Dictionary

All Word

6101 अवर्णनीय वि. वर्णन गर्न नसकिने वा नहुने; वर्णन नै गर्नु नपर्ने ।
6102 अवर्ण्य वि. हे. अवर्णनीय ।
6103 अवलङ्घन ना. नाघ्ने वा फड्कने काम; उल्लङ्घन।
6104 अवलम्ब ना. १. टिक्ने वा अड्ने ठाउँ; आश्रय; आधार; आलम्बन।
6105 अवलम्ब ना. वि. २. कुनै वस्तु वा कुरामा अडेको; झुन्डिएको; तुर्लुङ्गिएको ।
6106 अवलम्बन ना. १. कुनै आधारमा टिक्ने, अड्ने भाव वा स्थिति; आश्रय; टेवा।
6107 अवलम्बन ना. २. ग्रहण वा धारण गर्ने काम; अङ्गीकार ।
6108 अवलम्बन ना. ३. अनुकरण; अनुसरण |
6109 अवलम्बनीय वि. आधार लिन योग्य; अवलम्बन गर्न लायक ।
6110 अवलम्बित वि. १. सहारा लिएको; आधारित; आश्रित ।
6111 अवलम्बित वि. २. झुन्डिएको; उझिन्डिएको ।
6112 अवलम्बी वि. १. आधार लिने; अडिने; आश्रयी ।
6113 अवलम्बी वि. २. झुन्डिने; उझिन्डिने।
6114 अवलुञ्चन ना. १. लुछ्ने वा चुँड्ने क्रिया ।
6115 अवलुञ्चन ना. २. तान्ने वा लुँड्याउने क्रिया ।
6116 अवलुञ्चन ना. ३. उखेल्ने क्रिया ।
6117 अवलुञ्चित वि. १. लुछिएको; चुँडिएको; उखेलिएको ।
6118 अवलुञ्चित वि. ना. २. दिगम्बर सम्प्रदायका जैन श्रमण ( भिक्षु, सन्न्यासी)।
6119 अवलुण्ठन ना. १. लडीबडी गर्ने वा गुल्टी खेल्ने क्रिया ।
6120 अवलुण्ठन ना. २. लुट्ने क्रिया वा प्रक्रिया |
6121 अवलुण्ठित वि. १. लडेको; ढलेको ।
6122 अवलुण्ठित वि. २. लुटिएको; खोसिएको।
6123 अवलुण्ठित वि. ३. गुल्टी खेलेको; लडीबडी गरेको ।
6124 अवलुण्ठित वि. ४. मिल्किएको।
6125 अवलेखन ना. १. ताछ्ने वा खुर्कने काम ।
6126 अवलेखन ना. २. रेखा तान्ने वा धर्को कोर्ने क्रिया ।
6127 अवलेखन ना. ३. कपालको कोराइ वा तलासाइ ।
6128 अवलेखन ना. ४. अभिलेख लेख्ने काम, कप्ने क्रिया ।
6129 अवलेखनी ना. १. खरी; पेन्सिल ।
6130 अवलेखनी ना. २. काइँयो; काङ्गियो ।
6131 अवलेखनी ना. ३. बुरुस; कुची ।
6132 अवलेखनी ना. ४. छिनु ।
6133 अवलेपन ना. १. लिप्ने वा पोत्ने क्रिया ।
6134 अवलेपन ना. २. शरीरमा घस्ने तेल, पाउडर, बुकुवा आदि पदार्थ ।
6135 अवलेपन ना. ३. एकता; मेल।
6136 अवलेपन ना. ४. अभिमान; सेखी; घमन्ड।
6137 अवलेह/अवलेहन ना. १. चाट्ने क्रिया ।
6138 अवलेह/अवलेहन ना. २. चाटेर खाइने पदार्थ |
6139 अवलोकन ना. १. सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम; निरीक्षण ।
6140 अवलोकन ना. २. आँखा; नयन; नेत्र ।
6141 अवलोकन विधि ना. १. विद्यार्थीहरूका उच्चारण, पद, वाक्यगठन, विषयवस्तु, अभिव्यक्ति सामर्थ्य, शिल्पविधान आदिको निरीक्षण गर्ने पाठ्यविधि वा कला; निरीक्षणविधिद्वारा पढाइने एक तरिका ।
6142 अवलोकन विधि ना. २. कुनै ग्रन्थभित्रका मुख्य मुख्य बुँदाहरू सरसरती हेरेर मोटामोटी अध्ययन गरिने पद्धति।
6143 अवलोकनीय वि. १. अवलोकन गर्न योग्य ।
6144 अवलोकनीय वि. २. अत्यन्त सुन्दर; दर्शनीय |
6145 अवलोकित वि. १. अवलोकन गरिएको; तथ्यातथ्य पत्ता लगाउने किसिमले हेरिएको वा निरीक्षण गरिएको ।
6146 अवलोकित वि. २. कुनै विषयवस्तुको निरूपणका निम्ति सूक्ष्म रूपमा अध्ययन गरिने (दृष्टि वा विचार) ।
6147 अवलोकितेश्वर ना. १. ईश्वरलाई देखेको व्यक्ति ।
6148 अवलोकितेश्वर ना. २. बोधिसत्त्व।
6149 अवलोकितेश्वर ना. ३. मत्स्येन्द्रनाथ; मछिन्द्रनाथ ।
6150 अवश वि. कसैको वश वा अधीनमा नभएको; आफूखुसी गर्न पाइने; स्वाधीन; फुक्का ।