Dictionary

All Word

4151 अभिषेक ना. ३. विधिपूर्वक मन्त्र पढेर राजपदमा आरूढ गराउने काम ।
4152 अभिषेक ना. ४. यज्ञका समाप्तिपछि अभिमन्त्रित जलले स्नान गर्ने काम।
4153 अभिषेक ना. ५. शिवलिङ्गमाथि जलधाराबाट पानी चुहाउने काम; रुद्राभिषेक ।
4154 अभिषेक ना. ६. रोगव्याधिको निवारण वा शान्ति र मङ्गलका निम्ति मन्त्र पढेर कुश, फूल आदिले जल छर्कने काम ।
4155 अभिषेचन ना. हे. अभिषेक ।
4156 अभिषेचनीय वि. १. अभिषेचन गर्न लायक; राज्याभिषेक गर्न योग्य ।
4157 अभिषेचनीय वि. २. मङ्गल कलशका पानीले सेचन गर्न लायक ।
4158 अभिसार ना. १. सैनिकले गरेको आक्रमण; हमला ।
4159 अभिसार ना. २. प्रेमी वा प्रेमिकासँग भेट गर्नका निम्ति सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा जाने क्रिया।
4160 अभिसारण ना. १. नजिक वा छेउमा जाने काम ।
4161 अभिसारण ना. २. प्रियसँग भेट्नका निम्ति जाने काम; सङ्केतस्थलमा जाने काम ।
4162 अभिसारिका ना. सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा प्रेमीसँग भेट गर्न जाने नायिका।
4163 अभिसारी वि. १. कुनै कार्य आदिका निमित्त सहायक; कार्यसाधक।
4164 अभिसारी वि. २. सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा भेट गर्न जाने।
4165 अभिसारी वि. ३. आक्रमणकारी; हमला गर्ने।
4166 अभिसूचक ना. विभिन्न कुरा वा विषयको चर्चा वा उल्लेख कहाँ कहाँ भएको छ, तत्सम्बन्धी स्रोत तथा सङ्केतहरू दिइएको कुनै विषयको वर्णानुक्रमिक सूची।
4167 अभिसूचना ना. कुनै आधिकारिक रूपमा प्रकाशित भएको सूचना; अधिसूचना।
4168 अभिहरण ना. १. नजिक वा सामुन्ने ल्याउने काम।
4169 अभिहरण ना. २. हाजिर वा उपस्थित गराउने काम ।
4170 अभिहरण ना. ३. कुनै वस्तु लिएर भाग्ने अथवा हरण गर्ने काम वा अवस्था।
4171 अभिहरण अधिपत्र ना. ॠण, भाडा इत्यादिको असुलीका निम्ति न्यायालयका आदेशबाट कसैको जायदात, जमिन आदि जफत गर्न वा लिलाम गर्नलाई जारी गरिएको आदेशपत्र।
4172 अभिहर्ता वि. कुनै वस्तु लिएर भाग्ने; चोर; लुटेरा; डाँका।
4173 अभीप्सा ना. प्रबल इच्छा; तीव्र अभिलाषा; अतिमनोरथ।
4174 अभीप्सित वि. प्रबल रूपमा इच्छा गरिएको; ज्यादै अभिलाषा राखिएको; ज्यादै चाहना गरिएको; वाञ्छित ।
4175 अभीरु वि. १. नडराउने; निडर। ना.
4176 अभीरु वि. २. शिव ।
4177 अभीरु वि. ३. भैरव ।
4178 अभीरु वि. ४. युद्धभूमि।
4179 अभीष्ट वि. १. इच्छा गरिएको; अभिलाषा राखिएको; अति इच्छित ।
4180 अभीष्ट वि. २. ज्यादै मन परेको; अति प्यारो; अत्यत्न प्रिय ।
4181 अभुक्त वि. १. केही पनि नखाएको; भोको ।
4182 अभुक्त वि. २. भोगचलन नगरिएको; व्यवहारमा नल्याइएको ।
4183 अभुज वि. हात नभएको; डुँडो ।
4184 अभूत वि. १. सत्ता नभएको; अनस्तित्व ।
4185 अभूत वि. २. अनौठो; अपूर्व ।
4186 अभूत वि. २. झुटो; मिथ्या; अयथार्थ ।
4187 अभूतपूर्व वि. १. पहिले कहिल्यै नभएको; अपूर्व ।
4188 अभूतपूर्व वि. २. अनौठो; अद्भुत।
4189 अभूमि ना. १. भूमि वा जग्गाजमिनबाहेक अन्य पदार्थ ।
4190 अभूमि ना. २. उपयुक्त नभएको ठाउँ; अनुचित ठाउँ ।
4191 अभूमि ना. ३. अपात्र; कुपात्र; अयोग्य व्यक्ति ।
4192 अभेक ना. पाइक नपर्ने ठाउँ; बाटो नपर्ने ठाउँ; अपाही; कोल्टो; अभेग ।
4193 अभेकिलो वि. पाइक नपर्ने; अपाही ।
4194 अभेग१ ना. हे. अभेक ।
4195 अभेग२ ना. १. विवाह गर्न हतपत भएकी वा हतारिएकी कन्याको अवस्था।
4196 अभेग२ ना. २. उमेर पुगेकी कन्या ।
4197 अभेगिलो वि. हे. अभेकिलो।
4198 अभेद वि. भेद नभएको; भेदभावरहित; अभिन्न ।
4199 अभेद रूपक ना. उपमेय र उपमानमा अभेद सूचित गर्ने रूपक ।
4200 अभेद्य वि. १. छेड्न नहुने वा प्वाल पार्न नसकिने ।