ ना. १. लाभ नहुने स्थिति; घाटा; हानि; नोक्सानी; नोक्सान।
5800 अलाभकर वि. लाभ नहुने; हानिकारक |